गर्मीमा मुखै रसाउने फल आलुबखडा
प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार
लमजुङको पर्यटकीय गाउँ सिउरुङमा फलेको आलुबखडा, सिउरुङमा पुगेका पर्यटक स्वादिलो आलुबखडा खाएर मात्र फर्कने गर्दछन् । तस्बिर : सन्देश पौडेल,लमजुङ,रासस
आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फल अमीलो, गुलियो हुन्छ र यसबाट जाम पनि बनाइन्छ। आलु बोखरा एक गुठलीदार फल हो। आलु बोखरो रातो, कालो, पहेंलो र कतै-कतै हरियो रंगको पनि हुन्छ। आलु बोखराहरूको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई या सीधै खान सकिन्छ या यसको जाम बनाउन सकिन्छ।

यसको रसमा खमीर उठेपछी आलु बोखरोको रक्सी पनि बनाईन्छ। सुखाएको आलु बोखरालाई धेरै ठाउँमा खाइन्छ र यसमा अक्सीकरण रोधी (ऐन्टीआक्सडन्ट) पदार्थ हुन्छ जो केही रोगहरूबाट शरीरलाई सुरक्षित राख्नमा मददगार हुन सक्छ। आलुबोखडाको धेरै किसिममा कब्जको इलाज गर्ने (अथवा जुलाबको) पदार्थ पनि हुन्छ। अङ्ग्रेजीमा आलुबोखडालाई “प्लम” (plum) भनिन्छ। फारसीमा यसलाई “आलु (” (آلو) भनिन्छ।
स्मरण रहोस जसलाई नेपालीमा आलु भनिन्छ उसलाई फारसीमा “आलु जमीनी” भनिन्छ (अथवा जमीनमा उप्जने आलुबोखडा)। कश्मीरीमा आलुबोखडालाई “अSर” भनिन्छ (“अर” मा “अ” लाई खिचेर लामो लामो भाषामा बोल्नु पर्छ – संस्कृतमा यसको चिह्न “S” हुन्छ र त्यही यहाँ प्रयोग गरिएको हो)।





