नेपालमा ६६२ जना कोरोना सङ्क्रमित थपिए, मुस्ताङ र मुगुमा सङ्क्रमित शून्य


प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आठ हजार ४२६ जनामा कोरोना परीक्षण गर्दा ६६२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ५७९ रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की छन् ।

उहाँले सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका बताउनुभयो । पछिल्लो २४ घण्टामा ७५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८४ हजार १५५ सङ्क्रमणमुक्त भएका छन् ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भएको छ । होम आइसोलेशन १० हजार ७७२, संस्थागत आइसोलेशनमा ८०७ जना, सघन उपचारकक्ष ९आइसीयू०मा २७६ र भेन्टिलेटरमा १०४ जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज नौ हजार ८०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६८ हजार २६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com