न्युयोर्कमा भएको आगलागीमा नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायमा क्षति


प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार

न्युयोर्कको सन्नीसाइडमा बिहिबार भएको आगलागीमा सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायहरुमा क्षति पुगेको छ । विहान ७ बजेर २० मिनेटमा आगलागी सुरु भएको जनाइएको छ ।

क्वीन्स ब्लुभर्ड र ४४ स्ट्रीटको कर्नरमा रहेको जापानिज ग्रोसरी स्टोर ताइवो फुड्सबाट आगलागी सुरु भएको थियो । आगलागी नियन्त्रणमा आउनुभन्दा अगाडि नै बाजेको सेकुवा लगायतका अन्य व्यवसायमा आगलागी फैलिएको थियो ।

आगलागीबाट ताइवो फुड्ससहित म्याड फर चिकेन, म्याड क्याफे र बाजेको सेकुवामा सबैभन्दा धेरै क्षति भएको छ । कोरोना महामारीका कारण संघर्ष गरिरहेका व्ययवसायहरुमा आगलागीबाट भएको क्षतिले थप नोक्सान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीपछि बाजेको सेकुवाले अब कम्तीमा एकमहिनासम्म रेष्टुरेण्ट खुल्ने अवस्था नरहेको भन्दै सामाजिक सञ्जालमा जनाएको छ ।

बाजेको सेकुवा न्युयोर्कमा रहेको चर्चित नेपाली रेष्टुरेण्ट हो । नेपालकै बाजेको सेकुवाको फ्रेन्चाइजका रुपमा संचालित यो रेष्टुरेण्टमा नेपाली परिकारहरुका लागि गैर नेपालीहरुसमेत आउने गर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com