२०२१ मा अमेरिकी अदालतबाट जम्मा १३७ नेपालीलाई एसाइलम, १४ बर्षमा सबैभन्दा कम


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

आर्थिक बर्ष २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट जम्मा १३७ जना नेपालीहरुको एसाइलम स्वीकृत गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जानकारी दिएको छ । गत आर्थिक बर्षमा विगतको १४ बर्षको इतिहासमा सबैभन्दा कम नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाएका छन् ।

निर्णय गरिएका नेपालीका कुल आवेदनहरुमध्ये कुल ५९ प्रतिशतको आवेदन स्वीकृत गरिएको छ भने १३ प्रतिशतको आवेदन अस्वीकृत गरिएको छ । अर्थात ३० जना नेपालीहरुको एसाइलम आवेदन अदालतबाट अस्वीकृत भएको छ । २८ प्रतिशत अर्थात् ६४ जनाको अरु नै निर्णय गरिएको थियो । आर्थिक बर्ष २०२१ मा कुल २३१ नेपालीका एसाइलम आवेदन हेरिएको छ ।

प्रशाशनिक रुपमा बन्द गरिएका आवेदनहरु यो संख्यामा समावेश गरिएको छैन । यो तथ्यांक सन् २०२० को अक्टोबर १ देखि सन् २०२१ को सेप्टेम्बर ३० सम्मको हो । यो तथ्यांकमा अध्यागमन अदालतमा नगइकनै युएससीआईएसबाट निर्णय लिइएका एसाइलमको विवरण पनि समावेश गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना महामारीका कारण अध्यागमन अदालतहरु बन्द हुँदा थोरैमात्र एसाइलमका केसउपर कारवाही गरिएको छ । जसका कारण पनि आर्थिक बर्ष २०२१ मा कममात्र नेपालीहरुले एसाइलम पाउन सफल भएका छन् । कोरोना महामारीका कारण बन्द भएका अदालतहरु हिराशतमा नरहेका एसाइलम आवेदकका लागि गत जुलाईबाटमात्र पूर्णरुपमा संचालनमा आएका थिए ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष २०२० मा भने अमेरिकी अदालतबाट ३२९ जना नेपालीहरुले एसाइलम पाउन सफल भएका थिए । २०१९ मा यो संख्या इतिहासमा नै अहिलेसम्मकै धेरै ६२८ रहेको थियो । २०१८ मा ४८४, २०१७ मा ३२०, २०१६ मा २९५, २०१५ मा २७७, २०१४ मा ३२८ नेपालीले अमेरिकी अदालतबाट एसाइलम पाए ।

आर्थिक बर्ष २०१३ मा ४११, २०१२ मा ४०८, २०११ मा ३२७, २०१० मा २३१, २००९ मा १७२ नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाए । आर्थिक बर्ष २००८ मा १५४ नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाए भने गत आर्थिक बर्षमा एसाइलम पाउने नेपालीहरुको संख्या यो भन्दा पनि कम भएको हो । सन् २००७ मा १३१, २००६ मा १६५, २००५ मा ८५, २००४ मा ९३, २००३ मा ५७, २००२ मा ३७ र २००१ म ३१ जना नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाएका थिए ।

सन् २००१ देखि अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहरुको संख्या ५ हजार १ सय ६ रहेको भने १९५६ जनाको एसाइलम अस्वीकृत भएको छ । ७७ जनाले अन्य प्रकारको अध्यागमन सुविधा पाएका छन् । यसमा युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुनेको विवरण समावेश छैन । अहिले अमेरिकी अदालतमा ४ हजार ५२ जना नेपालीका एसाइलम आवेदनहरु पेन्डिंग अवस्थामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com