‘आम्दानी कम हुने परिवारको व्यक्ति विना छात्रबृत्ति अण्डरग्रयाजुएटका लागि अमेरिका नआउनुस्’


प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार

कम आम्दानी हुने परिवारका विद्यार्थीहरु मास्टर्स डिग्री भन्दा तलको अध्ययनका लागि अमेरिकामा नआउन अमेरिकामा चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईले सुझाव दिनुभएको छ । अमेरिकामा छोराछोरी पढाउनका लापग बार्षिक पन्ध्र बीसलाखदेखि सत्तरी असी लाखसम्म खर्च धान्न नसक्ने परिवारले कम्तीमा अण्डरग्रयाजुएटका लागि पढ्न अमेरिका नपठाउन उहाँले सुझाव दिनुभएको छ ।

खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै सेडाईले भन्नुभयो – ‘उच्च आम्दानी हुने र विद्यार्थीको सबै खर्च धान्न सक्ने परिवारले आफ्ना छोराछोरीहरुलाई अण्डरग्रयाजुएट पढ्न पठाउन समस्या भएन । छात्रबृत्तिमा आउनेहरुलाई समस्या भएन । तर जसको खर्च धान्न सक्ने क्षमता छैन र छात्रबृत्तिपनि छैन भने त्यस्ता विद्यार्थीहरु कम्तीमा अण्डरग्रयाजुएटका लागि अमेरिका नआउनु राम्रो हुनेछ ।’

साइन्स, टेक्नोलोजी, इन्जिनियरिंग र म्याथका लागि हाइस्कुल सकेर ४ बर्षको स्नातक अध्ययनका गर्न अमेरिका आउन आवश्यक नरहेको पनि उहाँले स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘साइन्स, टेक्नोलोजी, इन्जिनियरिंग र म्याथमा अण्डरग्रयाजुएटको पढाई र भ्यालु संसारभरको एउटै छ । त्यसका लागि आफैलाई तनावमा हालेर, सकममा पारेर र अनावश्यक खर्च गरेर अमेरिकामा आउन जरुरी छैन ।’

बरु उहाँले ४ बर्षको स्नातक तहको पढाई सकेर अमेरिकामा मास्टर्स तहको पढाईका लागि वा कामदार भिसाका लागि आवेदन दिन सुझाव दिनुभएको छ । अन्यथा अण्डरग्रयाजुएटका लागि सबै खर्चको व्यवस्थापन आफैले सानै उमेरमा गर्नुपर्दा विद्यार्थीहरु डिप्रेशनमा जाने, पढाइ राम्रो नहुने, कम स्कोर आउने लगायतका समस्या हुने गरेको उहाँको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अण्डर ग्रयाजुएटका लागि अमेरिका आइहालेमा र आर्थिक समस्या भएमा विशेष प्रकारको वर्क परमिट लिएर काम गर्न सकिने उहाँले जानकारी दिनुभयो । इकोनमिक हार्डसिपका आधारमा प्राप्त हुने उक्त वर्क परमिटबाट हप्तामा ४० घण्टासम्म काम गर्न सकिन्छ । यदि कुनै कारणवश नेपालमा रहेको परिवारको आर्थिक अवस्था बदलिएर कमजोर हुन पुगेमा त्यस्तो वर्कपरमिटका लागि आवेदन दिन सकिन्छ । तर त्यो वर्कपरमिट पाइसकेपछि विद्यार्थी भिसामा नेपाल गएर फर्कदा भने समस्या हुनसक्छ ।

मध्यमबर्गका परिवारले आफ्ना छोराछोरी अमेरिका गएपछि अध्ययन गरुन्जेल पैसाको आशा नगर्न समेत सेडाईले सुझाव दिनुभएको छ । परिवार र साथीभाईले पैसा र उपहारको आशा गर्दा विद्यार्थीहरुको पैसा कमाउनेतिर ध्यान जाने भएकाले पढाई र कानुनी स्टाटस दुबै बिग्रने खतरा हुने उहााको भनाई छ ।

उहाँले भन्नुभयो – ‘पढ्न आएकाहरुसँग पैसा र उपहारका लागि न्युनतम ५ सात बर्षको समय दिनुपर्छ । पढाई सकेर सेटल भइसकेपछि परिवारले आशा गर्नसक्छ । तर त्यो भन्दा अगाडि आशा गर्दा अनावश्यक दवाव बढ्छ । पढ्ने कि पैसा कमाउने भन्ने समस्या हुन्छ । र पढाई छुटेपछि जीवनभर आफ्नो पढाई अनुशारको काम नभएर अरु काम गरेर बिताउनुपर्ने हुनसक्छ ।’

नेपालमा हुने परिवारले अमेरिकामा हुने विद्यार्थीहरुलाई इमोशनल सपोर्ट दिनुपर्ने सेडाईको सुझाव छ । उहाँले भन्नुभयो – ‘परिवारले हामीलाई पैसाको आशा छैन, आफू बन, गरेर खाउ भनेर सपोर्ट गर्नुपर्छ ।’

पढाई सकेपछि पनि नेपाली विद्यार्थीहरु अमेरिकाबाट नेपाल नफर्कने समस्या रहेको अवस्थामा सेडाईले यसबारे पनि महत्वपूर्ण सुझावहरु दिनुभएको छ ।  अमेरिकामा पढाई सकेका  धेरै नेपाली विद्यार्थीहरु ओभरस्टे भएका छन् । पढाई सकेपछि स्वदेश फर्कनका लागि परिवारले प्रोत्साहित नगर्ने, विद्यार्थी आफैले नेपालमा फर्केर भविश्य नदेख्ने लगायतका कारणले नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे हुँदा आफ्नो क्षमता र पढाई अनुशारको काम नहुँदा सामान्य काममा जीवन गुजार्नुपर्ने समस्या आउने गरेको छ ।

पढाई सकेर अमेरिकामा ग्रिनकार्डमा जाने बाटो नभएको खण्डमा तत्काल नेपाल फर्कन सेडाईले सुझाव दिनुभएको छ । अमेरिकाबाट पढाई सकेर फर्कनेहरुका लागि अमेरिकामा सम्बन्धित कम्पनी भएका भारतमा रहेका कम्पनीहरुमा समेत प्रसस्त अवशर हुने र पछि एलवान वा एचवान कामदार भिसामा अमेरिकामा आउन सकिने सेडाईको भनाई छ । सेडाईले भन्नुभयो – ‘पहिले नै ओभरस्टे भएर स्टाटस गोलमाल गर्नुभएन । बरु फर्केर पछि आउने प्रसस्त सम्भावनाहरु रहने भएकाले त्यस्ता सम्भावनाहरुको उपयोग गर्नुपर्छ ।’

सेडाईले भन्नुभयो -‘अमेरिकाबाट पढाई सकेर नेपाल फर्केकाहरु पनि एचवानबी भिसामा आउन सक्छन् । भारतमा एकलाख बढी कम्पनीहरु अमेरिकामा रहेका कम्पनीसँग मिलेर काम गरिरहेका छन् । कामदारभिसामा नेपाल, चीन, भारत जहाँबाट पनि ग्रिनकार्ड हुनेगरी नै अमेरिका आउन सकिन्छ । त्यसैले पढाई सकेपछि ग्रिनकार्डको बाटो भेटिएनभने परिवारले विद्यार्थीहरुलाई नेपालमा फर्कन सुझाव दिनुपर्छ । त्यस्ता दक्ष र क्षमतावानका लागि अवशर सृजना गर्न सरकार, परिवार र निजीक्षेत्रले ध्यान दिन जरुरी छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com