मानव–हात्ती द्वन्द्व : हरेक दिन ४०० हात्तीले मान्छे मार्ने, अन्नबाली खाइदिने र घर भत्काउने गर्छन्


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ ।

भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताउनुभयो ।

पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उहाँको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन । किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान ९स्थानीय भाषामा टुङ०मा अनिदै रात बिताउने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताउनुभयो । बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भन्नुभयो, “जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन् । व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ ।” स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट बेहोर्ने गरेको जनाउनुभयो । हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।

जिल्लामा जुनसकै राजनीतिक दलका उमेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधँै हार्ने गरेको दुखेसो सुनाउने गरेका छन् । भारत सरकारले जङ्गली जनावर मार्न नपाइने कडा कानूनी व्यवस्था गरेको तर स्थानीयवासीको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ । भूटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भूटानमा जङ्गली हात्तीले पु¥याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो । नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो ।

आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताउनुभयो । भूटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उहाँले बताउनुभयो । “हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन”, हिमालयले छोएको देशमा पर्यटन प्रवद्र्धनको साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आउनुभएको भारतीय संरक्षणविद् वसुले भन्नुभयो, “यो द्वन्द्वलाई अब पर्यटन विकासमा रुपान्तरण गर्नुको विकल्प छैन ।”

डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौँ होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवद्र्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भूटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो । द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ ।

भारतबाटै आउने जङ्गली हात्तीले प्रदेश नम्बर १ को झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ । यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरेका छन् । तर समस्याको दिगो समाधान हुन सकिरहेको छैन । भूटान, भारत र नेपालले मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा बदल्न सक्ने साझा पहलका लागि सरकार र जनस्तरमा जुट्न ढिला गर्न नहुने उहाँको आग्रह छ ।

झापामा मानव–हात्ती द्वन्द्वलाई ग्रामीण पर्यटनमा रुपान्तरण गर्ने अभियानमा जुटेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले मदारीहाटको अवस्था देखेपछि नेपाल, भारत र भूटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको आफ्नो निष्कर्ष सुनाउनुभयो । उहाँले समस्या समाधानका लागि भइरहेका प्रयासका आफ्ना अनुभवलाई अन्तरदेशीय मञ्चमा आदानप्रदान गरिनुपर्ने बताउनुभयो ।

“भारतको मदारीहाट र नेपालको बाहुनडाँगीमा हात्तीको समस्या अध्ययन गर्ने हो भने कुनै फरक पाइँदैन”, झापाको उत्तरी भागमा हात्ती करिडोरको संरक्षण गरेर पर्यटन गन्तव्य बनाइनुपर्ने विषयमा पैरवी गर्दै आउनुभएको कार्की भन्नुहुन्छ, “डुबर्समा हात्ती विचरण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर पर्यटक आकर्षण गरेको पाइन्छ । नेपालमा चाहिँ यस बारेमा सरकार र सरोकारवाला कसैले सोचेको पाइँदैन ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com