जर्सी सिटी स्थानीय सरकारको रोजगार तथा तलिम कार्यक्रम बोर्डमा डा. बिष्णुमाया, सिटीहलमा सपथ


प्रकाशित मिति : कार्तिक २, २०७८ मंगलबार

सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार अमेरिकाको जर्सी सिटीको रोजगार तथा तालिम कार्यक्रमको बोर्ड सदस्यमा औपचारिक रुपमा नियुक्त भएकी छिन् । उनले आजै जर्सी सिटीको सिटीहलमा उक्त पदका लागि सपथग्रहण गरेकी हुन् ।

आफूलाई उक्त पदका लागि विश्वास गरेकोमा परियारले मेयर स्टेभन फुलोप र काउन्सिल अधिकारीहरुलाई धन्यवाद दिएकी छिन् । अल्पसंख्यक, आप्रवासी र महिलाहरुलाई यो कार्यक्रमबाट प्राप्त अवशरबाट लाभ दिलाउनेमा आफू प्रतिवद्ध रहने उनले बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै डाक्टर परियारको पहलमा नेपाली समुदायको सम्मानमा अमेरिकाको न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराइएको थियो । सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो ।

परियारले जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी विशेषदूतका रुपमा समेत काम गरेकी थिइन् । परियार जर्सी सिटी मेयरको डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डमा २ कार्यकाल ४ बर्ष सल्लाहकार रहेकी थिइन् ।

हाले डाक्टर विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश  गरिएको थियो । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश गरिएको थियो ।

डाक्टर परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध आउटरिज कोअर्डिनेटरका रुपमा काम गर्दै आएकी छिन् । उनी दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक हुन् ।

डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका  ५० हजार महिला  र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू संचालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेडले सम्मान गरेको थियो ।

डा. विष्णुमायालाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढि अवार्डहरु छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com