नेपाली समुदायको सम्मानमा जर्सीसिटी सिटीहलमा फहराइयो नेपालको झण्डा


प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार

नेपाली समुदायको सम्मानमा अमेरिकाको न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराइएको छ । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा नेपालको झण्डा फहराइएको हो ।

सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । अमेरिकाको झण्डासंगै जर्सी सिटी मेयर स्टेभन फुलपले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका हुन् । कार्यक्रममा नेपालको राष्ट्रगान बजाउनुका साथै सिटी हल भवनको माथिल्लो तल्लामा  नेपाली झण्डा फहराईएको हो।

फोटो : प्रदीप परियार थापा

कार्यक्रममा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी विशेषदूत र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा विष्णुमाया परियारका साथै नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थीति रहको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्वीर :  किरण मरहठ्ठा

जर्सी सिटीमा रोजगार एवं तालिम बोर्डकी सदस्य डाक्टर बिष्णुमाया  परियारको विशेष पहलमा नेपालको झण्डा फहराइएको हो । यसअगाडि सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनमा नेपालको झण्डा फहराएको थियो ।

फोटो: प्रदीप परियार थापा

जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोभेम्बर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो । उनी जर्सी सिटी मेयरको डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डमा २ कार्यकाल ४ बर्ष सल्लाहकार रहेकी थिइन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com