अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता


प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार

भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय आधार कार्ड देखाएर अफगानी नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन निर्देशन दिइएको छ । मुख्य नाकासँगै सहायक नाकामा पनि कडाइ गरिएको छ । नेपाल प्रवेशका लागि नेपालगञ्जस्थित जमुनाहलाई सहज नाकाका रुपमा लिइने भएकाले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न नदिनतर्फ उच्च सतर्कता अपनाइएको प्रजिअ खत्रीको भनाइ छ ।

नेपाल–भारत सीमा नाका खुला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कताका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाइएको बताउँदै विष्टले टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com