वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोक्नुभएको छ ।
नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।