एप्पलबाट ४ प्रकारका आईफोन १३ सार्वजनिक, अब सिनेम्याटिक मोड


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

एप्पलले ४ प्रकारका आईफोन १३ सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कुपर्तिनो मुख्यालयमा भर्चुअल मिडिया कार्यक्रम गरेर आईफोनका नयाँ मोडलहरु सार्वजनिक गरिएको हो ।

आईफोन १३

नयाँ मोडलमा आईफोन १३ मिनी, आईफोन १३, आईफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स रहेका छन् ।

आईफोन १३ प्रो

तर नयाँ मोडलमा तीब्र गतिको प्रोसेसर, क्यामेराको क्षमतामा बृद्धि, ब्याट्री टिकाउमा बृद्धि लगायतका नयाँ विशेषताहरु रहेको जनाइएको छ । आईफोन १३ मा आईफोन १२ को तुलनामा साढे २ घण्टा बढी टिक्ने ब्याट्री रहेको छ ।

आईफोन १३ मा सिनेमेटिक मोड रहेको छ, जुन अहिलेसम्मकै नयाँ हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com