डिभी २०२३ बारे नेपालीमा निर्देशिका जारी, भर्ने तरिका र विवरणसहित ३९ महत्वपूर्ण प्रश्नहरुको जवाफ


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

(नोट: अमेरिकी विदेश मन्त्रालयले जारी गरेको डिभी सम्बन्धी निर्देशिकाको नेपाली अनुवादको श्रोत अमेरिकी दूतावास काठमाडौं हो ।)

अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष सन् २०२३ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । कार्यक्रमका लागि छनोट हुने आवेदकहरू (विजेताहरू) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी–२०२३ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छैनन् किनभने यी देशले विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरू संयुक्त राज्य अमेरिका पठाइसकेका छन् :

बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन (हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र लगायत), कोलोम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाईटी, होन्डुरस, भारत, जमेका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (उत्तरी आयरल्यान्ड बाहेक) र उसका आश्रित भूभाग, भेनेजुएला, र भियतनाम । मकाउ विशेष प्रशासनिक क्षेत्र र ताइवानमा जन्मिएका व्यक्ति योग्य छन् ।

योग्यता

आवश्यकता # १ :  जुन देशको अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून छ  त्यस देशका नागरिक डिभीमा सहभागी हुन योग्य छन् ।

यदि तपाईँ अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून भएको देशको नागरिक होइन भने तपाईँले अन्य दुई तरिकामार्फत सहभागी हुन पाउनुहुन्छ :

– के तपाईँको पति/ पत्नी अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून भएको देशको नागरिक हो ? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर तपाईँ र तपाईँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।

– के तपाईँ त्यस्तो देशको नागरिक हो जसको अमेरिकामा आप्रवासनको दर ऐतिहासिक रूपमै न्यून छैन तर तपाईँका दुबै आमाबुबा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन् ? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ, यद्यपि सो देशका नागरिक डिभी–२०२२ कार्यक्रमका लागि योग्य हुनुपर्नेछ । यसका बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू (पृष्ठ ९–२३) मा हेर्नुहोस् ।

आवश्यकता # २ : हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनु पर्दछ :
– माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।

– वा तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनु पर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को O*Net OnLine को डेटाबेसद्वारा गरिनेछ ।

कार्यानुभव डिभीका लागि योग्य हुने नहुनेबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरूमा हेर्नुहोस् ।

यदि तपाईँको दुबै आवश्यकता पूरा हुँदैन भने डिभीका लागि आवेदन हाल्नु हुँदैन ।

आवेदन अवधि
डिभी–२०२३ को लागि आवेदन हाल्नका लागि dvprogram.state.gov मा गई सन् २०२१ अक्टोबर ६ तारिख बुधबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–४) को मध्याह्न र सन् २०२१ नोभेम्बर ९ तारिख मङ्गलबार ईस्टर्न डेलाइट टाइम (ईडीटी) (जीएमटी–५) को मध्याह्नबीच इलेक्ट्रोनिक रूपमा दर्ता गर्नु पर्दछ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गर्दछौँ । म्याद नाघेपछिको आवेदन वा कागजीय आवेदन स्वीकार गरिने छैन । एक आवेदन अवधिमा एउटा व्यक्तिले एउटा मात्र आवेदन पेश गर्न मिल्ने कानुनी व्यवस्था गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एकभन्दा बढी आवेदन परे नपरेको पत्ता लगाउन सुविज्ञ प्रविधिको प्रयोग गर्दछ । एकभन्दा बढी आवेदन पेश गरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

डिभी–२०२३ कार्यक्रमका लागि विद्युतीय आवेदन दर्ता गर्ने प्रक्रिया

http://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 ) भर्नुहोस् । आंशिक रूपमा भरिएका वा अन्य माध्यमबाट पठाइएका आवेदनहरूलाई स्वीकारिने छैन । अन्लाइन आवेदन फारम बुझाउनका लागि कुनै शुल्क लाग्दैन । आवेदन भर्दा सबैभन्दा नयाँ ब्राउजर प्रयोग गर्नुहोला । पुराना ब्राउजर (उदाहरणका लागि इन्टरनेट एक्सप्लोरर ८) प्रयोग गर्दा अनलाइन डिभी प्रणालीमा समस्या आउनसक्छ ।

तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत आफ्नो आवेदन नभराउन विशेष अनुरोध गरिन्छ । यदि तपाईँले आफ्नो आवेदन भर्न कसैको मद्दत लिँदै हुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँ साथमा उपस्थित हुनु पर्दछ ताकि तपाईँले “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” र कन्फर्मेशन स्क्रिनको प्रिन्ट प्रति प्राप्त गर्न सक्नुहुनेछ । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ । बेइमान भिसा सहजकर्ताहरूले आवेदकहरूको आवेदनमा सहयोग गर्ने, उनीहरूको कन्फर्मेशन पेजको प्रिन्टआउट राख्ने, र त्यसपछि कन्फर्मेशन नम्बरको बदलामा थप रकम माग्ने गरेको जानकारीमा आएको छ । यस्तो सूचनाबिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अन्लाइनमार्फत हेर्न सक्नुहुन्न । यदि कसैले तपाईँको कन्फर्मेशन पेज र युनिक कन्फर्मेशन नम्बर सुरक्षित राखिदिने प्रस्ताव गरेको खण्डमा सतर्क रहनुहोस् । ई–डिभी भर्दा प्रदान गरिएको ईमेल खाता र त्यसमा आफ्नो पहुँच कायम राख्नुहोला । डाइभर्सिटी भिसा कार्यक्रमसम्बन्धी हुने जालसाजी बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू (पृष्ठ ९–२३) हेर्नुहोस् । तपाईँ डिभी भिसासम्बन्धी परिचयात्मक भिडियो पनि हेर्न सक्नु हुनेछ। अनि पाइला–पाइला अनुसारको सुझाव लिई तपाईँलाई आवेदन गर्न सहयोग पुग्नेछ ।

आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ । आफ्नो अभिलेखको लागि उक्त “कन्फर्मेशन स्क्रिन” लाई प्रिन्ट गर्नुहोस् । सन् २०२२ मे ८ देखि तपाईँले आफ्नो आवदेनको स्टेटस चेक गर्न सक्नुहुन्छ । त्यसको लागि http://dvprogram.state.gov/  मा गई Entrant Status Check  मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस् । तपाईँंले आफू डिभी–२०२३ का लागि छनोट भए नभएको पत्ता लगाउन र छनोट भएको अवस्थामा आफ्नो आवेदनलाई अगाडि बढाउनेसम्बन्धी निर्देशनहरू प्राप्त गर्नका लागि Entrant Status Check प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । Entrant Status Check आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । यदि तपाईँ छनोटमा पर्नुभयो र भिसा आवेदनका साथै आवश्यक कागजपत्रहरू पेश गर्नुभयो भने आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता मिति चेक गर्नका लागि Entrant Status Check प्रयोग गर्नु पर्दछ । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

आवेदन भर्नका लागि तपाईँले निम्नबमोजिमको सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ । सम्पूर्ण आवश्यक जानकारी समावेश गर्न नसकेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

१. पूरा नाम – थर, नाम, बीचको नाम ।  नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् । तपाईँको नाम एउटा मात्र छ भने त्यसलाई थर उल्लेख गर्ने ठाउँमा लेख्नु पर्दछ । (उदाहरणका लागि तपाईँको राहदानीमा तपाईँको पहिलो नाम र थर मात्र दिइएको छ भने आफ्नो थर र त्यसपछि पहिलो नाम प्रवेश गर्नुहोस् बिचको नाम राहदानीमा समावेश गरिएको छैन भने प्रवेश नगर्नुहोस् । यदि तपाईँको राहदानीमा पहिलो नाम, बिचको नाम, र थर समावेश गरिएको छ भने निम्न क्रममा प्रवेश गर्नुहोस् : थर, पहिलो नाम, बिचको नाम)

२. लिङ्ग – पुरुष वा महिला ।

३. जन्म मिति – दिन, महिना, वर्ष ।

४. जन्मिएको शहर ।

५. जन्मिएको देश – देशको नाम आफ्नो  जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनु पर्दछ ।

६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँ जन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ वा तपाईँको राष्ट्रियता, तपाईँको जन्म भएको देशभन्दा फरक छ भने तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू  हेर्नुहोस् ।

७. तपाईँको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी नम्बर, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी । यो व्यवस्था तपाईँका आश्रितहरूलाई लागु हुने छैन । अपवादका निम्ति योग्यता पुगेको अवस्थामा बाहेक विदेश भ्रमणका लागि जारी भएको आफ्नो बहालवाला राहदानीको सही नम्बर उपलब्ध गराउनु पर्नेछ । यदि तपाईँ राज्यविहीन हुनुहुन्छ, कम्युनिस्ट नियन्त्रित मुलुकको नागरिक हुनुहुन्छ र उक्त कम्युनिस्ट मुलुकको सरकारबाट राहदानी प्राप्त गर्न सक्नुहुन्न, वा अमेरिकी आन्तरिक सुरक्षा मन्त्री र अमेरिकी विदेशमन्त्रीबाट स्वीकृत व्यक्तिगत छुट पाउने लाभग्राही हुनुहुन्छ भने तपाईँलाई अपवादको अवस्था लागु हुन सक्नेछ । आफूले नपाउने छुटका लागि दावी गरेमा वा राहदानीको सही विवरण पेश नगरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । तपाईँ अपवादको अवस्थाका लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्नेसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू शीर्षकअन्तर्गतको प्रश्न १२ मा हेर्नुहोला ।

८. फोटो(हरू) – आफ्नो, आफ्नो पति/पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो (पछिल्लो छ महिनामा खिचिएको हुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटो बुझाउनेसम्बन्धी शीर्षक (पृष्ठ ७–९) मा हेर्नुहोस् । यदि तपाईँको पति/पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भने रद्द हुने छैन । डिभीका लागि पेश गरिने फोटोले पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटो सरहकै मापदण्ड पूरा गर्नु पर्दछ । यदि तपाईँ र तपाईँका परिवारका सदस्यको फोटो कुनै पनि प्रकारले मिलाइएको वा त्यसले यी मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । गत सालको आवेदनमा पेश गरेकै फोटो पुनः पेश गरेमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । थप जानकारीका लागि (तल दिइएको) डिजिटल फोटो बुझाउनेसम्बन्धी शीर्षकमा हेर्नुहोस् ।

