नेपालमा निर्माणाधिन बाल अस्पताललाई अमेरिकामा बस्ने नेपालीबाट सहयोग, एकैजनाबाट २५ लाख


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

काठमाडौं र झापामा बाल अस्पताल निर्माण गरिरहेको गैर नाफामुलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ ।

मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अध्यक्षतामा नेपालका बालवालिकाहरुलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ निर्माण भइरहेको यो अस्पताललाई ८ लाख १७ हजार रुपैया सहयोग गरिएको छ ।

हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल रहेको छ । तर त्यो नेपाल भरका बालबालिकाको उपचारको लागी पर्याप्त नभएकाले हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भइ रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरिने डा. भगवान कोईरालाले जानकारी दिनुभएको छ ।

डा. भगवान कोईराला

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरका महासचिव शेखर राईका अनुसार १४ जना व्यक्तिबाट संकलित ६ हजार ९ सय ७ अमेरिकी डलर सिधै काठमाण्डौमा प्राप्त हुनेगरी हस्तान्तरण गरिएको छ । अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्तिनारायण राई र एनआरएनए अमेरिकाका भूतपूर्व अध्यक्ष शिव कुमार राईबाट न्यु ह्याम्पशायर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ

यसअगाडि धनकुटा जिल्ला चुङ्गमांग घर भइ हाल ब्यारिंगटन न्यु ह्याम्पशायर बस्ने राजन कुथुमी राईले स्वर्गीय धर्मपत्नी अरूणा कुथुमी राईको स्मृतिमा २५ लाख रुपैया यस अघि नै यो बाल अस्पताल लाई सहयोग गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com