‘विदेश जाँदा ऋण, गाउँमा आम्दानी’


प्रकाशित मिति : कार्तिक १३, २०७८ शनिबार

– तारानाथ आचार्य/रासस

पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गर्नुभएको थियो ।

२५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने सोच लिएर व्यावसायिक काम आरम्भ गरेको बताउनुहुन्छ । “१२ कक्षा पास गरी दुबई पैसा कमाउने सपना बोकेर गएको थिए, तर त्यहाँ जाँदा लागेको ऋणसमेत तिर्न सकिन”, क्षत्रीले भन्नुभयो, “विदेश गएपछि बल्ल महसुस भयो कि विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गरे यही धेरै राम्रो गर्न सकिन्छ, विदेश गएको ऋणसमेत अब पशुपालनबाटै उकास्ने योजना छ ।” त्यसपछि गाउँ आएर भैँसीपालन थालेको उहाँको भनाइ छ ।

“अहिले गोठमा १६ वटा भैँसी छन्, पोखराबाट रु एक लाख ५० हजार देखि दुई लाखसम्म पैसा तिरेर ल्याइएका भँैसी छन्, अझै थप गर्ने योजना छ, अहिलेसम्म लगानी नउठे पनि घाटा भने भएको छैन”, उहाँले भन्नुभयो । दैनिक ४० लिटर दूध बागलुङ बजारमा बिक्री गर्ने क्षत्री बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षत्री भन्नुहुन्छ, “अहिले गाउँ घरमा युवा युरोप अमेरिका जानेको लर्को छ, त्यो लर्कोका कुरा सुन्ने र देख्ने मेरा घरका परिवारलाई मैले गाउँमै आएर पशुपालन गर्छु भनेर कुरा राख्दा बुबाआमा र श्रीमती खुसी हुँदै स्वदेश फर्कने अनुमति दिनुभएको थियो ।” विदेशबाट गाउँमा आएर रु १७ लाख ऋण लिएर काम सुरु गरेको क्षत्रीले बताउनुभयो ।

अहिले उहाँको गोठमा १६ वटा भैँसी छ । गोलभेँडा खेती लगाइएको छ । गोठको काम गर्न बुबा मानबहादुर र श्रीमती देवीले सघाउनुभएको छ । करिब ३० रोपनी जग्गा भाडामा लिएर फार्म र भैँसीका लागी घाँस रोपेको क्षत्रीले बताउनुभयो । आगामी दिनमा कृषिलाई पनि अगाडि बढाउने र गाउँका युवालाई रोजगार दिने योजना उहाँको छ ।

अहिलेसम्म पालिका र वडाबाट कुनै अनुदान नलिएरै अगाडि बढेको क्षत्री बताउनुहुन्छ । पालिका र वडाबाट युवा लक्षित कार्यक्रम गाउँ–गाउँमा ल्याउने हो भने युवा विदेश पलायनबाट रोक्न सकिने क्षत्री बताउनुहुन्छ । रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com