९. चिठी पठाउने ठेगाना – नाम
ठेगाना शहर/गाउँ
जिल्ला/प्रदेश/राज्य हुलाकी कोड/जिप कोड देश

१०. हाल बसोबास गरिरहनुभएको देश ।

११. फोन नम्बर (ऐच्छिक) ।

१२. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला, जुन तपाईँले कम्तीमा पनि अर्को वर्षको मे महिनासम्म चलाउनुहुनेछ । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयो भनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू  हेर्नुहोस् ।

१३. हालसम्म हासिल गर्नुभएको शिक्षा : (१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर, (९) केही विद्यावारिधी तहका विषयहरू पढेको, वा (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू  हेर्नुहोस् ।

१४. वर्तमान वैवाहिक स्थिति : (१) अविवाहित, (२) विवाहित तर मेरा पति/ पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा (एलपीआर) होइनन्, (३) विवाहित र मेरा पति/ पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन (४) सम्बन्धविच्छेद, (५) विधवा, वा (६) कानुनी रूपमा अलग्गिएर बसेको । आफ्नो पति/पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर/ नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् ।

योग्य पति/ पत्नीको नाम उल्लेख नगरिएको खण्डमा, वा आफ्ना पति÷पत्नी नभएका व्यक्तिको नाम समावेश गरिएको खण्डमा, डाइभर्सिटी भिसाका मुख्य आवेदकका रूपमा तपाईँ अयोग्य ठहरिनुहुनेछ र तपाईँका पति/ पत्नी र सन्तान समेत डिभीका आश्रित आवेदकका रूपमा अयोग्य ठहरिनेछन् । यदि तपाईँ हाल छुटिएर बस्नुभएको छ भने पनि कानुनी रूपमा अलग्गै बसेको अवस्थामा बाहेक आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ । कानुनी रूपमा अलग्गै बस्नु भनेको त्यो अवस्था हो, जहाँ दम्पती विवाहित नै रहे पनि अदालतको आदेशपछि अलगअलग बसेका हुन्छन् । तपाईँ र तपाईँका पति वा पत्नी कानुनी रूपमा अलग्गिनुभएको छ भने डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत उहाँ तपाईँसँगै बसाइ सर्न पाउनुहुन्न । कानुनी रूपमा आफूबाट अलग्गिएको पति वा पत्नीको नाम फारममा संलग्न गरे वापत कुनै सजाय हुने छैन । अदालतको आदेशद्वारा आफ्नो पति वा पत्नीसँग कानुनी रूपमा अलग्गिनुभएको छैन तर डाइभर्सिटी भिसाको लागि आवेदन दिनुअघि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि निजको नाम फारममा संलग्न गर्नुपर्नेछ । आफूसँगै कार्यक्रममा समावेश हुन योग्य पति वा पत्नीको नाम फारममा समावेश नगर्दा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

आफ्नो पति वा पत्नी अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा भएको अवस्थामा निजलाई आवेदनमा संलग्न नगर्नु होला । यदि पति/ पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । त्यस कारण तपाईँले आफ्नो आवेदन फारममा “विवाहित र मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन छान्नुभयो भने तपाईँको पति/ पत्नीसम्बन्धी थप जानकारी माग गरिने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू  हेर्नुहोस् ।

१५. सन्तानको सङख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँ संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ , जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।

निम्न लिखित अनिवार्य समावेश गर्नुहोला : 
– सबै जिवित प्राकृतिक सन्तान,
– तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र
– तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनु पर्दछ चाहे तपाईँ सो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस् वा नहोस् र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र÷वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् ।

विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् । तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ ।

तपाईँले डिभीका लागि आवेदन पेश गर्दा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा बनिसकेका सन्तानलाई डाइभर्सिटी भिसा आवश्यक पर्ने वा जारी गरिने छैन । यद्यपि उनीहरूको नाम उल्लेख गरेमा वा छुटाएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन ।

डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा, वा जो व्यक्ति आफ्नो सन्तान होइन त्यस्तो व्यक्तिको नाम सन्तानका रूपमा समावेश गरेमा, तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ र तपाईँका पति/ पत्नी र सन्तान समेत डिभीका आश्रित आवेदकका रूपमा अयोग्य ठहरिनेछन् । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू  हेर्नुहोस् । डिभी–२०२२ कार्यक्रमका लागि विद्युतीय आवेदन कसरी भर्ने बारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

आवेदन छनोट

हरेक क्षेत्र र देशका लागि छुट्याइएको सङ याको आधारमा योग्य आवेदनहरूमध्येबाट गोलाप्रथाको माध्यमबाट आवेदकहरूको छनोट कम्प्युटरद्वारा गरिन्छ । सबै डिभी–२०२२ आवेदकहरूले आफू डिभी कार्यक्रमको लागि छनोट भए नभएको पत्ता लगाउन डिभी–२०२२ को अनलाइन आवेदन दर्ताका बेला प्राप्त युनिक कन्फर्मेशन नम्बर प्रयोग गरी ई–डिभी वेबसाइटको Entrant Status Check  मा गई हेर्नु पर्दछ । Entrant Status Check ई–डिभीको वेबसाइट dvprogram.state.gov मा सन् २०२२ मे ८ देखि सन् २०२३ सेप्टेम्बर ३० सम्म उपलब्ध हुनेछ ।

यदि तपाईँको आवेदन छनोटमा परेको रहेछ भने तपाईँ कन्फर्मेशन पेजमा पुग्नु हुनेछ जसमा अमेरिका अप्रवासन गर्न लाग्ने शुल्क लगायतका जानकारीका साथै थप निर्देशनहरू दिइएको हुन्छ । डिभी–२०२३ का लागि छनोट भएकाहरूले केवल Entrant Status Check मार्फत मात्र छनोट भएको जानकारी प्राप्त गर्न सक्नेछन् । अमेरिकी विदेश मन्त्रालयले छनोट भएको सूचना चिठी वा ईमेलमार्फत पठाउँदैन । अमेरिकी दूतावास र वाणिज्यदूतावासहरूले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैनन् । छनोटमा नपरेकाहरूले पनि सूचना पाउने थलो भनेको Entrant Status Check हो । हामी तपाईँलाई आफ्नो Entrant Status Check आफै हेर्नुहुन जोड गर्न चाहन्छौँ । चेक गर्न र सूचना पाउनका लागि अरुको भर नपर्नुहोला ।

तपाईँ डिभीका लागि छनोट हुनुभए तापनि डाइभर्सिटी भिसा प्राप्त गरी अमेरिका आप्रवास गर्नका लागि तपाईँले अमेरिकी कानुन अन्तर्गतका सबै योग्यताका मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिएस–२६०, अनलाइन आप्रवासी भिसा अनि दर्ता आवेदन र कन्सुलर अधिकृतले व्यक्तिगत रूपमा तपाईँसँग अमेरिकी आप्रवासन कानुन अनसुार योग्य हुनुहुन्छ कि हुन्न भनेर प्रश्न गर्नेछन् । यी प्रश्नहरू अपराध तथा सुरक्षासम्बन्धी विषयमा हुनेछन् ।

परिवारका सदस्य लगायत सबै आवेदकलाई २०२३ सेप्टेम्बर ३० भित्र भिसा जारी गरिसक्नु पर्दछ । सो मिति पश्चात् कुनै पनि हालतमा अमेरिकी विदेश मन्त्रालयले डिभी भिसा जारी गर्न सक्ने छैन र युएससीआईएसले हेरफेर स्वीकृत गर्न सक्ने छैन । न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात् अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न नै सक्नेछ ।

छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

 

डिजिटल फोटो बुझाउनेसम्बन्धी : 

तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएको फोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटोले चाहिँ तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिभीका लागि पेश गरिने फोटोकोे गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनु पर्दछ । स्वीकार्य फोटोका उदाहरणहरू यहाँ हेर्न सकिन्छ । पुरानो फोटो वा तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा नगर्ने फोटो पेश नगर्नुहोस् । गत साल डिभीको आवेदनमा पेश गरिएको फोटो पुनः पेश गरेमा, मिलाइएको फोटो प्रयोग गरेमा वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

तपाईँको डिजिटल फोटो निम्न बमोजिम हुन जरुरी छ :
● रङ्गिन
● फोकस मिलेको
● टाउको १ देखि १ ३/८ इन्च (२२ मिमि र ३५ मिमि) को बीचमा हनु पर्दछ वा चिउँडोको तल्लो भागदेखि टाउकोको टुप्पासम्मको फोटोको पूरा लम्बाइको ५६ देखि ६९ प्रतिशत बीच हुनु पर्दछ । साइजसम्बन्धी थप जानकारीका लागि “फोटो कम्पोजिशन टेम्पलेट” हेर्नुहोस् ।
● तपाईँको हालको हुलिया प्रतिविम्बित गर्नका लागि फोटो विगत छ महिनामा खिचिएको हुनु पर्दछ ।
● सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको
● पूरा अनुहार देखिने गरी सिधा क्यामेरामा हेरी खिचिएको
● अनुहारको अभिव्यक्ति निष्पक्ष भएको र दुवै आँखा खुला भएको
● आफूले दिनदिनै लगाउने कपडामा खिचिएको
● दैनिक लगाइने धार्मिक वस्त्र बाहेक फोटोमा अन्य कुनै बर्दी लगाउनु हुँदैन ।
● धार्मिक कारणले लगाउनुपर्ने टोपी वा शिर ढाक्ने वस्त्र बाहेक अन्य कुनै टोपी वा शिर ढाक्ने वस्त्र लगाउनु हुँदैन । तपाईँको पूरा अनुहार देखिनु पर्दछ र शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारमा छाया पारेको हुनुहुँदैन ।
● इयरफोन, ताररहित उपकरण वा त्यस्ता अन्य सामग्री तपाईँको फोटोमा स्वीकार्य हुने छैनन् ।
● चश्मा लगाएको हुनुहुँदैन ।
● प्रायः श्रवण यन्त्र वा त्यस्ता अन्य सामग्री प्रयोग गर्ने गर्नुभएको छ तिनलाई फोटोमा लगाउन सकिनेछ ।

