ट्रम्पकालमा अस्वीकृत ६० हजार बढी एसाइलम आवेदनलाई दोश्रो मौका दिइने


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

ट्रम्प प्रशासनका बेलामा एसाइलम अस्वीकृत भएका ६० हजारभन्दा बढी आवेदकहरुले दोश्रो मौका पाउने भएका छन् । आवेदन दिंदा भर्नुपर्ने विवरणका स्थानमा खाली ठाँउ छाडेका कारण आवेदन अस्वीकृत भएका उनीहरुले दोश्रो मौका पाउने भएका हुन् ।

उदाहरणका लागि यदि आवेदक अविवाहित थियो र दम्पत्तिको नाम लेख्ने स्थानमा एनए नलेखेर खाली छाडेको भएपनि त्यस्ता आवेदकको आवेदन अस्वीकृत गरिएको थियो । आवेदनमा खाली ठाउँ छाड्न नमिल्ने उक्त नीति अन्तरगत ६० हजारभन्दा धेरै आवेदन अस्वीकृत भएको तथ्यांक रहेको छ ।

कतिपय आवेदकका आवेदनहरु दुईजना दाजुभाई दिदीबहिनी उल्लेख गरेका कारण समेत अस्वीकृत भएको थियो । उदाहरणका लागि आवेदकले दाजुभाई दिदीबहिनीका नाम लेख्ने दुईवटा भागहरु भरेर बाँकी भागमा एनए नलेखेका आवेदकको समेत आवेदन अस्वीकृत भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन स्पानिस आवेदकहरुले आफ्नो भाषामा नाम नलेखेका कारण समेत आवेदन अस्वीकृत भएको थियो । आवेदनमा अँग्रेजीका साथसाथै आफ्नो मूल भाषामा समेत नाम लेख्नुपर्ने विकल्प रहेको छ ।

गत जुलाईमा संघीय न्यायाधिसले आवेदनमा खाली ठाउँ छाड्न नमिल्ने नीतिबिरुद्धको मुद्दामा सहमतिलाई स्वीकार गरेका थिए । सहमतिमा युएससीआईएसले खाली ठाउँ छाडेका कारण अस्वीकृत आवेदनलाई सन् २०२२ को जुलाई २० सम्म दोश्रो मौका दिने उल्लेख रहेको छ ।

उनीहरुको नयाँ आवेदनको मिति सुरुमा आवेदन दिएको मितिकै रुपमा कायम गरिनेछ । योग्यहरुलाई नयाँ आवेदन पेश गर्ने मौकाका लागि सुचित गरिने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com