बाढीले जनजीवन अस्तव्यस्त : ‘विपन्न बस्तीमा गाँसकै समस्या’


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

s~rgk’/, @ sflQsM 8’afg k/]sf 3/ nuftf/sf] jiff{kl5 s~rgk’/sf] eLdbQ gu/kflnsf–!@ l:yt P]/L If]qdf 8’afg k/]sf 3/ . k|x/Ln] :yfgLojf;LnfO{ p2f/ u/L ljBfnodf /fv]sf] 5 . tl:a/M z]/axfb’/ l;+x÷/f;;

दुर्गा देवकोटा/  कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु-याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा करिब अढाई सय मिटर पक्की सडक भत्किँदा आवतजावतमा समस्या भएको छ ।

टीकापुर–१ का शिवनगर, गणेशपुर, शक्तिनगर, विजयनगर बस्तीमा बाढीले घर डुबानमा परेका छन् । पानी घटे पनि डुबानमा परेका घर शुक्रबारसम्म पनि उस्तै छन् । शिवनगरमा २९० घरमध्ये ७५ प्रतिशत घर डुबेका छन् भने ३२ घरपरिवार त्यही रहेको विद्यालयमा बसिरहेका छन् । कोही सडक र आफन्तका घरमा बसिरहेका छन् । बिपन्न बस्तीमा अन्नपातको समस्या सुरु भएको छ ।

बाढीका कारण टीकापुरमा एक हजार ५८६ घरपरिवार विस्थापित भएका छन् । टीकापुरका वातावरण तथा विपद् व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले विस्थापित परिवारलाई राहतको जोहो गर्न नगरपालिका जुटेको बताउनुभयो । “विस्थापित परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन तथा उच्च घरमा राखिएको छ, समुदाय नै सहयोगमा जुटेको छ”, चौधरी भन्नुहुन्छ, “हामी राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा जुटेका छौँ, बाढीले बस्ती तहसनहस भएका छन् ।”

बैमौसमी वर्षा तथा बाढीका कारण यहाँका नागरिकले अन्नपात र लत्ताकपडासमेत जोगाउन पाएनन् । “एक्कासी बाढी आयो, अन्नपात बचाउन पनि पाएनौँ”, शिवनगर बस्तीका बडघर रामफल चौधरीले भन्नुभयो, “धेरैको घरमा पानी पसेको छ, खानकै समस्या भयो, मुक्तकमैया त्यसै पनि गरिब थिए, बाढीले झन समस्या थप्यो ।” शक्तिनगरमा पाँच घर पूर्णरूपमा भत्केका छन् भने ३५ घरमा पानी पसेको छ । यसपटक टीकापुर बजारको अधिकांश क्षेत्र डुबानमा परेको छ । ज्ञानी कुलो फुट्दा बजार क्षेत्रमा बाढीको कहर भोग्नुप¥यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता टीकापुर–५ साहीपुरमा कर्णाली नदी फुट्दा वडा नं ५, ६, ७, ८ र ९ मा धानबाली नोक्सान भएको छ । त्यस क्षेत्रका हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ भने त्यहाँको दैनिकी अस्तव्यस्त बनेको छ । बाढीले वडा नं ८ मा २५० मिटर हुलाकी सडक भत्काएको छ । “बाढीले ठूलो क्षति पु¥याएको छ, नागरिकको जीवन सङ्कटमा छ, यतिखेर सबैले पीडामा भएका नागरिकलाई सहयोग गर्न अनुरोध गर्दछु”, बाढीको अनुगमनपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भन्नुभयो, “टीकापुरमा रहेका विपन्न बस्तीमा अन्नपातको समस्या देखिएको छ, स्थानीय सरकारले खानाको व्यवस्था तुरुन्त गर्नुपर्छ ।”

उहाँले बाढीले नसोचेको सङ्कट पैदा गरेकाले किसानको मर्का तीनै तहका सरकारले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । “किसानलाई कसरी खुसी पार्न सकिन्छ भनेर राहत र क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्छ, वास्तविक पीडितले राहत पाउने गरी काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “अहिलेको सङ्कटमा सबै एक भएर बिनाआग्रह पूर्वाग्रह काम गर्न जरुरी छ ।” कहीँ कर्णाली नदीका कारण त कहीँ इन्टेकका कारण पाकेको धानबाली नष्ट भएको छ । यस वर्ष धानबाली राम्रो उत्पादन भएको भए पनि बाढीले आधा नोक्सान भएको छ ।

“बाढीले ठूलो धनजनको क्षति भएको छ, नागरिक दुःखमा छन्, प्रदेश सरकार जिम्मेवार देखिएको छैन”, प्रदेशसभा सदस्य उमादेवी बादीले भन्नुभयो, “किसानका बारेमा सङ्घ र प्रदेश सरकारले प्याकेज ल्याएर समस्या समाधान गर्नुपर्छ ।” स्थानीय शेरबहादुर साउदले किसानको घरभित्रको अन्नपात र खेतको धान पूर्णरूपमा क्षति भएको बताउनुभयो ।
टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले पीडितलाई त्रिपालदेखि खाद्यान्न बाँड्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले विपन्न बस्तीमा मेस चलाउने कि खाद्यान्न दिने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । नगरपालिकाले वडा नं ८ मा भत्किएको सडक मर्मत सुरु गरिसकेको छ । भत्केको सडक नगरपालिकाका प्रमुख इञ्जीनियर नवराज जोशीको नेतृत्वमा मर्मत गर्न जुटेको छ ।

कैलालीका स्थानीय तहहरु बाढीपीडितलाई लक्ष्य गरी राहत कार्यक्रम ल्याउन लागेका छन् । जानकी गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले बाढीबाट विस्थापित घरपरिवारलाई व्यवस्थापन गर्न राहत वितरण गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, सङ्घसंस्थालाई आह्वान गर्नेलगायत निर्णय गरेको गाउँपािलकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “हामी आजबाट तथ्याङ्क सङ्कलन र राहत वितरण कार्यमा जुट्दैछौँ, हामीले सहयोगी दातासँग समेत सघाउन आग्रह गरेका छौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “यस्तो विपत्तिमा अन्नबाली र घरमा पानी पसेपछि जोहो गरिएको धनमालसमेत नष्ट भएको छ ।”

उता कैलारी गाउँपालिकाले बाढी प्रभावितका लागि रु तीन करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ । बाढीले गर्दा भित्र्याउन लागेको धानबालीमा क्षति भएपछि गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।

धान बोटमै उम्रन थाल्यो

लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन/चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् ।

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताउनुभयो । उहाँले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताउनुभयो । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला रु अनि घर खर्च कसरी चलाउने होला रु”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताउनुभयो । “किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उहाँले भन्नुभयो, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com