स्वीकार्य र अस्वीकार्य फोटोको उदाहरण हेर्नका लागि “फोटो उदाहरण” हरूको पुनरावलोकन गर्नुहोस् । चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रबाट प्रतिलिपि उतार गरिएका वा स्क्यान गरिएका फोटोहरू स्वीकार्य हुने छैनन् । त्यसका अतिरिक्त स्न्यापशट, पत्रिकामा प्रकाशित फोटो, भेन्डिङ मेशिन वा मोबाइल फोनबाट खिचिएका कमसल गुणस्तरका फोटो वा पूर्ण–लम्बाइका फोटोहरू स्वीकार्य हुनै छैनन् ।

आवेदन पेश गर्ने क्रममा तपाईँले आफ्नो डिजिटल फोटो अपलोड गर्नु पर्दछ । तपाईँको डिजिटल फोटो निम्न बमोजिमको हुनु पर्दछ:
PEG फरम्याटमा हुनु पर्दछ
● फोटोकोसाइज २४० किलोबाइट वा सोभन्दा कम हुनु पर्दछ
● लम्बाइ र चौडाइ बराबर हुनु पर्दछ
● डाइमेन्सन ६०० पिक्सेल X ६०० पिक्सेल हुनु पर्दछ

आफूसँग भएको फोटो स्क्यान गर्न चाहनुहुन्छ ? डिजिटल फोटोका मापदण्डका अतिरिक्त तपाईँको फोटो :
● २x२ इन्च (५१ x ५१ मिमि) हुनु पर्दछ
● ६०० पिक्सेल प्रति इन्चको रेजोल्युशन (१२ पिक्सेल प्रति मिलिमिटर) मा स्क्यान गरिएको हुनु पर्दछ

सानो बच्चाको फोटो लिनुपरेमा:

सानो बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन, बच्चाको आँखा खुला हुनु पर्दछ र बच्चाले क्यामेरातिर हेरेको हुनु पर्दछ ।

पहिलो सल्लाह : बच्चालाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताउनुहोस् । यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ । बच्चा पल्टेकोले खास गरी माथिबाट फोटो खिच्नुपरेको अवस्थामा बच्चाको अनुहारमा छाया पर्न नदिनुहोस् ।

दोस्रो सल्लाह :  कारको सिटलाई सादा सेतो वा हल्का रङको कपडाले छोप्नुहोस् र बच्चालाई कारको सिटमा राखेर फोटो खिच्नुहोस् । यसो गर्दा पनि बच्चाको टाउकोलाई आड मिल्दछ ।

बारम्बार सोधिने प्रश्नहरू

योग्यता

१. “नेटिभ”  र “चार्जेबिलिटी”  भन्नाले के बुझिन्छ ?

नेटिभ भनेको कुनै निश्चित देशमा जन्मिएको मानिस हो र ऊ अहिले कुन देशमा बसोबास गरिरहेको छ वा अहिले कुन देशको नागरिकता लिएको छ भन्ने कुराले यसमा सरोकार राख्दैन । नेटिभ भन्नाले इमिग्रेसन एण्ड नेसनलिटी एक्ट को सेक्सन २०२ (बी) अर्थात् अमेरिकाको आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०२ (बी) अनुसार आफू जन्मिएको देशबाहेक अन्य देशबाट पनि दाबी गर्नसक्ने व्यक्ति भन्ने बुझिन्छ ।

कुनै पनि देश वा भौगोलिक क्षेत्रबाट आप्रवासन गर्ने आप्रवासीहरूमाथि सङ यात्मक सीमितता लगाइने भएकोले हरेक व्यक्तिलाई कुनै एक देशमा charge गरिन्छ । तपाईँको चार्जेबिलिटी तपाईँले छनोट गर्ने देश हो । सामान्यतया, तपाईँ जन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तथापि, तपाईँले आफ्नो योग्यताप्राप्त देशका रूपमा आफ्ना पति/ पत्नीको जन्मदेशलाई रोज्नसक्नुहुन्छ । यदि तपाईँको जन्म तपाईँका आमा वा बुबा नजन्मेको देशमा भएको हो भने र तपाईँको जन्म हुँदा त्यस देशमा तपाईँका आमा वा बुबाको वैध बसोबास थिएन भने तपाईँले आफ्नो योग्यताप्राप्त देशका रूपमा आफ्ना आमा वा बुबाको जन्मदेशलाई रोज्नसक्नुहुन्छ । आफ्नो चार्जेबिलिटीको देश रोज्नका लागि तीन ओटा मात्र तरिका छन् । तपाईँले योग्यता वा दावी ९भष्निष्दष्ष्तिथ यच अजबचनभबदष्ष्तिथ० मा गलत देश उल्लेख गरेको अवस्थामा तपाईँ डिभी–२०२३ का लागि अयोग्य ठहरिन सक्नुहुनेछ ।

२. यदि म योग्यताप्राप्त देशमा जन्मिएको होइन भने पनि के मैले आवेदन हाल्न सक्छु ?

तपाईँ दुई अवस्थामा डिभीको लागि आवेदन हाल्न योग्य हुन सक्नुहुन्छ । पहिलो, यदि तपाईँको पति÷पत्नी योग्यताप्राप्त देशमा जन्मिनुभएको हो भने तपाईँ उक्त देशको चार्जेबिलिटी दाबी गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा तपाईँको योग्यता तपाईँको पति÷पत्नीमा भर पर्ने हुँदा उहाँ पनि आप्रवासी भिसाका लागि योग्य नभइकन र यो भिसा उहाँले प्राप्त नगरिकन तपाईँ यो भिसाको लागि योग्य हुन वा प्राप्त गर्न सक्नुहुने छैन । तपाईँहरू दुबैले आप्mनो डिभीसहित एकैसाथ अमेरिका प्रवेश गर्नुपर्नेछ । यसैगरी आश्रित सन्तान पनि आमाबुबा जन्मेको देशका आधारमा योग्य हुनसक्छन् ।

दोस्रो, तपाईँ आफ्नो आमा अथवा बुबा जन्मेको देशका आधारमा दावीका लागि योग्य हुन सक्नुहुनेछ । तर यसका लागि तपाईँ जन्मेका बखत उहाँहरूमध्ये कोही पनि कार्यक्रमका लागि अयोग्य देशको बासिन्दा भएको हुनुहुँदैन । सामान्यतया, मानिसहरूलाई उनीहरू नजन्मिएको वा कानुनी रूपमा अंगीकृत नागरिक नभएको देशका बासिन्दा मानिँदैन । उदाहरणका लागि उनीहरूले भ्रमण गर्दै गरेको, अस्थायी रूपमा अध्ययन गर्दै गरेको, र अस्थायी रूपमा काम गरिरहेको देशलाई उनीहरूको बसोबासको देश मान्न सकिँदैन । यदि तपाईँले वैकल्पिक देश दावी गर्नुभयो भने तपाईँले ई–डिभी आवेदन फारममा प्रश्न नं ६ मा स्पष्टीकरण दिनु पर्दछ । तपाईँले योग्यता वा दावीमा गलत देश उल्लेख गरेको अवस्थामा तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

३. कुनै देशका नागरिक (नेटिभ) हरू किन डिभी कार्यक्रमका लागि योग्य हुँदैनन् ?

डिभी कार्यक्रमको उद्देश्य भनेको ऐतिहासिक रूपमा धेरै सङ यामा अमेरिकामा बसाइँ सर्दै आएका देशबाट भन्दा अन्य देशका नागरिकलाई आप्रवासनको मौका उपलब्ध गराउनु हो । अमेरिकी कानुन अनुसार विगत पाँच वर्षमा कुनै देशबाट ५०,००० मानिसले पारिवारिक वा रोजगारीका कारण अमेरिकाको आप्रवासी भिसा पाइसकेका छन् भने त्यस्तो देश यस कार्यक्रममा सहभागी हुन पाउने छैन । हरेक वर्ष अमेरिकी नागरिक तथा आप्रवासी सेवा (USCIS) ले यसरी पारिवारिक वा रोजगारीका कारण अमेरिका बसाइँ सर्ने मानिसको तथ्याङ्क अद्यावधिक गर्ने गर्छ, जसबाट वार्षिक डिभी कार्यक्रमका लागि अयोग्य हुने देशको निक्र्यौल हुने गर्दछ । हरेक वर्ष यस तथ्याङ्कमा फेरबदल हुने कारणले हरेक वर्षको डिभी कार्यक्रमका लागि योग्य देशको सूची परिवर्तन हुने गर्दछ ।

४. कुनै पनि क्षेत्र र योग्यताप्राप्त देशका नेटिभहरूलाई कति वटा डिभी–२०२३ भिसा जारी गरिनेछ ?

अमेरिकी नागरिक तथा आप्रवासी सेवा (USCIS) ले इमिग्रेशन एण्ड नेशनिलिटी एक्ट (INA) को दफा २०३ (सी) मा उल्लिखित गणितीय सूत्र बमोजिम हरेक वर्ष कुन क्षेत्रमा कति डिभी जारी गर्ने भन्ने कुराको निर्धारण गर्ने गर्छ । अन्त्यमा गएर कुनै पनि देशको नेटिभलाई भिसा जारी गरिने सङ या कुनै पनि क्षेत्रमा कति भिसा जारी गर्ने भन्ने कुराको निर्धारण भएपछि हुन्छ र साथै कुन देशबाट कति आवेदन प¥यो र छनोट भएका आवेदकमध्ये कति जना भिसाका लागि योग्य छन् भन्नेमा भर पर्दछ । कुनै पनि एक देशका नेटिभलाई जम्मा उपलब्ध भिसाको सात प्रतिशतभन्दा बढी भिसा जारी गरिने छैन ।

५. शिक्षा वा कार्यानुभवसम्बन्धी आवश्यकता के–के हुन् ?

आप्रवासनसम्बन्धी अमेरिकी कानुन र नियम अनुसार हरेक डाइभर्सिटी भिसाका आवेदकसँग कम्तीमा माध्यमिक विद्यालयस्तरको शिक्षा वा त्यसको समानार्थ शिक्षा वा विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनु पर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । “माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा” को अर्थ संयुक्त राज्य अमेरिकामा सफल रूपमा बाह्र वर्षे प्राथमिक र माध्यमिक शिक्षा हासिल गरेको वा संयुक्त राज्य अमेरिकाको माध्यमिक विद्यालय स्तरको शिक्षा सरहको औपचारिक प्राथमिक तथा माध्यमिक शिक्षा कुनै अन्य देशमा सफलताका साथ पूरा गरेकोलाई मानिनेछ । केवल औपचारिक पाठ क्रमलाई मात्र मान्यता दिइनेछ । पत्राचार पाठ्यक्रम वा समकक्षताको प्रमाणपत्र (जस्तै जेनेरल इक्विभ्यालेन्सी डिप्लोमा (जी.ई.डी.) लाई मान्यता दिइने छैन । शिक्षा वा कामको अनुभवको कागजीय प्रमाण भिसा अन्तर्वार्ताका बेला कन्सुलर अधिकृतसमक्ष प्रस्तुत गर्नुपर्नेछ । तपाईँले शिक्षा वा कार्य अनुभवसम्बन्धी आवश्यकता पूरा गर्नुभएन भने तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ, र तपाईँका पति/पत्नी र सन्तान समेत तपाईँअन्तर्गत प्राप्त हुने डिभीका लागि अयोग्य ठहरिनेछन् ।

६. डिभी कार्यक्रमका लागि कुनकुन पेशाहरू योग्य छन् ?

अमेरिकी विदेश मन्त्रालयले कामको अनुभवका आधारमा योग्यता निर्धारण गर्न युएस डिपार्टमेन्ट अफ लेबर (डीओएल) को डेटाबेस O*Net Online प्रयोग गरिनेछ । O*Net Online Database ले कामको अनुभवलाई पाँच Job Zone मा विभाजित गरेको छ । धेरै पेशाहरू डीओएलको वेबसाइटमा सूचीकृत गरिए तापनि केवल केही निश्चित पेशाहरू मात्र डिभी कार्यक्रमका लागि योग्य हुनेछन् । कामको अनुभवको आधारमा डिभीका लागि योग्य हुनका लागि तपाईँसँग विगत पाँच वर्षमा Specific Vocational Preparation (SVP) range को ७ वा माथि वर्गीकृत पेशामा दुई वर्षको अनुभव हुनु पर्दछ । तपाईँले शिक्षा वा कार्य अनुभवसम्बन्धी आवश्यकता पूरा गर्नुभएन भने तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ, र तपाईँका पति÷पत्नी र सन्तान समेत तपाईँअन्तर्गत प्राप्त हुने डिभीका लागि अयोग्य ठहरिनेछन् ।

७. डिपार्टमेन्ट अफ लेबरको O*Net Online डाटाबेसमा कुनकुन पेशाहरू योग्य छन् भन्नेबारे कसरी पत्ता लगाउन सक्छु ?

तपाईँको पेशा डिभीको लागि योग्य रहे नरहेको थाहा पाउन O*Net Online मा जानुहोस् :

१. “Find Occupations” सेलेक्ट गर्नुहोस् र निश्चित “Job Family”  सेलेक्ट गर्नुहोस् ।

२.“Job Family”  ब्राउज गर्नुहोस् र उपयुक्त सेलेक्ट गरिसकेपछि GO थिच्नुहोस् ।

३. आफ्नो specific occupation को लिङ्क थिच्नुहोस् ।

४.Job Zone number Specific Vocational Preparation (SVP) पत्ता लगाउन “Job Zone”  सेलेक्ट गर्नुहोस् ।

उदाहरणको लागि “Aerospace Engineers” सेलेक्ट गर्नुहोस् । Aerospace Engineers  को Summary Report को तल Job Zone section मा तपाईँले Job Zone 4, SVP Range, 7.0 to <8.0 पाउनुहुनुेछ । यस उदाहरणमा Aerospace Engineering तपाईँको पेशा हुन आउँछ । थप जानकारीको लागि डाइभर्सिटी भिसा – पेशाहरूको सूची सम्बन्धी वेबसाइट हेर्नुहोस् ।

८. डिभी कार्यक्रममा आवेदन गर्नका लागि कुनै न्यूनतम उमेर राखिएको छ ?

आवेदन गर्नका लागि न्यूनतम उमेर तोकिएको छैन तर प्रत्येक प्राथमिक आवेदकले आवेदनका बेला उच्च माध्यमिक शिक्षा पूरा गरिसकेको वा कामको अनुभव हासिल गरेको हुनुपर्ने भएकोले १८ वर्ष मुनिका आवेदकहरू प्रायः अयोग्य हुने गर्छन् ।

डिभी आवेदन दर्ता गर्नेसम्बन्धी

९. मैले आवेदन कहिले बुझाउन सक्छु ?

डिभी–२०२३ को आवेदन दर्ता २०२१ अक्टोबर ६ तारिख, बुधबार मध्याह्न (ईस्टर्न डेलाइट टाइम) देखि २०२१ नोभेम्बर ९, मङ्गलबार मध्याह्न (ईस्टर्न डेलाइट टाइम) सम्म खुल्नेछ । यो दर्ता समयभित्र हरेक वर्ष लाखौँ मानिसले आवेदन फारम भर्दछन् । दर्ता अवधि यी मितिमा राख्दा आवेदकहरू र हाम्रा दूतावास तथा वाणिज्यदूतावासहरूको कार्यभारलाई केही व्यवस्थित गर्न मद्दत पुग्ने गर्दछ । दर्ता अवधिको शुरुतिरै फारम भर्नुहुन आवेदकहरूलाई अनुरोध गरिन्छ । अन्तिमतिर फारम भर्दा अत्यधिक चापका कारण सिस्टम ढिला हुनसक्छ । सन् २०२१ नोभेम्बर ९ मङ्गलबार मध्याह्न ९भ्क्त्० पछि कुनै आवेदन स्वीकारिने छैन ।

१०. म संयुक्त राज्य अमेरिकामा छु । के मैले डिभीको लागि आवेदन हाल्न सक्छु ?

सक्नुहुन्छ । आवेदक अमेरिका वा अन्य कुनै देशमा भए पनि आवेदन हाल्न मिल्छ । आवेदक ले जुनै पनि स्थानबाट आवेदन हाल्न मिल्छ ।

११. दर्ता अवधिमा के मैले एक पटक मात्र आवेदन हाल्नसक्छु ?

हो । कानुन अनुसार एक व्यक्तिले एक वर्षको आवेदन अवधिमा एकै पटक मात्र आवेदन हाल्न पाउँछ । अमेरिकी विदेश मन्त्रालयले एकभन्दा बढी आवेदन परे नपरेको विशेष प्रविधिको प्रयोग गरी पत्ता लगाउँछ । एकभन्दा बढी आवेदन पेश पेश गर्ने व्यक्तिहरू डिभीका लागि अयोग्य हुनेछन् ।

१२. मलाई डिभी कार्यक्रममा प्रवेश गर्नका लागि राहदानी किन चाहिन्छ ? कुनै अपवाद पनि छन् कि ?

बहालवाला, म्याद ननाघेको राहदानीको आवश्यकताले डिभी प्रक्रियालाई सुरक्षित बनाउँछ र तपाईँको आवेदनलाई संरक्षित गर्न मद्दत गर्दछ । मुख्य आवेदकका सन्तान वा पति/पत्नीलाई उक्त नियम लागु हुँदैन । राहदानी विदेश भ्रमणका निम्ति मान्य हुनु पर्नेछ । केही देशहरूले जारी गरेका आन्तरिक राहदानीहरू डिभी दर्ता प्रयोजनका निम्ति मान्य हुने छैनन् ।

राहदानी आवश्यकताका अपवादहरू :  अमेरिकी विदेश मन्त्रालयका नियमअन्तर्गत राहदानी अपवादका सम्बन्धमा तीन ओटा सीमित प्रावधानहरूको व्यवस्था गरिएको छ । यी तीन अपवादहरू ती व्यक्तिका लागि हुन् (१) जो राज्यविहीन छन्, (२) जो कम्युनिस्ट नियन्त्रित मुलुकका नागरिक हुन् र उक्त कम्युनिस्ट नियन्त्रित मुलुकको सरकारबाट राहदानी प्राप्त गर्न सक्दैनन र (३) जो अमेरिकी आन्तरिक सुरक्षामन्त्री र अमेरिकी विदेशमन्त्रीबाट स्वीकृतिप्राप्त व्यक्तिगत छुटका लाभग्राही हुन् । तपाईँले यी तीनमध्ये कुनै एक अपवाद आफ्नो डिभी आवेदनका निम्ति रोज्नुभयो भने त्यसका लागि कसरी योग्य हुनुहुन्छ भन्ने कुरा व्याख्या गर्नु पर्नेछ । राहदानी प्राप्त गर्न नसक्ने व्यक्तिका हकमा मात्र अपवाद लागु हुन्छ । आफ्नो नियन्त्रण बाहिरको कारणले गर्दा लगायत राहदानी प्राप्त गर्दा ढिलासुस्ती भएकोले अपवाद रोज्नुभएको हो भने तपाईँ अपवादका निम्ति योग्य हुनुहुन्न र डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।

राज्यविहीन व्यक्तिहरू :  सामान्यतया राज्यविहीनता दुर्लभ अवस्था हो । आफ्नो डिभी आवेदनमा तपाईँले यस अपवादको विकल्प रोज्नुभयो भने आफू जन्मिएको मुलुकको नागरिकता सोही मुलुकको कानुन बमोजिम नै नलिएको हो र तपाईँसँग अन्य कुनै मुलुकको नागरिकता छैन भन्ने कुराको प्रमाण पेश गर्नु पर्नेछ ।

कम्युनिस्ट नियन्त्रित मुलुकका नागरिक :  आफ्नो डिभी आवेदनमा तपाईँले यस अपवादको विकल्प रोज्नुभयो भने आफ्नो देशको सरकारबाट आफूले राहदानी प्राप्त गर्न नसकेको प्रमाण पेश गर्नु पर्नेछ । व्यक्तिगत छुटका लाभग्राहीहरूः आफ्नो डिभी आवेदनमा तपाईँले यस अपवादको विकल्प रोज्नुभयो भने राहदानी प्राप्त गर्न नसकिएको र व्यक्तिगत छुट पाउनुपर्ने कारणको प्रमाण पेश गर्नु पर्नेछ, जस्तैः

१) राहदानी प्राप्त गर्न नसकिएकाले तपाईँलाई पहिलेको अमेरिकी भिसा फारम म्क्(द्दघद्द मा जारी गरिएको र यसअघि राहदानी छुट आग्रह गर्दाका कारणहरू हालसम्म पनि विद्यमान रहेकाले;

२) राहदानी प्राप्त गर्न नसकिएकाले ग्क्ऋक्ष्क् द्वारा फारम क्ष्(ज्ञढघ स्वीकृत गरिएको र यसअघि राहदानी छुट आग्रह गर्दाका कारणहरू हालसम्म पनि विद्यमान रहेकाले; वा

३) आफू नागरिक रहेको मुलुकको सरकारले तपाईँमाथि अत्याचार गरेको र थप हानि नबेहोरी तपाईँले उक्त सरकारबाट राहदानी प्राप्त गर्न असम्भव भएको हुँदा तपाईँलाई अन्य मुलुकले शरणार्थीको मान्यता प्रदान गरेको भन्ने व्यहोरा दर्शाउने कागजपत्र ।

पुनश्चः माथि उल्लेख गरिएअनुसारको शैक्षिक योग्यता वा कामकाजी अनुभव आफूसँग नभएको अवस्थामा वा आवेदनको समयमा आफूसँग बहालवाला राहदानी नभएमा डिभी आवेदन पेश नगर्नेतर्फ बिचार गर्नुहोला । यदि तपाईँ डिभीका निम्ति अयोग्य ठहरिनुभयो भने भिसा आवेदनका लागि तपाईँले तिरेको शुल्क फिर्ता गरिने छैन ।

१३. भिसाको लागि आवेदन दिनुअघि मेरो राहदानीको म्याद समाप्त भयो वा राहदानी हरायो भने के गर्ने ?

