कोभिड–१९ को महामारी : खोप र स्वास्थ्य व्यवस्थापन


प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार

सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताउनुभएको थियो । सोही प्रतिबद्धताअनुसार सरकार कोरोना महामारी नियन्त्रण गर्न र खोप अभियान प्रभावकारी ढङ्गले अघि बढाउन सफल भएको छ ।

कोरोना भाइरसविरुद्धको खोप यही असोज मसान्तसम्म सरकारले अघि सारेको लक्षित जनसङ्ख्याभन्दा केही बढीलाई लगाइएको छ । त्यसैले यो परिणामलाई पनि उपलब्धिका रुपमा लिन सकिन्छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई खोप लगाउने लक्ष्य लिएको थियो तर उक्त लक्ष्यभन्दा बढीले खोप प्राप्त गरिसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले लक्ष्य गरेअनुसार सरकारले खोप लगाएको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को चुनौतीका बाबजुत नेपालले रोकथाम र नियन्त्रणलाई प्रभावकारी कार्यान्वयन गर्दै स्वास्थ्य व्यवस्थापनमा ठूलो फड्को मारिसकेको बताउनुभयो ।

उहाँका अनुसार १८ वर्षभन्दा माथि लक्षित जनसङ्ख्यामध्ये ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख ३३ हजार १६४ जनालाई खोप लगाउने मन्त्रालयको लक्ष्य रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असार मसान्तको तथ्याङ्क हेर्दा ५।१ प्रतिशत लक्षित समूहले पूर्ण मात्रा खोप पाएका थिए । यस्तै कूल जनसङ्ख्यामध्ये २८.३ प्रतिशतले पहिलो मात्रा र २१.४ प्रतिशत पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै १५ वर्षभन्दा माथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । १५ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जना रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीन जिल्ला मनाङ, मुस्ताङ र पूर्व रुकुममा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइएको र थप १० जिल्लामा पनि पूर्ण खोप प्रदान गर्ने गरी खोप प्रदान गर्ने कार्य जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो सय दिनमा ५८ लाख तीन हजार २६० लाई कम्तीमा पहिलो मात्रा र ५३ लाख ६७ हजार ६५ जनालाई पूर्ण मात्राको खोप प्रदान गरिएको छ ।

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता अहिलेसम्म एक करोड ५० लाख ४८ हजार २८८ जना सर्वसाधारणले खोप लगाइसकेका छन् ।

नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि खोप लगाइएको थियो । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ४० वर्षमाथिका प्रायः सबैलाई खोप दिइन थालिएको छ ।

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तभित्रमा दुई तिहाइ र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ । उहाँले अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने जानकारी दिनुभयो ।

थप एक करोड २९ लाख मात्रा खोप प्राप्तिको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ । उहाँका अनुसार बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको छ ।

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।

सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ ।

सङ्क्रमण दर घट्यो

सहप्रवक्ता डा अधिकारीका अनुसार पछिल्लो सय दिनमा कोभिड–१९ सङ्क्रमण पुष्टि दर १६।२ प्रतिशत रहेको छ । असार मसान्तसम्म नेपालमा सङ्क्रमण दर २१।६ प्रतिशत रहेकामा हाल ५।५ प्रतिशतमा झरेको छ भने एन्टीजेन परीक्षणमा १९।८ प्रतिशतबाट ०।५ झरेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ६०० सघन उपचार कक्ष ९आइसियु०, ३०० भेन्टिलेटर र एक हजार ४०० हाई डिपेन्डेन्सी युनिट ९एचडियु० थप गर्ने लक्ष्य रहेकामा सरकारको १०० दिनमा ३११ आइसियु, १२२ भेन्टिलेटर र ७५२ एचडियु थप गरिएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सरकारको १०० दिनको अवधिमा २० अस्पतालमा अक्सिजन प्लान्ट र आठ अस्पतालमा तरल ९लिक्विड० अक्सिजन प्लान्ट जडान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट अणुवांशिक अध्ययन ९जिन सिक्वेन्सिङ्० को परीक्षण सुरुआत गरिएको उहाँले बताउनुभयो ।

भण्डारण क्षमता बढाइँदै

असार मसान्तसम्ममा अल्ट्रा कोल्ड चेन ९अत्यन्त चिसो तापक्रम० चाहिने खोपहरूको भण्डारण तथा उचित व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरूको कुनै पनि व्यवस्था नभएकामा हाल दुईवटा अल्ट्रा कोल्ड चेनको व्यवस्था भइसकेको मन्त्रालयका प्रवक्ता डा। पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर महिनासम्ममा थप छवटा गरी आठवटा अल्ट्रा कोल्ड चेन बनाइनेछ ।

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर बिरामीलाई उपचार खर्चका लागि मासिक रु पाँच हजार प्रदान गर्ने सरकारको निर्णयले गरिब असहायको घाउमा मलहम लगाएको छ ।

यस्तै विभिन्न सहयोगी संस्थाको सहयोगमा सरकारले वीर अस्पताल त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एचआइभी हेपाटाइटिस सी उपचार सेवाको सुरुआत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com