थप ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार

देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना सङ्क्रमणमुक्त बनिसकेका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ९ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ । थप ६५ हजार २८ जना कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com