अझै फर्किएनन् १२ वर्षअघि घर छोडेका लालबहादुर, छोराको बाटो हेरेर बस्छिन् ७९ वर्षीया आमा


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

दसैँमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण वितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ ।

विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिँडेको २० वर्षीय कान्छो छोरो लालबहादुर आजसम्म पनि घर नफर्किदा उहाँलाई यसपालीको दसैँले पनि खुशी दिन सकेन् । दुई वर्षअघि जेठो छोरा लीलामणिको मृत्यु भयो । गत असारमा पति वीरबहादुरको निधन भयो । जेठी बुहारी बितेको धेरै वर्ष भइसक्यो । अहिले जेठो छोराकी छोरी मनमायाकी एक मात्र सहारा हुन ।

पारिवारिक वियोगको यो दुर्दशामा परेकी मनमायालाई छोरो लालबहादुर भारततिर गएको भन्नेसम्म गाउँलेले सुनाउँछन् । तर कुन ठाउँमा छन् र के कस्तो अवस्थामा छन् भन्ने कसैले सूचना दिनसकेका छैनन् । बुढेसकालको सहारा कान्छो छोरा लालबहादुर फर्किने आशामा बाटो हेर्दाहेर्दै मनमायाका आँखा दुखिरहेका छन् तर छोरा आएनन् । उहाँले छोरा यतिका वर्ष घर नफर्कँदा मनमा सधैँ पीडा बोक्नु परेको सुनाउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ , “यतिका वर्ष भइसक्यो, बेपत्ता भएको छोरोको अवस्था पत्तो लाग्न सकेको छैन् ।” उहाँले बेपत्ता छोराको खोजीका लागि हारगुहार गरे पनि यतिका वर्ष बित्दासमेत अवस्था पत्ता लाग्न नसकेको गुनासो गर्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दसैँमा हराएको छोराको सधैँभरि सम्झना आउने वृद्धा मनमाया बताउनुहुन्छ । दमक– ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल मनमायाको समस्या र पीडालाई बुझेर नै आफूले सक्नेसम्मको सहयोग गर्दै आएपनि छोरोको बारेमा अत्तोपत्तो लाग्न नसकेको बताउनुहुन्छ ।

भारततिर मजदूरी गर्न गएको भन्ने सुनिए पनि त्यसपछि नर्फिएको भुजेल परिवारका छिमेकी वडाध्यक्ष पौडेल भन्नुहुन्छ,“लालबहादुरलाई जहाँ जे जस्तो अवस्थामा भेटे पनि घर फर्किने वातावरण बनाइदिन अपिल गरिआएका छौँ ।”

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com