जर्सीसिटी मेयरले नेपाली समुदायको सम्मानमा सिटीहलमा नेपालको झण्डा फहराउने दिन भोलि


प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले आगामी सेप्टेम्बर २० मा न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराउने भएका छन् । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा जर्सी सिटी मेयर फुलपले नेपालको झण्डा फहराउने कार्यक्रम तय भएको छ ।

सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । मेयर फुलपले अमेरिकाको झण्डासँगै नेपालको झण्डा फहराउनेछन् ।

नेपाल र नेपालीको सम्मानको लागि अमेरिकाको मेयर फुलपले सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११ बजेर ३० मिनेटमा नेपालको झmण्डा फहराउने उल्लेख गर्दै उक्त दिन उपस्थीतिका लागि जर्सी सिटीमा रोजगार एवं तालिम बोर्डकी सदस्य डाक्टर बिष्णुमाया  परियारले नेपाली समुदायलाई आमन्त्रित गरेकी छिन् ।

सन् २०१७ मा सिटी हलमा नेपालको झण्डा फहराउने क्रममा

उक्त दिन विविधतायुक्त नेपाली पहिरनमा सहभागिता जनाउन अनुरोध गरिएको छ । सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनमा नेपालको झण्डा फहराएको थियो । उक्त दिन नेपालको झण्डा फहराउनुका साथै नेपालको राष्ट्रिय गान समेत बजाइदा उपस्थीत नेपालीहरु भावुक बनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोभेम्बर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो । उनी जर्सी सिटी मेयरको डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डमा २ कार्यकाल ४ बर्ष सल्लाहकार रहेकी थिइन् ।

कभर तस्वीरमा सन् २०१७ मा जर्सी सिटीको सिटीहलमा नेपालको झण्डा फहराएपछिको दृश्य ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com