कुनै कारण तपाईँको राहदानी नम्बर परिवर्तन भयो भने अमेरिकी विदेश मन्त्रालयको केन्टकी कन्सुलर सेन्टर (केसीसी) ले तपाईँको डिभी अन्तर्वार्ता निर्धारण गर्नुअघि नै तपाईँले उनीहरूलाई सो परिवर्तन किन भएको हो भन्ने प्रमाण उपलब्ध गराउनु पर्नेछ । यदि तपाईँले आफ्नो डिभी आवेदनमा नक्कली, गलत, वा अमान्य राहदानी नम्बर पेश गर्नुभयो भने तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । आवेदनका लागि प्रयोग गरिने राहदानीको प्रस्टसँग बुझिने छायाप्रति बनाउनुहोस् र आफ्नो कन्फर्मेशन नम्बर (बारम्बार सोधिने प्रश्न नं २७) सँगै सुरक्षित स्थानमा राख्नुहोस् भन्ने हाम्रो सल्लाह छ । आफ्नो आवेदनमा सही राहदानी नम्बर पेश गरियो भन्ने कुराको प्रमाण छायाप्रति मात्र भएर पुग्दैन तर यसले तपाईँको अवस्थालाई बुझाउन मद्दत गर्दछ । यस विषयमा अन्तिम निक्र्यौल कन्सुलर अधिकृतले तपाईँको डिभी अन्तर्वार्ताको समयमा गर्नेछन् ।

१४. के मैले र मेरो पति/ पत्नीले छुट्टा छुट्टै आवेदन भर्न सक्छौँ ?

सक्नुहुन्छ । श्रीमान् र श्रीमती दुबै आवेदनका लागि योग्य छन् भने उनीहरूले अलगअलग आवेदन दिन पाउँछन् । उनीहरूमध्ये जो छानिए पनि अर्कोले आश्रितको रूपमा भिसाको लागि आवेदन गर्न पाउँछ ।

१५. मेरो डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?

पति/ पत्नी : यदि तपाईँ कानुनसम्मत विवाहित हुनुहुन्छ भने तपाईँको पति/पत्नी तपाईँसँग बसे वा नबसे पनि वा तपाईँसँगै अमेरिका आप्रवासन गर्ने उद्देश्य राखेको भए वा नभए तापनि तपाईँले आफ्नो पति/ पत्नीको नाम उल्लेख गर्नु पर्दछ । कानुनी रूपमा अलग्गै बसेको अवस्थामा बाहेक (अर्थात् अदालतद्वारा मान्यता प्राप्त लिखित सम्झौता वा अदालती आदेश प्राप्त भएको अवस्था) तपाईँले छुट्टिएर बसेको पति/ पत्नीको नाम उल्लेख गर्नु पर्दछ । यदि तपाईँ कानुनी रूपमा अलग्गिएर बस्नुभएको अवस्था हो र तपाईँले आफ्नो पति÷पत्नीको नाम उल्लेख गर्नुभएको खण्डमा त्यसले तपाईँको आवेदनमा कुनै असर पार्ने छैन । कानुनी रूपमा अलग्गै बस्नु भनेको त्यो अवस्था हो, जहाँ दम्पती विवाहित नै रहे पनि अदालतको आदेशपछि अलगअलग बसेका हुन्छन् । तपाईँ र तपाईँका पति वा पत्नी कानुनी रूपमा अलग्गिनुभएको छ भने डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत उहाँ तपाईँसँगै बसाइ सर्न पाउनुहुन्न । कानुनी रूपमा आफूबाट अलग्गिएको पति वा पत्नीको नाम फारममा संलग्न गरे वापत कुनै सजाय हुने छैन । अदालतको आदेशद्वारा आफ्नो पति वा पत्नीसँग कानुनी रूपमा अलग्गिनुभएको छैन तर डाइभर्सिटी भिसाको लागि आवेदन दिनुअघि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि निजको नाम फारममा संलग्न गर्नुपर्नेछ । योग्य पति वा पत्नीको नाम फारममा समावेश नगर्दा, वा आफूसँग विवाहित नरहेका व्यक्तिको नाम आफ्नो पति वा पत्नीको रूपमा समावेश गर्दा, तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ । यदि तपाईँ आवेदनको समयमा अविवाहित हुनुहुन्छ तर तपाईँले भविष्यमा विवाह गर्ने योजना बनाउनुभएको छ भने आवेदनमा भावी पति वा पत्नीको नाम समावेश गर्दा डिभीका लागि अयोग्य ठहरिने भएकोले यसो नगर्नुहोला । सम्बन्धविच्छेद वा पति/ पत्नीको देहवसान भएको अवस्थामा भने पूर्व पति वा पत्नीको नाम उल्लेख गर्नुपर्दैन ।

यसको एक मात्र अपवाद तपाईँक पति/ पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा भएको अवस्थामा लागु हुन्छ । आफ्नो पति वा पत्नी अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा भएको अवस्थामा निजलाई आवेदनमा संलग्न नगर्नु होला । अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा भइसकेका पति/पत्नीलाई डिभी आवश्यक पर्ने वा जारी गरिने छैन । त्यस कारण तपाईँले आफ्नो आवेदन फारममा “विवाहित र मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्” छान्नुभयो भने तपाईँले आफ्ना पति/पत्नीसम्बन्धी थप जानकारी समावेश गर्न सक्नुहुने छैन ।

बालबालिका :  ई–डिभी अनलाइन फारम भर्ने समयमा २१ वर्ष मुनि रहेका सबै अविवाहित जीवित सन्तानको नाम तपाईँले उल्लेख गर्नु पर्दछ, चाहे ती तपाईँका आफ्नै सन्तान हुन् वा तपाईँका पति/ पत्नीका सन्तान हुन्, वा तपाईँद्वारा आफ्नो देशको कानुन अनुरूप धर्मसन्तानका रूपमा ग्रहण गरिएका हुन् । तपाईँको सन्तान तपाईँसँग बसोबास नगर्ने भए तापनि वा तपाईँसँग अमेरिका आप्रवासन नगर्ने भए तापनि यदि आवेदन भर्ने समयमा तिनी २१ वर्षभन्दा कम उमेरका हुन् भने उनीहरूको नाम उल्लेख गर्नु पर्दछ । यदि तपाईँको सन्तान अमेरिकी नागरिक वा अमेरिकाका वैध स्थायी बासिन्दा हुन् भने उनीहरूको नाम उल्लेख गर्नुपर्दैन तर उल्लेख गरिएको खण्डमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन ।

आमाबुबा वा दाइभाइ/ दिदीबहिनीले आश्रितका रूपमा डिभी नपाउने भएकाले उनीहरूको नाम आवदेनमा उल्लेख नगर्नुहोला ।

आफ् ना सन्तानको विवरण उल्लेख गर्नेबित्तिकै उनीहरूले भिसाको लागि आवेदन गर्नुपर्ने वा तपाईँसँगै अमेरिका जानुपर्छ भन्ने होइन । तर तपाईँले शुरुको आवेदनमा आप्mना योग्य सन्तानको विवरण उल्लेख गर्नुभएन, वा आफ्नो आश्रित नरहेको व्यक्तिको नाम समावेश गर्नुभयो भने तपाईँ डिभीका लागि अयोग्य ठहरिनुहुनेछ, र तपाईँका पति/ पत्नी र सन्तान समेत तपाईँअन्तर्गत प्राप्त हुने डिभीका लागि अयोग्य ठहरिनेछन् । आवेदनको समय पश्चात् भएको सन्तानको सम्बन्धमा यो लागु हुँदैन । तपाईँको आवेदनमा नाम समावेश भए तापनि यदि तपाईँको पति÷पत्नी डिभीका लागि योग्य हुनुहुन्छ भने उहाँले पनि छुट्टै आवेदन भर्न सक्नुहुन्छ र दुवै आवेदनमा परिवारका सबै योग्य आश्रितहरूको विवरण उल्लेख गरिएको हुनै पर्छ ।

१६. मैले आफ्नो आवेदन आफैले पेश गर्नु पर्नेछ वा अन्य कसैले पनि पेश गरिदिन सक्नेछ ?

तपाईँले आफ्नो आवेदन आफैले तयार गरी पेश गर्न प्रोत्साहन गरिन्छ तर अन्य कसैले पनि पेश गरिदिनसक्नेछ । आवेदक स्वयंले आवेदन पेश गरेको होस् वा वकिल, साथी, नातेदार, आदिको सहयोग लिई आवेदन पेश गरिएको होस् एक व्यक्तिको नामबाट केवल एउटा मात्र आवेदन पेश गर्न सकिनेछ, र आवेदनमा दिइएको जानकारी सही र पूर्ण रहेको जिम्मेवारी केवल डाइभर्सिटी भिसाको आवेदनमा इङ्कित व्यक्तिले लिनुपर्नेछ । सही वा पूर्ण रूपमा नभरिएको आवेदन रद्द हुनसक्छ । आवेदकले आफ्नो कन्फर्मेशन नम्बर आफैसँग सुरक्षित राख्नु पर्दछ ताकि पछि आफै dvprogram.state.gov मा गई आफ्नो आवेदन कुन प्रक्रियामा पुगेको छ भनी Entrant Status Check मार्फत हेर्न सक्नेछ । आवेदकहरूले ई–डिभी भर्दा प्रदान गरेको ईमेल खाता र त्यसमा आफ्नो पहुँच कायम राख्नुपर्नेछ ।

१७. मैले अर्कै वर्गको आप्रवासी भिसाका लागि आवेदन गरिसकेको छु । के मेले डिभी कार्यक्रमका लागि पनि आवेदन गर्नसक्छु ?

