ओहायो आगलागीमा मृत्यु हुने पाँचै जना नेपाली भाषी भएको पुष्टी, मृत्यु हुनेमा ३ जना बालबालिका


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

अमेरिकाको ओहायोको एक्रोनमा आइतबार आगलागी हुँदा ५ जना नेपालीभाषी भुटानीहरुको निधन भएको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरुमध्ये ३ जना बालबालिका समेत रहेका छन् ।

घरमा रहेका अन्य ४ जना आगोले पोलेर घाइते भएको जनाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सर्वजीत सुब्बा सहित घाइते सबैजनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

आगोको ज्वाला देखेपछि छिमेकीहरु घटनास्थलमा पुगेका थिए । तत्काल ९११ मा फोन गरेर उद्दार कार्य सुरु गरिएको थियो । घटनामा ज्यान गुमाउने तीन बालबालिकाहरु ५ बर्ष,११ बर्ष र १६ बर्षका छन् । अन्य दुईजना ६० बर्षका पुरुष र ४८ बर्षका महिला हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com