‘पहिराले २६ वर्षअघि साइँलो छोरो पुर्यो,अहिले काइँलो’


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

sfOnf] 5f]/f ;Gtf]ifsf] d[To’ ePkl5 dg yfldg dg?kfsf] kfFry/, !& sflQs M klx/f]df 5f]/f ;Gtf]if g]kfnLnfO{ u’dfPkl5 gfltsf ;fy a;]sL kfFry/sf] ldSnfh’ª ufpFkflnsf–! c7e}ofsL ^@ jifL{of dg?kf g]kfnL . hf]lvdk”0f{ :yfgdf a;f]af; ug{‘kbf{ dg?kfn] @^ jif{cl3 @)%@ ;fndf ;fOnf] 5f]/f;lxt rf/ cfkmGt u’dfpg’k/]sf] lyof] . clxn] sfOnf] 5f]/f ;Gtf]ifsf] klx/f]df k’l/P/ d[To’ ePkl5 dg?kfsf] dg yfldg ;s]sf] 5}g . t:jL/ M /jLG› sfˆn]÷ /f;;

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी मनरुपा नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भिर बनेको छ । घर वरिपरि पहिरो गएको छ । बसाइँ सरेर जाने ठाउँ पनि छैन । ठूलो पानी परे पहिरोले घर नै तान्ला भन्ने पीर त छँदै छ, आफ्नै ठाउँमा पहिरोका कारण दुई जना छोरा गुमाउनु पर्दा मनरुपाको मन थामिएको छैन । बैसठ्ठी वर्षीया मनरुपाले पहिरोकै कारण दुई छोरा र चार जना आफन्त गुमाउनुपरेको छ तर अझै पनि पहिरोका कारण कति बेला के हुने हो भन्ने पीरमै उहाँका दिन बितिरहेका छन् ।

“मेरो त भाग्य नै यस्तै होला”, गहभरि आँशु पार्दै मनरुपाले भन्नुभयो, “पापी पहिराले पहिला साइँलो छोरा लग्यो, अहिले काँइलो ।” छब्बीस वर्षको अन्तरालमा दुई छोराको पहिरोमा परी मृत्यु भएपछि मनरुपा विक्षिप्त र उदास हुनुहुन्छ । जोखिमपूर्ण बस्ती रहेको मिक्लाजुङ–१ अठभैयाका एकाघरका दाजुभाइको २६ वर्षको अन्तरालमा पहिरोले पुरेर मृत्यु भएको हो ।

मनरुपाका अनुसार विसं २०५२ मा गएको पहिरोमा उहाँका साइँलो छोरासहित उहाँकी बहिनी, बहिनीका दुई छोरा र मनरुपाका मामाको ज्यान गएको थियो । पहिरोको जोखिम हुँदाहुँदै पनि अन्यत्रै बसोबास गर्नसक्ने अवस्था नभएपछि अठभैयाका सात दलित परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए ।

यस वर्ष बेमौसमी वर्षापछि पुस्तौँदेखि खेती गर्दै आएको बारी तथा भिरपाखा भत्किए । मनरुपाका काइँला छोरा सन्तोष नेपाली २६ वर्षअघि पहिरो गएको स्थानभन्दा केही तल घर बनाई बसेका थिए । गत कात्तिक २ गते अत्यधिक वर्षा भएका कारण गाई गोठमा पानी पसेपछि सन्तोष भल कटाउँदै थिए । क्षणभरमै आफैँले खेती गर्ने गरेको बारी भत्किएर सन्तोषलाई पु-यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनकी श्रीमती र छोराछोरीले उद्धारका लागि चिच्याए । नजिक भएका घटनास्थल पुगिसक्दा सन्तोषको मृत्यु भइसकेको थियो । आँखैअघि दुई छोरा गुमाएर पनि जोखिममै बस्नुपर्दा मनरुपाको मन मानेको छैन । “हामी यस्तैमा बसेका छौँ । माथिबाट पहिरोले थिच्दैछ, तलबाट तान्दैछ”, मृतक सन्तोषका तीन वर्षे छोरालाई काखमा च्यापेर आँगनमा आइपुगेको पहिरो देखाउँदै मनरुपाले भन्नुभयो ।

सात दलितसहित अठभैयाका नौ परिवार वर्षौंदेखि जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका छन् । दुई खोल्सीका बीचमा रहेको पाखामा घर बनाएर बसेका दुवैतर्फ पहिरो झर्दै गएपछि अत्तालिएका छन् । यहाँकी सविना नेपालीले भन्नुभयो, “अलिअलि पहिरो वर्षौंपिच्छे गइरहेको थियो । यसपालि ठूलो पानी परेपछि यहाँ बस्नै नसकिने अवस्था आयो ।” तर पीडितले जोखिममा गुजारा चलाउँदै आएका भए पनि अहिलेसम्म यहाँ सरकारी उपस्थिति हुन सकेको छैन ।

पहिरोका कारण सबै घर जोखिममा छन् भने मृतक सन्तोषको घर बस्नै नसकिने अवस्थामा छ । सन्तोषकी श्रीमती र दुई छोराछोरी मूल घरमा आश्रय लिएर बसेका छन् । “पहिले मेरो छोरोसहित आफन्त बित्दा सरकारले रु सात हजार राहत, भाँडाकुँडा, ओढ्ने ओछ्याउने दिएको थियो”, मनरुपाले भन्नुभयो, “यसपालि हामीलाई हेर्न कोही पनि आउनुभएन ।”

हुन त मनरुपाको जस्तै दुःख पाँचथरको मिक्लाजुङ गाउँपालिकाका धेरै स्थानीयवासीको छ । बाढी र पहिरामा परी हालसम्म मिक्लाजुङमा मात्रै २२ जनाको ज्यान जानुका साथै तीन जना बेपत्ता छन् । यहाँ सडक, विद्युत्, खानेपानी, सिँचाइ, घर तथा गोठ, सार्वजनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्था, खेतबारी तथा कृषिउपजमा बाढी र पहिराले निकै ठूलो क्षति पु-याएको छ ।

बाढी र पहिराले सिङ्गो गाउँपालिका नै क्षतिविक्षत र अस्तव्यस्त हुँदा क्षतिको पूर्ण विवरणसमेत तयार पार्न नसकिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । बेमौसमी वर्षाका कारण बाढी र पहिराले पीडित बनाएका सर्वसाधारणलाई राहत र पुनःस्थापनामा सरकारी निकायबाट हालसम्म कुनै पनि काम हुन नसकेको मिक्लाजुङ–७ लेखगाउँका सञ्जय राईले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com