२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिकी अध्यागमन टिप्स

अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भएमा अमेरिकी दूतावासले के गर्छ ?

काठमाडौंस्थित अमेरिकी दूतावास। नेपालका आवेदकहरू पनि खारेज भइसकेका आप्रवासी भिसा र डाइभर्सिटी भिसा जारी गर्ने रोकबाट प्रभावित भएका थिए। ती रोकले आप्रवासी भिसा र डिभी–२०२६ दुवैको प्रक्रिया प्रभावित पारेको थियो।

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा रहेका अमेरिकी नागरिक र तिनका परिवारहरूको सहयोगका लागि हमेसा तयार रहन्छ ।

नेपालको कानून उल्लङ्घन गर्ने जोकोही पनि स्थानीय कानूनी प्रणाली अन्तर्गत अभियोगको भागी हुन्छ । यदि नेपाली अदालतले कुनै पनि व्यक्तिलाई दोषी ठहराई जेल सजायको आदेश दिएको खण्डमा उक्त व्यक्तिले आफ्नो सजाय नेपाली कारागारमै कटाउनुपर्दछ । अमेरिकी राहदानी बोक्ने व्यक्तिलाई तत्सम्बन्धमा कुनै विशेषाधिकारको व्यवस्था गरिएको छैन । साथै विशेष छुट प्राप्त गर्ने वा अमेरिकी न्याय प्रणालीले प्रत्याभूति गरे अनुरूपका विभिन्न कानूनी अधिकार उपलब्ध हुने कुराको कसैले पनि अपेक्षा गर्नु हुँदैन ।

विदेशमा पक्राउ पर्नबाट जोगिनका लागि

– नेपालका कानून तथा नियमहरूको पालना गर्नुहोस् ।
– नेपालका कानून बुझ्नुहोस्, जुन अमेरिकाका कानूनभन्दा भिन्न हुनसक्छन् । अमेरिकी विदेशमन्त्रालयले तत्सम्बन्धी सान्दर्भिक जानकारी नेपालको राष्ट्रविशेष पृष्ठमा उपलब्ध गराएको छ ।

यदि तपाईं वा तपाईंले चिन्ने अमेरिकी नागरिक विदेशमा पक्राउ परेमा

– जेलका अधिकृतलाई अमेरिकी दूतावासमा खबर गर्न लगाउनुहोस् ।
– तपाईं आफैले पनि सिधै दूतावासलाई सम्पर्क गरी गिरफ्तारी बारे जानकारी दिन सक्नुहुन्छ । तपाईंले दूतावासको अमेरिकी नागरिक सेवा इकाइलाई +९७७१४२३४००० मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ । कार्यालय समयभन्दा बाहिर सम्पर्क गर्दा [email protected] मा ईमेल गर्न सकिन्छ । अमेरिकी नागरिक सेवा इकाइले त्यसको भोलि पल्टको कार्यालय खोल्ने दिनमा नयाँ मुद्दा खोल्नेछ र सकेसम्म चाँडो सम्पर्क गर्नेछ ।

अमेरिकी बन्दीहरूका लागि कन्सुलर सेवा

जब कुनै अमेरिकी नागरिक विदेशमा पक्राउ पर्छ, ऊ शुरुशुरुमा अल्मलिन र हराएजस्तो महशुस गर्नसक्छ । त्यस्तो बन्दीलाई अझ बढी गाह्रो किन पनि हुन्छ भने ऊ अपरिचित वातावरणमा हुन्छ र उसले स्थानीय भाषा, रीतिरिवाज वा कानूनी व्यवस्था बुझेको नहुनसक्छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अमेरिकी दूतावासले यसरी मद्दत गर्न सक्छ

– अङ्ग्रेजी भाषा बोल्ने स्थानीय वकिलहरूको सूची प्रदान गर्न सक्छ ।
– हिरासतमा रहेको अमेरिकी नागरिकको लिखित मन्जुरीमा उसको परिवार, साथीभाइ वा रोजगारदातालाई सम्पर्क गरिदिन सक्छ ।
– जेलमा रहेका अमेरिकी नागरिकलाई नियमित रूपमा भेट्न जानुका साथै उपयुक्त भएसम्म पठनपाठनका सामग्री र भिटामिन समेत प्रदान गर्न सक्छ ।
– जेलका अधिकारीहरूले उचित स्वास्थ्य सेवा उपलब्ध गराए नगराएको सुनिश्चित गर्छ ।
– स्थानीय फौजदारी न्याय प्रणालीबारे सामान्य जानकारी प्रदान गर्द अनुरोध गरिएको खण्डमा कैदीले मान्ने धर्मका पादरी, धर्मगुरु जस्ता धार्मिक व्यक्तित्वहरूसँग भेट गराउनसक्छ ।
– प्रवासी नागरिक सेवा कोषको स्थापना गर्नसक्छ, जसमा साथीभाइ तथा परिवारजनले कैद अमेरिकी नागरिकका खाद्य, स्वास्थ्य तथा अन्य आवश्यकताहरूका लागि रकम जम्मा गर्न सक्नेछन् ।

अमेरिकी दूतावासले गर्न नसक्ने कुराहरू

– अमेरिकी नागरिकलाई विदेशी जेलबाट निकाल्न सक्दैन ।
– कुनै व्यक्ति दोषी वा निर्दोष छ भनेर अदालतमा बयान दिन सक्दैन ।
– विदेशका अदालतमा अमेरिकी नागरिकलाई कानूनी सल्लाह दिन वा उसको पक्षमा लड्न सक्दैन ।
– आधिकारिक दोभाषे वा अनुवादकका रूपमा कार्य गर्न सक्दैन ।
– विदेशमा रहेका अमेरिकी नागरिकको कानूनी, स्वास्थ्यसम्बन्धी वा अन्य शुल्क व्यहोर्न सक्दैन ।
– कैदीको अनुमति बिना उनीहरूको जानकारी अरुसँग खुलासा गर्न सक्दैन ।

श्रोत: अमेरिकी दूतावास काठमाडौं

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →