अति कम विकसित मुलुकका ज्येष्ठ नागरिक


प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभएको छ । उहाँले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुवाआमाको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।” त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ ।

वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ । मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गर्नुभएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उहाँहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताउनुभयो ।

जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवासुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमाPandemicsM Do they change how we address age and ageing  भन्ने नारा निर्धारण गरेको छ । हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका सन्दर्भमा यो नारा सामयिक छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ । नेपालमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ । यो परिभाषाअनुसार हाल देशको कुल जनसङ्ख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिक छन् । नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसङ्ख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ । आगामी दशकभित्रै यो ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ ।

नेपालको संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् । ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ ।

विगतको तुलनामा ज्येष्ठ नागरिकको लागि गरिएको व्यावस्था राम्रो छ तर यो भने पर्याप्त होइन । ज्येष्ठ नगारिक ऐन र नियमावली अनुरूप पाउने सेवासुविधा अझै ज्येष्ठ नागरिकले पाउन सकेका छैनन् । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि २०५१ सालदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता आजसम्म निरन्तरता छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com