स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन


प्रकाशित मिति : जेष्ठ २०, २०७४ शनिबार

बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ ।

दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताउनुभयो ।

छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफर्कनु भयो । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताउनुभयो । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाक्ने, कान पाक्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ ।

परिवार नियोजनका साधनको अभाव भएको महिनाँै भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताउनु भयो ।

दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधँैजसो औषधि अभाव भइरहने गरेको छ ।

जिल्लामा पटक÷पटक खबर गर्छाै, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुगरेको चौकीका इन्र्चाज आचार्यको भनाइ छ । धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि दश बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् । एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com