सक्नुहुन्छ ।

१८. के म ई–डिभी आवेदन फारम word processing program मा डाउनलोड गरी save गरेर पछि भर्नसक्छु ?

सक्नुहुन्न । पछि बुझाउने गरेर अन्य कुनै program मा फारम भर्न र save  गर्न मिल्दैन । ई–डिभी फारम अनलाइनमार्फत मात्र भर्न मिल्ने फारम हो । यो अनलाइन रहेकै बेला भरी बुझाउनु पर्दछ ।

१९. के मैले अनलाइन फारम सेभ गरी पछि भर्नसक्छु ?

सक्नुहुन्न । ई–डिभी दर्ता फारम एकै पटकमा भरेर बुझाउनुपर्ने किसिमले तयार पारिएको छ । फारम डाउनलोड गरिसकेपछि तपाईँले ६० मिनेट भित्रमा भरेर बुझाउनु पर्दछ । यदि तपाई ६० मिनेटमा फारम भर्न असमर्थ हुनुभयो भने तपाईँको फारम अपूर्ण हुनेछ र तपाईँले भर्नुभएको विवरण खारेज हुनेछ । दोहोरो आवेदन नपरोस् भन्ने कुराको सुनिश्चित गर्नका लागि कुनै पनि आंशिक रूपमा भरिएको आवेदनलाई सिस्टमले स्वतः खारेज गर्दछ । के–के विवरण भर्नु पर्दछ भन्ने कुरा थाहा पाउनका लागि फारम भर्नुभन्दा अगाडि डिभी निर्देशिका पूरै पढ्नुहोस् ।

२०. मसँग स्क्यानर छैन । के मैले अमेरिकामा रहेका आफन्तलाई फोटो पठाउनसक्छु, ताकि उनीहरूले फोटो स्क्यान गरेर मलाई पठाउन सकून् ?

यदि तपाईँको फोटोले निर्देशिकामा उल्लिखित आवश्यकताहरू पूरा गर्दछ र अनलाइन फारम भर्दा बुझाउनुहुन्छ भने अवश्य सक्नुहुन्छ । अनलाइन आवेदन भर्ने समयमा तपाईँसँग स्क्यान गरिएको फोटो हुनु पर्दछ । पछि छुट्टै पेश गर्न मिल्दैन । पूरै आवेदन (फोटो र आवेदन एक साथ) अमेरिका वा अन्य देशबाट इलेक्ट्रोनिक माध्यमबाट बुझाउन सकिन्छ ।

२१. यदि ई–डिभी प्रणालीले मेरो फारम रद्द गरेमा भने मैले फारम पुनः भर्नसक्छु ?

सक्नुहुन्छ । तर आवेदन २०२१ नोभेम्बर ९, मङ्गलबारको १२ बजे (मध्याह्न) इस्टर्न स्ट्यान्डर्ड टाइम ( ईएसटी) (जीएमटी–५) भित्र पुनः पेश गरिसक्नुपर्छ । ई–डिभी प्रणालीले तपाईँको सुरुको आवेदन स्वीकार नगरेको अवस्थामा तपाईँले अर्को आवेदन पेश गरेमा तपाईँलाई नकारात्मक असर पर्ने छैन । तर कहिलेकाहीँ इन्टरनेटको खराबीको कारण तपाईँले आफ्नो फोटो अस्वीकार भएको सूचना उत्ति नै खेर नपाउन सक्नुहुन्छ । एक आवेदकले पूर्ण रूपमा फारम भरेपछि जबसम्म कम्फर्मेशन प्राप्त गर्दैन त्यति बेलासम्म जति पटकसम्म पनि फारम भरेर पठाउन सक्नेछ । तपाईँले कन्फर्मेशन नोटिस प्राप्त गर्नुभयो भने तपाईँको आवेदन दर्ता भएको बुझनुपर्छ । त्यसपछि चाहिँ थप आवेदन नबुझाउनुहोला ।

२२. आवेदन बुझाएको कति समयपछि मैले इलेक्ट्रोनिक कम्फर्मेशन नोटिस प्राप्त गर्नेछु ?

तपाईँले कन्फर्मेशन नोटिस तत्कालै प्राप्त गर्नुहुनेछ । सोसँगै तपाईँले एउटा कन्फर्मेशन नम्बर पनि प्राप्त गर्नुहुनेछ जुन नम्बर तपाईँले टिपी आफूसाथ सुरक्षित राख्नु पर्दछ । तर इन्टरनेटका कारण कहिलेकाहीँ ढिलाइ हुनुसक्छ । तपाईँले कन्फर्मेशन नोटिस प्राप्त नगरुञ्जेल जति पटकसम्म पनि ूकगदmष्तू बटन थिच्न सक्नुहुन्छ । तर एकपटक कन्फर्मेशन नोटिस प्राप्त गरिसकेपछि भने आवेदन पुनः दर्ता नगर्नुहोला ।

२३. मैले “सब्मिट” बटन थिचेँ तर कन्फर्मेशन नम्बर पाइनँ । मैले फेरि आवेदन भरेँ भने के म अयोग्य हुनेछु ?

तपाईँले कन्फर्मेशन नम्बर पाउनुभएन भने तपाईँको आवेदन दर्ता भएन । अर्को आवेदन पेश गर्नुहोस् । यसलाई दोहोरो आवेदनका रूपमा गनिने छैन । कन्फर्मेशन नम्बर पाएपछि भने आफ्नो विवरण पुनः पेश नगर्नुहोस् ।

छनोट

२४. आफू छनोट भएको कसरी थाहा पाउने ?

सन् २०२२ मे ८ देखि २०२३ सेप्टेम्बर ३० सम्म ई–डिभीको वेबसाइट dvprogram.state.gov मा उपलब्ध Entrant Status Check हेर्न सक्नुहुन्छ । Entrant Status Check मार्फत मात्र तपाईँलै आफू छनोट भए नभएको थाहा पाउन सक्नुहुन्छ । त्यसमा भिसा आवेदन तथा आप्रवासी भिसाको लागि अन्तर्वार्ता मिति र समयबारे थप जानकारी समेत दिइएको हुन्छ । सबै भिसाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०२२ मे ८ पछि थप विजेताहरूलाई सूचित गर्नका लागि Entrant Status Check प्रयोग गर्न सक्नेछ । कुनै पनि अध्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेशन नम्बर २०२३ सेप्टेम्बर ३० सम्म राखिरहनुहोस् । Entrant Status Check र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एक मात्र आधिकारिक वेबसाइट dvprogram.state.gov हो । तपाईँ छनोट भएको जानकारी अमेरिकी विदेश मन्त्रालयले गराउँदैन ।

२५. आफू छनोट नभएको कसरी थाहा पाउने ? के मलाई जानकारी गराइन्छ ?

यदि तपाईँको आवेदन छनोट भयो भने अमेरिकी विदेश मन्त्रालयले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । डिभी–२०२३ कार्यक्रमका लागि आफू छानिए नछानिएको थाहा पाउनका लागि Entrant Status Check प्रयोग गर्नु पर्दछ । तपाईँले सन् २०२२ मे ८ देखि २०२३ सेप्टेम्बर ३० सम्म ई–डिभीको वेबसाइटमा Entrant Status Check मार्फत आफ्नो डिभी–२०२३ को लागि आवेदन कुन अवस्थामा छ भनी हेर्न सक्नुहुन्छ । आफ्नो कन्फर्मेशन नम्बर कम्तीमा सन् २०२३ सेप्टेम्बर ३० सम्म राख्नुहोस् । ( अघिल्लो वर्ष अर्थात् डिभी–२०२२ को कार्यक्रमसम्बन्धी जानकारी सन् २०२२ सेप्टेम्बर ३० सम्म वेबसाइटमा उपलब्ध हुन्छ ।)

२६. मैले आफ्नो कन्फर्मेशन नम्बर हराएँ भने के गर्ने ?

Entrant Status Check हेर्नको लागि कन्फर्मेशन नम्बर चाहिन्छ । कन्फर्मेशन नम्बर हराएको खण्डमा तपाईँले ई–डिभीको वेबसाइटमा गई आफ्नो ईमेल ठेगाना र व्यक्तिगत विवरण बुझाई आफ्नो कन्फर्मेशन नम्बर पुनः प्राप्त गर्न सक्नुहुन्छ । अमेरिकी दूतावास तथा वाणिज्यदूतावासहरूले र केन्टकी कन्सुलर सेन्टरले तपाईँ छनोट भए नभएको बारे जानकारी प्रदान गर्दैन र तपाईँको कन्फर्मेशन नम्बर पनि उपलब्ध गराउँदैन । अमेरिकी विदेश मन्त्रालयले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैन ।

२७. अमेरिकी विदेश मन्त्रालयबाट मैले जानकारी ईमेलमार्फत प्राप्त गर्नेछु वा हुलाकमार्फत ?

