‘मिस युनिभर्स’मा बेलायती प्रतिनिधि पठाउने ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’मा प्रतिष्ठा राउत फाइनलिष्ट


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार

आउँदो १६ अक्टोबर हुने ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ २०२१ मा यूके निवासी नेपाली मूलकी मोडल प्रतिष्ठा राउत फाइनलिष्ट बन्न सफल भएकी छन् । प्रतिष्पर्धाका लागि सबैभन्दा बढी भोट प्राप्त गर्नेले 
‘पिपुल्स च्वाइस्’ अन्तर्गत १५ पोइन्ट प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले १० र तेस्रो हुनेले ५ पोइन्ट प्राप्त गर्नेछन् ।

मिस युनिभर्स जिबीको वेबसाइटमा गएर भोट गर्न सकिनेछ । भोटिङ गर्दा प्रत्येक व्यक्तिले पहिलो पटक एक भोट फ्री गर्न पाउनेछन् भने त्यसपछि तीन भोटका लागि 
३०.८६ पेन्स र एक भोटका लागि ३०.२८ पेन्स तिर्नुपर्नेछ । १८ वर्ष उमेर पुगेका मानिसले विश्वका कुनैपनि स्थानबाट भोटिङ गर्न सकिने आयोजकले बताएका छन् ।

भोटिङको लागि यहाँ क्लिक गर्नुहोला ।

इटलीको मिलानमा आयोजित मिलान फेसन वीकमा प्रतिष्ठा राउत

प्रतिष्ठा राउतलाई भोट गर्नका लागि ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ २०२१ फाइनलिष्टको सूचीमा गएर २१ नम्बरको स्टारमा क्लिक गर्नुपर्नेछ । सन् २०१९ को मिस इंग्ल्याण्डमा उनले राम्रो भोट प्राप्त गरेकी थिइन् । मिस इंग्ल्याण्ड २०१९ मा सेकेन्ड रनरअप बन्न सफल प्रतिष्ठा १६ वर्षको उमेरदेखि मोडलिङ गर्दै आएकी छन् । उनी हङकङमा जन्मिएर ५ वर्षको उमेरदेखि बेलायत बस्दै आएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले ‘प्लोर प्लान आर्किटेक्ट’ हुन् । हालै उनले इटलीको मिलानमा आयोजित मिलान फेसन वीकमा इटालियन र स्पानिस डिजाइनरको पोशाकमा र्‍याम्पमा उत्रिएर चर्चा कमाएकी थिइन् । राउत इटालियन डिजाइनर भ्यालेन्टिना पोल्ट्रोनियरी र स्पानिस डिजाइनर आना बेनभेनुतोको डिजाइनमा र्‍याम्पमा उत्रिएकी थिइन् ।

के हो मिस यूनिभर्स ग्रेट ब्रिटेन?

मिस यूनिभर्स ग्रेट ब्रिटेन बेलायतको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । यसका मिस युनिभर्समा बेलायतबाट भाग लिने प्रतिनिधिको छनौट गर्छ । सन् १९५२ देखि यसको सुरुवात गरिएको हो । पहिलो प्रतियोगितामा ३० जना युवतीहरुले भाग लिएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com