अमेरिकामा हरिकेन आइदा प्रभावितलाई सरकारले आर्थिक सहयोग गर्ने, यसरी दिनुहोस् आवेदन


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

अमेरिकामा हरिकेन आइदा प्रभावितहरुलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । न्युयोर्कको क्वीन्स भ्रमण गर्नु अगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वीन्सलाई मुख्य प्रकोपक्षेत्र घोषणा गरेका थिए । जस अनुशार प्रकोप प्रभावितहरुले सरकारबाट राहत प्राप्त गर्न सक्ने भएका छन् ।

संघीय सहायताका लागि आवेदन दिनका लागि प्रकोप सहायता सम्बन्धी सरकारी वेवसाइटमा जानुपर्छ । उक्त वेवसाइटमा जानका लागि यहाँ क्लीक गर्नुहोला ।

वेवसाइटमा गइसकेपछि आफ्नो क्षेत्रको जिपकोड हाल्नुपर्छ । गाडीको लागि राहत प्राप्त गर्नका लागि गाडी जहाँ क्षतिग्रस्त भएको हो, त्यहाँको जिपकोड हाल्नुपर्छ । आफ्नो निवास भन्दा फरक स्थानमा गाडी क्षतिग्रस्त भएको भएपनि फरक स्थानकै जिपकोड हाल्नुपर्छ । गाडीमा क्षति भएको स्थानको स्ट्रीटको नाममात्र हाले पुग्छ, घर नम्बर हाल्न आवश्यक छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै विजनेशमा क्षति पुगेको भएमा विजनेश संचालक वा प्रतिनिधिको नाम र सोसल सेक्युरिटी नम्बर हाल्नुपर्छ । कसैको दाहसंस्कारका लागि सहयोग आवश्यक परेको खण्डमा मृतकको दाहसंस्कारको खर्चका लागि उत्तरदायी व्यक्तिको नाम र सोसल सेक्युरिटी नम्बर हाल्नुपर्छ ।

अमेरिकी नागरिक, गैर नागरिक नेशनल र योग्य आप्रवासीहरुलेमात्र यस्तो सहायताका लागि आवेदन दिनसक्छन् । आवेदन दिनेबेलामा आफू अमेरिकी नागरिक, गैर नागरिक नेशनल, योग्य आप्रवासी वा उक्त श्रेणीमा पर्नेको अभिभावक वा बुबाआमा भएको स्वघोषणा गर्नुपर्छ ।

प्रकोप घोषणा गरिएका क्षेत्रहरु निलो र रातोमा ।

महामारीमा बाँच्न सफल व्यक्ति भएको खण्डमा पनि संघीयता सहायताका लागि योग्य हुन सकिनेछ । यदि घर र विजनेश दुबैको लागि सहायताका लागि आवेदन दिनुपरेमा दुबैलाई कभर गर्नेगरी एउटामात्र आवेदन दिए पुग्छ । फरक फरक महामारीहरुका लागि सहायताको आवेदन दिनुपरेमा भने फरक फरक आवेदन दिनुपर्छ ।

आवेदन दिंदा सोसल सेक्युरिटी नम्बर, बार्षिक पारिवारिक आम्दानी, सम्पर्क विवरणहरु, बिमाबारेको जानकारी, बैंक एकाउन्टको विवरण तयारी अवस्थामा राख्नुपर्छ । प्रभावितहरुलाई सहायताका लागि न्युयोर्कको क्वीन्सका विभिन्न स्थानमा न्युयोर्क राज्यको आर्थिक सेवा विभागले कार्यालयहरु समेत स्थापना गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com