अमेरिकी विदेश मन्त्रालयले तपाईँलाई व्यक्तिगत रूपमा जानकारी गराउँदैन । अमेरिकी सरकारले हालसम्म कहिल्यै पनि ईमेलमार्फत छनोट भएकाहरूलाई सूचित गर्ने गरेको छैन र डिभी–२०२३ कार्यक्रमका लागि पनि ईमेलमार्फत जानकारी गराउने कुनै योजना राखेको छैन । यदि तपाईँ छनोट हुनुभयो भने तपाईँले Entrant Status Check मा उल्लिखित निर्देशनहरूको पालना गरिसकेपछि मात्र ईमेलमार्फत भिसाको लागि अपोइन्टमेन्टको जानकारी प्राप्त गर्नुहुनेछ । यसरी भिसा अपोइन्टमेन्टका सम्बन्धमा प्राप्त हुने ईमेलमा भिसाको लागि अन्तर्वार्ताको मिति र समय दिइएको हुँदैन । त्यसमो केवल विस्तृत जानकारीका लागि Entrant Status Check को वेबसाइटमा जानुहोला भनिएको हुन्छ । अमेरिकी विदेश मन्त्रालयले डिभी कार्यक्रमका आवेदकहरूलाई आफ्नो स्टाटसका लागि Entrant Status Check गर्न सम्झाउनका लागि ईमेलहरू पठाउन सक्छ । तर त्यस्ता ईमेलमा डिभी कार्यक्रमका आवेदकलाई डिभी परेको वा परेन भन्ने कुनै किसिमको सङ्केत हुँदैन ।

अमेरिकी सरकारका आधिकारिक वेबसाइटहरूको अन्तमा.gov हुन्छ । अन्तमा .com, .org  वा .com हुने कतिपय गैरसरकारी वेबसाइटहरूले भिसासम्बन्धी सूचना राख्ने गरेको पाइएको छ । यस्ता वेबसाइटमा जेजस्ता सूचना भए पनि ती अमेरिकी सरकारसँग सम्बद्ध छैनन् ।

चेतावनी :  कुनैकुनै वेबसाइटले तपाईँलाई ईमेल पठाई पैसा वा व्यक्तिगत जानकारी पठाउन अनुरोध गर्नसक्छ । तपाईँलाई फारम र आप्रवासन प्रक्रियासम्बन्धी जानकारीका लागि शुल्क माग्न सक्छ, जुन अमेरिकी विदेश मन्त्रालयको वेबसाइट travel.state.gov वा अमेरिकी दूतावास तथा वाणिज्यदूतावासका वेबसाइटहरूमा निःशुल्क उपलब्ध छन् । साथै विभिन्न संस्था वा वेबसाइटहरूले डिभीसम्बन्धी सेवाहरूको लागि तपाईँबाट शुल्क लिनसक्छ । यदि तपाईँले त्यस्ता गैरसरकारी संस्था वा वेबसाइटहरूलाई पैसा पठाउनुभयो भने तपाईँको पैसा कहिल्यै फिर्ता आउने छैन । साथै कहिल्यै पनि आफ्नो व्यक्तिगत जानकारी त्यस्ता वेबसाइटहरूलाई नपठाउनुहोला । तपाईँको जानकारी प्रयोग गरी तिनीहरूले तपाईँको पहिचान चोर्न सक्छन् वा तपाईँको नाममा जालसाजीपूर्ण कार्यहरू गर्न सक्छन् ।

यस्ता छलकपटपूर्ण ईमेलहरू केन्टकी कन्सुलर सेन्टर वा अमेरिकी विदेश मन्त्रालयसँग आबद्ध भएको भनी झुठ बोल्ने व्यक्तिहरूबाट आउन सक्छन् । स्मरण गर्नुहोस अमेरिकी विदेश मन्त्रालयले कहिले पनि कसैलाई पनि उनीहरू डिभीका लागि छानिए भनेर ईमेल पठाएको छैन, न त डिभी–२०२३ को कार्यक्रममा सोही प्रयोजनका लागि ईमेल प्रयोग गर्ने कुनै योजना छ । अमेरिकी विदेश मन्त्रालयले हुलाकमार्फत वा वेस्टर्न युनियन जस्ता रकमान्तर सेवा प्रयोग गरी पैसा पठाउन अनुरोध गर्दैन । यद्यपि, हैसियत समायोजन गर्नका लागि युएससीआईएसलाई प्राप्त हुलाक शुल्क आवश्यक पर्दछ । हैसियत समायोजनसम्बन्धी थप जानकारीका लागि यस साइटमा जानुहोला ।

२८. डिभी–२०२३ का लागि कति जना छनोट गरिनेछन् ?

डिभी–२०२३ का लागि ५५,००० डाइभर्सिटी भिसाहरू उपलब्ध छन् । छनोट भएका सबै ५५,००० जना भिसाका लागि योग्य नहुन पनि सक्ने भएकोले वा कतिपयले भिसा लिन नचाहने पनि हुनसक्ने भएकोले उपलब्ध सबै डिभी भिसा जारी गर्ने कोसिस गर्न सकियोस् भन्ने उद्देश्यले अमेरिकी विदेश मन्त्रालयले ५५,००० भन्दा बढी आवेदनहरू छनोट गर्नेछ । तर यसको अर्थ यो पनि हुन आउँछ कि प्राथमिक चरणमा छनोट भएका सबैलाई भिसा पुग्ने छैन । ५५,००० डिभीमध्ये सकेसम्म बढी डिभी सदुपयोग गर्ने प्रयत्नस्वरूप अमेरिकी विदेश मन्त्रालयले यसो गरेको हो ।

तपाईँले ई–डिभीको वेबसाईटमा रहेको Entrant Status Check मा आफू छनोटमा परे नपरेको र भिसाको प्रक्रिया अगाडि बढे नबढेको  हेर्न सक्नुहुन्छ । डिभी–२०२३ कार्यक्रमको लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा गर्नेहरूका लागि अन्तर्वार्ता सन् २०२२ अक्टोबरदेखि शुरु हुनेछ । छनोटमा परेका आवेदकहरूलाई विदेशस्थित अमेरिकी कन्सुलर अधिकृतहरूसँग हुने अन्तर्वार्तासम्बन्धी जानकारी ४ देखि ६ हप्ता अगाडि डिभीको वेबसाइटको Entrant Status Check मार्फत जानकारी गराइनेछ ।

प्रत्येक महिना त्यस महिना भिसा जारीका लागि तयार आवेदकहरूलाई उपलब्ध भएसम्म भिसा जारी गर्न सकिनेछ । सबै ५५,००० वटै डाइभर्सिटी भिसा जारी भइसकेपछि कार्यक्रम समाप्त हुनेछ । भिसा सङ्ख्याहरू सन् २०२३ सेप्टेम्बरभन्दा अगाडि सकिन सक्नेछन् । भिसा प्राप्त गर्न चाहने छनोटमा परेका आवेदकहरूले आफ्नो केसमाथि तत्काल उपयुक्त प्रक्रिया शुरु गर्न तयार हुनुपर्नेछ । गोलाप्रथाबाट छनोट हुने बित्तिकै तपाइले भिसा पाउनु हुनेछ वा भिसाका आवेदन दर्ता गर्ने मौका पाउनु हुनेछ वा भिसाका लागि अन्तर्वार्ता निर्धारण गर्न पाउनु हुनेछ भन्ने कुरा सुनिश्चित हुँदैन । छनोटको मतलब केवल तपाईँ डिभी भिसाको लागि आवेदन दिन योग्य हुनुहुन्छ । तपाईँको ¥याङ्क नम्बर सम्भावित रूपमा डाइभर्सिटी भिसा जारी गरिन अन्तिम प्रोसेसिङका लागि योग्य बन्छ कि बन्दैन भन्ने मात्र हो । यस्ता आवेदकहरूलाई बढीमा ५५ हजार भिसा जारी गर्न सकिनेछ ।

२९. सफल आवेदकहरूको छनोट कसरी गरिन्छ ?

छनोटको आधिकारिक सूचना Entrant Status Check  को माध्यमद्वारा सन् २०२२ मे ८ बाट उपलब्ध भई सन् २०२३ सेप्टेम्बर ३० सम्म ई–डिभीको वेबसाइट dvprogram.state.gov मा उपलब्ध हुनेछ । अमेरिकी विदेश मन्त्रालयले छनोटको सूचना वा पत्रहरू नियमित हुलाक वा ईमेलमार्फत पठाउने छैन ।

तपाईँ डिभीका लागि छनोट हुनुभयो भन्ने व्यहोरा सहितको अमेरिकी विदेश मन्त्रालयद्वारा प्रेषित नगरिएको पत्र वा ईमेल प्राप्त भएमा त्यो आधिकारिक होइन । अमेरिकी विदेश मन्त्रालयबाट प्राप्त हुने कुनै पनि ईमेलले तपाईँलाई तपाईँको निवेदनबारे नयाँ जानकारीको लागि भ्लतचबलत क्तबतगक ऋजभअप हेर्न निर्देशित गर्नेछ । हैसियत समायोजन गर्नुपर्ने अवस्थामा बाहेक विदेश मन्त्रालयले कहिल्यै पनि तपाईँलाई हुलाक वा वेस्टर्न युनियन लगायतमार्फत पैसा पठाउन अनुरोध गर्ने छैन । हैसियत समायोजनसम्बन्धी थप जानकारीका लागि यस साइटमा जानुहोला ।

हरेक क्षेत्रबाट प्राप्त आवेदनहरूलाई अलगअलग रूपमा सङ्ख्याकृत गरिन्छ । दर्ता अवधिको अन्त्यमा हरेक भौगोलिक क्षेत्रबाट प्राप्त आवेदनहरूलाई कम्प्युटरले विनाक्रमबद्ध रूपमा छनोट गर्दछ । हरेक क्षेत्रमा विनाक्रबद्ध रूपमा छनोट हुने पहिलो आवेदन पहिलो केसको रूपमा दर्ता हुन्छ र दोस्रो छनोटमा परेको आवेदन दोस्रो केसको रूपमा दर्ता हन्छ, आदि । दर्ता अवधिमा प्राप्त सबै आवेदनहरूको हरेक क्षेत्रभित्र छनोटमा पर्नसक्ने सम्भावना बराबर हुन्छ । जब आवेदन छनोटमा पर्छ, आवेदकले छनोट भएको सूचना सन् २०२२ मे ८ पश्चात् ई–डिभीको वेबसाइट dvprogram.state.gov मा उपलब्ध Entrant Status Check मार्फत प्राप्त गर्नेछ । भिसा आवदेकका रूपमा छनोट भई अमेरिकी दूतावास वा वाणिज्यदूतावासमा भिसा अन्तर्वार्ताका लागि उपस्थित हुने निर्देशन नआएसम्म वा अमेरिकामा रहेकाहरूले आफ्नो स्टेटस मिलान गर्नका लागि अमेरिकामै USCIS मा आवेदन नदिएसम्म अमेरिकी विदेश मन्त्रालयको केन्टकी कन्सुलर सेन्टर (केसीसी) ले केसउपर कार्यवाही गर्नेछ ।

३०. म संयुक्त राज्य अमेरिकामा छु । यदि म छनोट भएँ भने के मैले USCIS  सँग  स्टेटस समायोजन गर्नुपर्छ ?

पर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले USCIS मा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् । USCIS  लाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर सन् २०२२ सेप्टेम्बर ३० अगाडि नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने त्यस मितिपछि डिभी–२०२३ कार्यक्रम समाप्त हुन्छ । कुनै पनि अवस्थामा सन् २०२३ सेप्टेम्बर ३० को मध्यरातपछि डिभी–२०२३ कार्यक्रमको लागि प्रवेशाज्ञा नम्बर उपलब्ध हुने छैन ।

३१. यदि म छनोट भएँ भने मैलै कति समयभित्र डाइभर्सिटी भिसाको लागि आवेदन दिन पाउँछु ?

