‘काटेर सुकाएको धान डुब्यो, गहुँ लाउने आशा मरेको छ’


प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार

/fhlj/fh, $ sflQs . nuftf/ b’O{÷tLg lbgb]lv k/]sf] cTolws aiff{sf sf/0f ;’Gb/L vf]nfdf cfPsf] af9Ln] ;Kt/Lsf] lt?xt ufpFkflnsf / s~rg?k gu/kflnsfsf] aLrdf /x]sf] v]tdf af9Ln] Iflt u/]sf] wfgafnL arfpgsf] nflu kfgLaf6 wfgafnL 5fGb} ls;fg . t:jL/ M c?0fs’df/ ofbj, /f;;

महोत्तरी/ दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान धेरै नै चिन्तित छन । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान  चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली लगाउन पाइने आशा मरेको यहाँका किसान बताउँछन् ।

“बूढापाकाले दसैँ कहिले त दशा लिएर आउँछ भन्थे, यसपालि त्यस्तै भयो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरको टोकीटोलका किसान रामचन्द्र थापामगरले खेतमा डुबेको धान देखाउँदै भन्नुभयो, “जीवन गुजाराको मुख्यबाली थन्क्याउने बेलामा हातबाट गयो ।” धान डुबेर नोक्सान भएको र खेतबारीमा वर्षाको पानीको अत्यधिक चिस्यानले लगत्तै अब गहुँ र अन्य हिउँदेबाली लगाउन नपाउने भएपछि यसपालि जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको मगरको भनाइ छ ।

मङ्गलबार कोजाग्रत पूर्णिमा पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना र मोहम्मद पैगेम्वरको जन्मदिन मनाउने उत्सवको तयारीमा थिए । त्यसै दिन परेको पानीले ‘मुखको माड’ खोसिएको यहाँका आम किसानको गुनासो छ ।

खेतमा पाकी सकेको धान कतिले काटेर पसी (धान काटेर खेतमै सुकाउन फैलाएर राखिने काम) सुकाएका थिए । कति अब एक/दुई दिनभित्रै धान काट्ने तयारी गर्दै थिए । अचानक परेको पानीले पसी डुबाएको र बोटकै धान पनि सोत्तर बनाएर लडाएको भङ्गाहा नगरपालिका–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले गहँभरि आँशु काढ्दै बताउनुभयो । “हामी पर्व मनाउने तयारीमा थियौँ”, राइनले भन्नुभयो । धर्तीमा पाप बढेसँगै प्राकृतिक विपद् बढेको राइनको विश्वास छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो बेमौसमी वर्षाले मुखमा आएको धानबालीमा गरेको नोक्सानीले यसपालि अन्नको सङ्कट बढ्ने किसान बताउँछन् । “थन्क्याउने बेलाको धान अब खेतमै उम्रने भयो, तरकारीबालीका बोट र लहरा पानीले डुबेर पहेँलिए”, भङ्गाहा–५ भुचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भन्नुभयो, “पानीले गर्दा खेतबारी खनजोत गर्ने अवस्था नहुँदा अर्को बाली लगाइहाल्ने अनुकूलता पनि रहेन, खै के गरी गुजारा चलाउने रु रनभुल्लमा परियो ।”

पछिल्लो वर्षाले जिल्लाको खेतीपाती लथालिङ्ग बनाएको किसान बताउँछन् । तयार बाली खेतमा डुबेको र लगत्तै अर्को बाली लगाउन पाइने आश मरेको बलवा नगरपालिका–१० का किसान हासिम राइनको भनाइ छ । जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अनुकूल वर्षा हुँदा ४०/४५ हजार हेक्टरसम्म धान खेती गरिन्छ । स्थायी सिँचाइको समुचित प्रवन्ध नहुँदा आकासे पानीकै भरमा गरिने खेतीमा कहिले पानी नहुँदा धान रोप्न नपाइएको चिन्ता र कहिले कुसमयको अतिवृष्टिले लगाको बाली नोक्सान गर्ने आफूहरुको नियति नै बनेको गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतो बताउनुहुन्छ ।

यसपालि करिब ३५ हजार हेक्टरमा धानबाली रहेको कृषि ज्ञानकेन्द्र महोत्तरी कार्यालयको आँकडा छ । पछिल्लो वर्षाले १०० हेक्टरभन्दा केही बढी क्षेत्रफलको काटेर पसी सुकाइएको धान डुबाएको अहिलेसम्मको अनुमानित तथ्याङ्क छ । यसबाहेक एक÷दुई दिनमै काट्ने तयारी रहेको धानका बोट पानीले लडाएर नोक्सान गरेको छ । यद्यपि लडेका धानका बोट उठाएर नोक्सानी कम गर्न सकिने र वर्षा थामिएको हुँदा केही दिनपछि अत्यधिक चिस्यान भएको जग्गा रुखिँदै गएर खनजोत गर्ने र नयाँबाली लगाउन सकिने कार्यालयका कृषिविज्ञ बताउँछन् ।

पछिल्लो वर्षाले महोत्तरीसहित प्रदेश–२ का आठवटै जिल्लामा व्यापक क्षति गरेको हुँदा सङ्घीय सरकारले तत्काल किसानलाई राहत दिने प्याकेज (योजना) दिनुपर्ने प्रदेश सरकारले माग गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले खेतीपातीमा भएको क्षतिबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै राहत प्याकेजको माग गर्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com