कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह


प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा ?  एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।

आव २०७७/७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । सो बैंकले समेत गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।

बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा रु एक अर्ब स्वीकृत भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा रु एक खर्ब १८ अर्ब ८५ करोड बराबरको छ । सो अवधिसम्म एक लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।

उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २७२ ऋणी लाभान्वित छन् । ती ऋणीले रु एक खर्ब २१ अर्ब ६ करोड कर्जा लिएका छन् ।

महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६९० महिला उद्यमी लाभान्वित भएका छन । सो शीर्षकमा रु ६२ अर्ब ३७ करोड कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com