ग्लोबल बन्दै गोल्डस्टार: अमेरिकामा वितरण गर्दै अम्बी ग्लोबल, स्टोर खोल्न र बेच्न चाहनेलाई पनि अवशर


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

नेपालको लोकप्रिय ब्राण्ड गोल्डस्टार अब अमेरिकी बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । अमेरिकामा वितरणको जिम्मा अम्बी ग्लोबल एलएलसीलाई प्रदान गरिएको छ । न्युयोर्कको म्यानहटनमा एक कार्यक्रम गरी अमेरिकी बजारमा गोल्डस्टारको औपचारिक प्रवेश घोषणा गरिएको हो ।

अमेरिकामा वितरणको जिम्मा पाएको अम्बी ग्लोबल एलएलसीका अध्यक्ष अमेरिकाका चर्चित व्यवसायी समिर महर्जन हुन् । अमेरिकामा हिराको ब्यापारमा जमेका महर्जन नेतृत्वको कम्पनीमार्फत गोल्डस्टार जुत्ता अमेरिकी बजारमा प्रवेश गरेको हो । अमेरिकामा खुद्रा रुपमा गोल्डस्टार जुत्ता बिक्रि गर्न चाहने र गोल्डस्टार जुत्ताको आधिकारिक स्टोर खोल्न चाहनेहरुले कम्पनीमा सम्पर्क गर्नसक्ने महर्जनले जानकारी दिए ।

महर्जनले भने – ‘अमेरिकामा गोल्डस्टार जुत्ताको वितरणको जिम्मा हामीले लिएका छौं । अब अमेरिकामा यसका स्टोर खोल्न चाहनेहरुका लागि अवशर श्रृजना भएको छ । स्टोर खोल्न चाहनेहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । सुरुमा न्युयोर्क, टेक्सास र क्यालिफोर्नियामा आउटलेट आउने योजना रहेको छ ।’

गोल्डस्टार जुत्ता युवा पुस्तामाझ लोकप्रिय छ ।

आउटलेट लिन चाहनेले इमेल र फोनमार्फत अम्बी ग्लोबलमा सम्पर्क गर्न सक्नेछन् । गोल्डस्टारका सबै उत्पादनहरु अमेरिकी बजारमा उपलब्ध हुनेछन् भने अमेरिकाका लागि विशेष एक्सक्लुसिभ डिजाइनहरु कम्पनीले उत्पादन गर्ने जनाइएको छ । तत्कालका लागि १५ डलरदेखि ६० डलरसम्मको हाराहारीका जुत्ताहरु उपलब्ध हुने भएपनि एक्सक्लुसिभ डिजाइनहरु त्योभन्दा बढी मूल्यका समेत हुनसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भविश्यमा अमेरिकामा अनलाइनबाट पनि गोल्डस्टार जुत्ता किन्न सकिने व्यवस्था गर्न लागिएको महर्जनले बताए । उनका अनुशार अहिले आउटलेट राख्न चाहनेहरुले एक्सक्लुसिभ स्टोर समेत राख्न सक्नेछन् भने अन्य सामान बिक्रि गरिरहेकाहरुले मिसाएर समेत गोल्डस्टार जुत्ता बेच्न सक्नेछन् । विभिन्न स्तरका फ्रेन्चाइज हुने र सोही अनुशारका शर्तहरु हुने समिरले जानकारी दिए । जुत्ता नेपालबाटै उत्पादन गरेर अमेरिका पठाइनेछ ।

गोल्डस्टारले अमेरिकीहरूको मन जित्ने विश्वास

न्युयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिरप्रताप जबराले तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी गोल्डस्टार जुत्ता अमेरिकामा आइपुगेको बताए । अमेरिकास्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले सबै नेपाली, नेपाली उद्यमी र व्यापारिक समुदायका लागि यो गर्वको क्षण भएको र यसले एउटा नयाँ आयाम आएको बताए ।

अमेरिकामा गोल्डस्टार वितरणको जिम्मा पाएको अम्बी ग्लोबलका अध्यक्ष तथा चर्चित व्यवसायी समिर महर्जन न्युयोर्कमा आयोजित कार्यक्रममा बोल्दै ।

किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाले नेपाली मिहिनेतले सात समुद्र पार गरेको बताउँदै आफ्नो उत्पादन अमेरिकामा आइपुग्दा कम्पनीको लक्ष्य मानिसको विश्वास र उपभोक्ताको चाहना पूरा गर्नु नै रहेको बताइन् । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मार्क ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गोल्डस्टारले अमेरिकीहरूको मन जित्ने विश्वास व्यक्त गरे ।

मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै अम्बी ग्लोबलका अध्यक्ष समिर महर्जनले अमेरिकामा व्यसायमा सकृय भइरहँदा नेपालको चर्चित ब्राण्डलाई अमेरिकामा अगाडि बढाउन पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताए ।

तीनदशकदेखि लोकप्रिय

गोल्डस्टारको जुत्ता स्व. नूरप्रताप जबराको परिकल्पनामा उत्पादन गरिएको ब्रान्ड हो । किरण सु म्यानुफ्याक्चर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन गर्न थालेको हो । यो जुत्ता स्व. राणाको परिकल्पनाअनुसार नै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेको हो ।

विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरु गरेको हो ।गोल्डस्टार जुत्ताले सन् २००० को शुरुमा भारतमा आफ्नो व्यापार क्षेत्र विस्तार गरेको थियो । यसको मूल्य भारतीय मजदुर वर्गलाई मेल खाने हुँदा गोल्डस्टारले भारतमा राम्रो चर्चा पाएको थियो । गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारपछि अमेरिकी बजारमा प्रवेश गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com