बाढी पहिरोबाट ९२ जनाको मृत्यु, ४२ सम्पर्क विहीन


प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी र पहिरोका कारण ४२ जना  सम्पर्क विहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com