गायन क्षेत्रमा अगाडि बढ्दै अमेरिका निवासी आशिष


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

विगत १२ बर्षदेखि अमेरिकामा बस्दै आएका आशिष दाहाल गायन क्षेत्रमा अगाडि बढिरहेका छन् । हालैमात्र उनको नयाँ गीत पर्छु शरण रेकर्ड भएको छ ।

नेपाली लोकसंगितमा पश्चिमा संगीतको फ्युजन रहेको उनको यो गीतमा कल्याण श्रेष्ठको संगीत रहेको छ । रवी मल्लले लेखेको यो गीत डेलावर रेकर्ड गरिएको हो । तर अन्तिम एरेन्ज र मिक्स भने काठमाडौंमा गरिएको हो ।

यो आफ्नो पहिलो गीत भएपनि अरु चारवटा गीतहरु रेकर्डको क्रममा रहेको दाहालले जानकारी दिए । गीत संगितमा पहिलेदेखि नै रुची भएपनि अहिले रेकर्ड गराउन पाएकोमा दाहालले खुशी व्यक्त गरेका छन् ।

उनको नयाँ गीत युट्युवमा हेर्न र सुन्न सकिन्छ भने उनलाई नयाँ गीतका लागि शुभचिन्तक र प्रशंसकहरुले बधाई दिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com