कोरियामा नेपाली कृतिलाई २५ लाख पुरस्कार


प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार

दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा गत आज एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

कोरियाका लोकप्रिय कवि स्व बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरुस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो । संस्थाले यसपालिदेखि ‘एशिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । पचास लाख कोरियन वन ९नेपाली रुपैयाँ पाँच लाख बराबर० नगद राशिको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख हात पारेको हो ।

कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको शहर हो’ को समीक्षा गर्दै एशिया फाउण्डेशनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविका कवितामा उच्च काव्यिक चेतना रहेको बताउनुभयो । कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारको कथालाई अनुवाद गरी कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेकोसमेत कार्कीले बताउनुभयो ।

कोरियामा रोजगारीलगायत विविध पेसामा आबद्ध नेपाली ३५ कविका ७० कविता समावेश भएको कविता सङ्ग्र्रह ‘यो मेसिनको शहर हो’ गत पुसमा प्रकाशन भएको थियो । कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायत कविता समाविष्ट छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कविताको पराजित पोमुले सम्पादन गरेको कृतिलाई कोरियन कवि इ गिजु९मुना० र मोहन कार्कीले अनुवाद गर्नुभएको हो । नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ ले गत पुसमा प्रकाशन गरेको थियो । कविता कृति ‘यो मेशिनको शहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् । यस कृतिलाई यसअघि पनि ‘रेड अर्वार्ड’ प्रदान गरिएको थियो । केही महिना अघि राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com