यदि तपाईँ डिभी–२०२३ को लागि छनोट हुनुभयो भने तपाईँले अमेरिकी सरकारको आर्थिक वर्ष २०२३ मा मात्रै भिसाको लागि आवेदन गर्न सक्नुहुन्छ : त्यो हो सन् २०२२ अक्टोबर १ देखि २०२३ सेप्टेम्बर ३० । आफ्ना कार्यक्रम ¥याङ्क नम्बरहरू थप प्रशोधनका लागि योग्य बनेपछि छनोटमा परेका आवेदकहरूलाई सम्भव भएसम्म चाँडो भिसाका लागि आवेदन गर्न प्रोत्साहन गरिन्छ ।

छनोट भएका सबैले आर्थिक वर्षको अन्त्यसम्ममा भिसा लिइसक्नुपर्छ वा आफ्नो स्टेटस परिवर्तन गरिसक्नुपर्छ । छनोटमा परेका तर सन् २०२३ सेप्टेम्बर ३० (आर्थिक वर्षको अन्त्य) सम्म भिसा प्राप्त नगरेका व्यक्तिहरूले डिभी प्रक्रियालाई अर्को वर्ष सारी डिभी प्राप्त गर्नसक्ने छैनन् । साथै पति/पत्नी वा सन्तानको हकमा पनि भिसा २०२२ अक्टोबर १ देखि २०२३ सेप्टेम्बर ३० सम्ममा लिइसक्नु पर्दछ । विदेशमा आवेदन दिएका आवेदकहरूले अन्तर्वार्तासम्बन्धी जानकारी Entrant Status Check  मार्फत अन्तर्वार्ताको ४ देखि ६ हप्ता अगाडि प्राप्त गर्नेछन् ।

३२. यदि डिभीका लागि छनोट भएको व्यक्तिको मृत्यु भयो भने के हुन्छ ?

अमेरिका प्रवेश गर्नुभन्दा अगाडि नै डिभीमा छनोट भएको व्यक्तिको मृत्यु भएमा उसको डिभीको केस स्वतः खारेज हुनेछ । निजका योग्य पति वा पत्नी वा सन्तानहरू पनि उक्त केस अन्तर्गतको डिभी भिसाका लागि योग्य रहने छैनन् । उनीहरूलाई भिसा जारी गरिएको छ भने त्यस्तो भिसा खारेज हुनेछ ।

शुल्क

३३. डाइभर्सिटी भिसा कार्यक्रममा सहभागी हुन कति शुल्क लाग्छ ?

इलेक्ट्रोनिक आवेदन बुझाउन कुनै शुल्क लाग्दैन । तर यदि तपाईँ छनोट हुनुभयो र डाइभर्सिटी भिसाको लागि आवेदन गर्नुभयो भने तपाईँले भिसा आवेदन र अन्तर्वार्ताका बेला भिसासम्बन्धी सम्पूर्ण शुल्क अमेरिकी दूतावास वा वाणिज्यदूतावासमा कन्सुलर क्याशियरलाई बुझाउनु पर्दछ । यदि तपाईँ छनोट हुनुभयो र तपाईँ अमेरिकामा हुनुहुन्छ भने तपाईँले आफ्नो स्टेटस परिवर्तन गर्न USCIS मा आवेदन गर्नुपर्छ र लाग्ने सबै शुल्क पनि सिधै USCIS लाई नै तिर्नुपर्छ । यदि तपाईँ छनोट हुनुभयो भने तपाईँले ई–डिभीको वेबसाइट dvprogram.state.gov मा उपलब्ध निर्देशनहरूसँगै डिभी र आप्रवासी भिसासम्बन्धी लाग्ने आवेदन शुल्कका बारे विवरण प्राप्त गर्नुहुनेछ ।

३४. यदि म छनोट भएँ भने मैले डिभी र आप्रवासी भिसाको शुल्क कहाँ र कसरी बुझाउनु पर्दछ ?

यदि तपार्ईँ डिभीे कार्यक्रमका लागि छनोट हुनुभयो भने तपाईँले ई–डिभीको वेबसाइट dvprogram.state.gov को Entrant Status Check मार्फत डिभी भिसा आवेदनसम्बन्धी जानकारी पाउनुहुनेछ । डिभी र आप्रवासी भिसाको लागि चाहिने दस्तुर तपाईँले अमेरिकी दूतावास वा वाणिज्यदूतावासमा आफै उपस्थित भई भिसाको लागि अन्तर्वार्ता दिने बेलामा बुझाउनु पर्दछ । कन्सुलरको क्याशियरले भिसा आवेदकलाई तत्कालै अमेरिकी सरकारद्वारा जारी रसिद दिनेछ । यदि तपाईँले अमेरिकी दूतावास वा वाणिज्यदूतावासमा आप्रवासी भिसाको लागि आवेदन गर्दै हुनुहुन्छ भने हुलाक, वेस्टर्न युनियन, वा अन्य कुनै पनि माध्यमबाट पैसा नपठाउनुहोस् । यदि तपाईँ छनोट हुनुभयो र तपाईँ अमेरिकामै हुनुहुन्छ र USCIS मार्फत आफ्नो स्टटेस परिवर्तन गर्दै हुनुहुन्छ भने ई–डिभीको वेबसाइट dvprogram.state.gov को Entrant Status Check मा अमेरिकी बैंकमा डिभी शुल्क कसरी पठाउने भन्ने बारेमा छुट्टै निर्देशन राखिएको छ ।

३५. यदि मैले डिभीको लागि आवेदन गरेँ तर मैले भिसा प्राप्त गरिनँ भने के मैले भिसा शुल्क फिर्ता पाउनेछु ?

पाउनुहुने छैन । भिसा आवेदन शुल्क फिर्ता हुँदैन । भिसा प्राप्त गर्नका लागि तपाईँले यस निर्देशिकामा उल्लेख गरिएका सबै आवश्यकताहरू पूरा गरेको हुनु पर्दछ । यदि कन्सुलर अधिकृतले तपाईँ भिसाको लागि अयोग्य रहेको निर्धारण गरेमा वा तपाईँ अमेरिकी कानुन अनुरूप डिभीका लागि अयोग्य रहेको ठहर गरेमा उक्त अधिकृतले तपाईँलाई भिसा दिन मिल्दैन र तपाईँले तिर्नुभएको शुल्क पनि फिर्ता पाउनुहुने छैन ।

अयोग्यता

३६. के म डिभी भिसाको लागि अयोग्य भएको खण्डमा कुनै आधारमा छुट पाउन सक्छु ? के भिसा छुटसम्बन्धी आवेदनउपर कुनै विशेष प्रकारको कार्यवाही हुन्छ ?

तपाईँले कुनै प्रकारको छुट पाउनुहुने छैन । इमिग्रशेन एण्ड नेशनेलिटी एक्ट (INA) मा भएको प्रावधानमा बाहेक भिसाको लागि छुटका लागि कुनै विशेष प्रावधान छैन । तर अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी निवासी नातेदार रहेका केही डिभी भिसा आवेदकलाई भने छुटको विशेष प्रावधान रहेको छ । तर समयको पावन्दीले गर्दा डिभी आवेदकलाई यसबाट लाभ लिन कठिन छ ।

डिभीसम्बन्धी जालसाजी

३७. मैले इन्टरनेट ठगी वा नचाहिँदो ईमेलबारे कसरी रिपोर्ट गर्ने ?

कृपया www.econsumer.gov मा जानुहोस् । यो ३६ देशका उपभोक्ता संरक्षणसम्बन्धी निकायहरूसँगको सहकार्यमा उपभोक्ता संरक्षण आयोग (फेडरल ट्रेड कमिशन) ले सञ्चालन गर्दछ । त्यस्तै फेडरल व्युरो अफ इन्भेस्टिगेशन (FBI) को वेबसाइट इन्टरनेट अपराध उजुरी केन्द्र मा गई रिपोर्ट पनि गर्न सक्नुहुनेछ । त्यसै गरी अवाञ्छित ईमेल बारे रिपोर्ट गर्नका लागि www.econsumer.gov मा भएको “Telemarking and Spam” औजार प्रयोग गर्नुहोस् वा थप जानकारीका लागि Department of Justice Unsolicited Commercial Email (“Spam”) वेबपेजमा जानुहोस् ।

डिभी तथ्याङ्क

३८. डिभी–२०२३ को लागि कति वटा भिसा जारी गरिनेछ ?

कानुनतः योग्य व्यक्तिका लागि बढीमा ५५,००० भिसाहरू उपलब्ध हुन्छन् ।

विविध

३९. यदि म डिभी कार्यक्रमबाट भिसा पाउन सफल भएँ भने के अमेरिकी सरकारले मलाई अमेरिका जाने हवाई टिकट, घर वा जागिर खोज्न सहयोग, स्वास्थ्य सुविधा, वा अमेरिकामा पूर्ण व्यवस्थित नभइञ्जेलसम्मका लागि केही खर्चको व्यवस्था गर्नेछ ?

गर्ने छैन । तपाईँले डिभी कार्यक्रममार्फत भिसा प्राप्त गर्नुभयो भने अमेरिकी सरकारले तपाईँलाई माथि उल्लिखित कुनै पनि सेवाहरू उपलब्ध गराउँदैन । यदि तपाईँ डिभी कार्यक्रमद्वारा भिसाको आवेदनका लागि छानिनुभयो भने भिसा जारी गरिनुभन्दा पहिला तपाईँले आफू अमेरिकामा सार्वजनिक भार हुनुहुने छैन भनेर प्रदर्शन गर्नुपर्नेछ । यदि तपाईँ छानिनुभयो र डिभीका लागि भिसा आवेदन पेश गर्नुभयो भने तपाईँले सार्वजनिक भारलाई कसरी मूल्याङ्कन गरिन्छ र आफू अमेरिकामा सार्वजनिक भार हुने सम्भावना छैन भन्ने कुरा जनाउन कस्तो प्रमाण पेश गर्न सकिन्छ भन्ने विषयमा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सार्वजनिक निर्देशनसँग आफूलाई परिचित बनाउनु पर्दछ ।

श्रोत : अमेरिकी दूतावास काठमाडौं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com