गुल्मीका विजय कुँवर सम्मिलित रिसर्चका लागि अमेरिकाको सरकारी फाउण्डेशनबाट २ लाख डलर


प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार

अमेरिकाको जर्जिया निवासी गुल्मीका विजय कुँवर सम्मिलित रिसर्चका लागि अमेरिकाको सरकारी फाउण्डेशनले २ लाख डलरको फण्ड उपलब्ध गराउने भएको छ । रिसर्चका लागि कुँवरको टिमले अमेरिकाको नेशनल साइन्स फाउण्डेशनबाट फण्ड सुरक्षित गर्न सफल भएको हो ।

रिसर्च टिममा कुँवर सह संयोजकको भूमिकामा रहेका छन् । ‘जिवशास्त्रको पाठ्यक्रममा डाटा बिज्ञानको संयोजन’ शीर्षकको यो रिसर्चमा कुँवरले डाटा साइन्स र गणितमा रहेको आफ्नो विज्ञताको योगदान दिनेछन् ।

गुल्मीको तम्घासमा जन्मिएका कुँवरले फ्लोरिडा स्टेट युनिभर्सिटीबाट गणितमा पीएचडी गरेका हुन् । उनी हाल अल्बानी स्टेट युनिभर्सिटी जर्जियामा गणितमा सहायक प्राध्यापकका रुपमा कार्यरत रहेका छन् ।

नेशनल साइन्स फाउण्डेशनको मुख्यालय

फण्ड उपलब्ध गराउने नेशनल साइन्स फाउण्डेशन अमेरिकी सरकारको एक स्वतन्त्र निकाय हो । यो फाउण्डेशनले विज्ञान र इन्जिनियरिङमा गैर चिकित्सा क्षेत्रमा शिक्षा र शोधका लागि सहयोग गर्दै आएको छ । नेशनल साइन्स फाउण्डेशनको अधिकांश बजेट अमेरिकाको संघीय सरकारबाट प्राप्त हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेशनल साइन्स फाउण्डेशनका निर्देशक र उप निर्देशकहरु अमेरिकी राष्ट्रपतिले नियुक्त गर्ने र सिनेटबाट स्वीकृत गर्ने प्रावधान रहेको छ । ७१ बर्ष पुरानो यो फाउण्डेशनको बार्षिक बजेट ८ बिलियन भन्दा धेरै रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com