जोन्सन एण्ड जोन्सनको एचआईभीबिरुद्धको भ्याक्सिन परीक्षणका क्रममा २५ प्रतिशतमात्र सफल


प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार

कोरोनाबिरुद्धकै भ्याक्सिनको आधारभूत प्रविधि प्रयोग गरेर जोन्सन एण्ड जोन्सनले बनाएको एचआईभीबिरुद्धको भ्याक्सिन परीक्षणका क्रममा असफल भएको छ । एचआईभी संक्रमणको उच्च जोखिममा रहेका दक्षिण अफ्रिकाका २६ सय महिलाहरुमा गरिएको परीक्षणमा उक्त भ्याक्सिनले संक्रमण रोक्न असफल भएको हो ।

राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान र बिल एण्ड मेलानिया गेट्स फाउण्डेशनसँगको सहकार्यमा जोन्सन एण्ड जोन्सनले इम्बोकोदो नामको भ्याक्सिन अध्ययन सन् २०१७ मा सुरु गरेको हो । गतबर्ष मध्य चरणको अध्ययनमा सहभागी सबैलाई भ्याक्सिनको शट वा सलाइन दिइएको थियो । यो भ्याक्सिनको उद्देश्य पूर्णरुपमा एचआईभी संक्रमण रोक्नु नभई आधाले घटाउनु रहेको थियो ।

यदि भ्याक्सिन ५० प्रतिशतमात्र प्रभावकारी रहेको भए भविश्यको एचआईभी महामारीलाई घटाउनसक्ने विश्वास लिइएको थियो । तर भ्याक्सिनको प्रभावकारिता २५ दशमलव २ प्रतिशतमात्र देखिएको छ । पहिलो डोज भ्याक्सिन लगाएकाहरुलाई २ बर्षपछि सलाइन लगाएकाहरुसँग तुलना गर्दा भ्याक्सिनको प्रभावकारिता यो दरमा देखिएको हो ।

मोजाइको नामको दोश्रो अध्ययन भने जारी रहने जनाइएको छ । अमेरिका र युरोपका समलिंगी पुरुषहरुबीच गरिने यो भ्याक्सिन केही फरक रहेको छ । वैज्ञानिकहरु एचआईभीबिरुद्धको भ्याक्सिनको विकाश गर्न दशकौंदेखि लागिरहेका छन् । सन् २००७ मा मेरेक भ्याक्सिन असफल भएपछि वैज्ञानिकहरुले यसबारेका तथ्यांकहरुको अध्ययन गरिरहेका थिए । सन् २००९ मा थाइल्याण्डमा गरिएको परीक्षणमा भ्याक्सिन ३० प्रतिशत प्रभावकारी पाइएको थियो ।

जोन्सन एण्ड जोन्सनले भने भ्याक्सिनको प्रभावकारिताबारे आशा राखेको थियो । जनावरमा गरिएको परीइक्षणमा यो भ्याक्सिन एचआईभी संक्रमण रोक्न ९० प्रतिशत प्रभावकारी देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com