नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व ‘म्हपूजा’ मनाउँदै


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन । आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्दछन ।

म्हपूजाका लागि नेवार समुदाय बिहानैदेखि घर सफा गर्ने र विभिन्न पकवान तयार गरी म्हपूजाको तयारी गर्दछन् । साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर चोखो पानी छर्किइन्छ । पानीको मण्डला बनाई त्यसको माथि तेलको मण्डला र तेलको माथि भुइसिन ९सुन्तला रङको० मण्डला बनाइन्छ । अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य ९धानको बोक्रा निकालेर तयार गरेको कालो चामल०, लावा, मासको गेडाले सजाई मण्डप तयार गरिन्छ । त्यसको माथि खेलुइता ९टुप्पिदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा०को बत्ती राखिन्छ ।

घरका सदस्य क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयरलगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा ९काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाइएको माला०, फूलको माला र सयपत्री फूल राखिन्छ ।

म्हपूजा गर्दा पहिले घरको मूलीभन्दा माथि मण्डलामा सुकुण्डा बालेर चामलको पिठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकी ९मूली महिला०ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत्रूपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी ९चामलको रोटी०, पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आँखे आदि राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुल ९काठको पाठी०ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूजा सकिएपछि क्रममा बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकीले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा लगेर सेलाइन्छ ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं ९अण्डा सगुन० लिने परम्परा रहेको छ । नेवार समुदायमा हरेक शुभकार्यमा सगुन लिने दिने प्रचलन रहेको छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिइन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवान राखेर भोज खाने प्रचलन छ । भोज खाइसकेपछि सलादका रूपमा बिमिरो काटेर भोज समापन गरिन्छ ।

म्हपूजा गर्दा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गर्नसक्ने ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । साथै शरीरमा कुनै रोग व्याधि नलागोस्, सधैँ स्वस्थ रहोस् भन्ने कामनासमेत गरिन्छ । म्हपूजा गर्नुको अर्को उद्देश्य जीवनमा पाप कर्म गर्न नपरोस् भनी बलिराजालाई साक्षी राखेर प्रतिज्ञा गर्नु पनि रहेको संस्कृतिकर्मी बताउँछन् ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हपूजा भन्नाले आत्मपूजाका रूपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । “मानव समाजमा आत्माभन्दा ठूलो केही पनि छैन । यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् । यसले सारा जगत्मा ज्ञानको ज्योति फैलाओस् भनी यो पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “आत्मसन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । त्यही भएर हामी यमपञ्चकको समयमा काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं ।”

म्हपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको उहाँको कथन छ । “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । पञ्च प्रकारको रूपमा लिँदा अण्डालाई मैथुनका रूपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको छ”, उहाँले भन्नुभयो ।

इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नका लागि म नै भगवान्, म नै ब्रह्माण्ड, मैले सारा जगत्को कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतीक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा यमपञ्चकको चौथो दिनमा गरिन्छ । त्यसको अघिल्लो दिनअर्थात् औँसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमादेखि औँसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्ताको प्रतीकस्वरुप गरिने पूजा नै म्हपूजा हो ।”

प्रा डा श्रेष्ठले भन्नुभयो, “म्हपूजा नेवार समुदायको प्राचीन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचीन समयदेखि यसलाई मौलिक पर्वका रूपमा मनाउँदै आएको छ । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतीक दैनिक जीवनमा प्रयोग हुने चुलो, कुचो, नाङ्लो, गाग्री, करुवा, सिलौटालगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”

यसै दिन पारेर नेवारले नयाँ सम्वत्समेत मनाउँछन् । म्हपूजाको दिन शङ्खधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्ता गरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । म्हपूजाकै अवसर पारेर शङ्खधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत सुरु भएको कथन पाइन्छ । कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हुतमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चङ्खुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाउँछ । सोहीअनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्यरूपमा चङ्खुतीर्थमा बालुवा लिन पठाए ।

ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शङ्खधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले । उनले बालुवामा केही रहस्य भएको शङ्का गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शङ्खधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्वत चलाए । सोही खुशियालीमा आज पनि म्हपूजाकै दिन पारेर नेपाल सम्वतलाई धुमधामका साथ मनाउन थालिएको हो ।

कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर बिहीबार राति नेवार समुदायले आत्मा शुद्धि गरी ज्ञानको ज्योति फैलाउन म्हपूजा पर्व मनाउँदैछन् । म्हपूजाको दिन सम्पन्नताको प्रतीक कुचो, नाङ्लो, चुलो, गाग्री, करुवालगायत दैनिकरूपमा घरमा प्रयोग हुने सामानको समेत पूजा गरी हर्षोल्लासका साथ म्हपूजा पर्व मनाउँदैछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com