जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी


प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार

मार्तडी, / जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताउनुभयो ।

बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उहाँले जानकारी दिनुभयो । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् ।

कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताउनुभयो । समिट र तारा एयरलाइन्सले दैनिक एउटा÷एउटा उडान गर्ने भए पनि यात्रुकोे चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ ।

यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिकटमा मनोमानी

कोल्टी विमानस्थलमा उडान हुने जहाजले मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढ्न थालेको छ । कोल्टीबाट नेपालगञ्ज र धनगढीको भाडादर कायम गरिएको भए पनि सोभन्दा चर्को भाडा लिने गरेको यात्रुले गुनासो गरेको छन् ।

कोल्टीबाट नेपालगञ्ज रु पाँच हजार ५०० भाडादर कायम भए पनि निजी एयरलाइन्सले मनोमानी भाडा लिइरहेको सेवाग्राहीले बताएका छन् । एक यात्रुबाट रु आठ हजारभन्दा बढी लिने गरेको पाइएको छ । दसैँ मनाउन घर आएका फर्किन थालेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि यात्रुले हवाई सेवाबाट यात्रा गर्नुपर्ने भएकाले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले बताउनुभयो ।

कोल्टी विमानस्थलका कार्यालय प्रमुख श्रीकृष्ण रिमालका अनुसार समिट र तारा एअरले दैनिक एउटा÷एउटा उडान गरिरहेको जानकारी दिनुभयो । सीता एयरलाइन्सले यही कात्तिक १ गतेबाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गतेदेखि अहिलेसम्म तीन उडान मात्र गरेको रिमालले बताउनुभयो । विगतभन्दा एयरलाइन्सले उडान घटाउनुले ठूलो समस्या भएको विमानस्थलले जनाएको छ ।

दसैँयता यात्रुको चाप बढे पनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले जानकारी दिनुभयो । कोल्टी विमानस्थलबाट उडान हुने जहाजले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com