अमेरिका निवासी ओम दाहालको पहलमा सिराहा र सप्तरीका तीन विद्यालयलाई ६० कम्प्युटर सहयोग


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

अमेरिकाको इन्डियाना निवासी ओम दाहालको पहलमा संचालित अभियानबाट सिराहा र सप्तरीमा तीनवटा विद्यालयहरुलाई ६० थान कम्प्युटर र अन्य सामाग्रीहरु सहयोग गरिएको छ । एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) सँगको सहकार्यमा संचालिन डिट्रोइट म्याराथुन २०२० को अभियान अन्तरगत उक्त सहयोग प्रदान गरिएको हो ।

सिराहा–सप्तर कम्प्युटर ल्याब कार्यक्रम अन्तर्गत सिराहा र सप्तरीका जनता माध्यमिक सुखिपुर, जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीलाई बीस बीस थान कम्प्युटर, एकएक थान प्रिन्टर र एकएक थान प्रोजेक्टर प्रदान गरिएको छ । जडित सबै कम्प्युटर तथा प्रिन्टरहरुलाई नेटवर्किंगको व्यवस्था पनि गरिएको छ ।

विद्यार्थी, शिक्षक, आन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्र, स्थानीय समन्वयकर्ता सुरेन्द्र कुमार साह, स्थानीय निकाय तथा बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधीहरु र स्थानीय जनसमुदायको उपस्थितिमा समाग्री हस्तान्तरण गरिएको हो । अमेरिकाको इन्डियाना बस्दै आएका तेह्रथुम जिल्लाको जलजलेका दाहालले २०२० डिट्रोइट म्याराथुन अन्तर्गत सन् २०२० अक्टोबरमा यो अभियान सुरु गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका २३८ जना सहयोगीबाट तेह्र लाख लउनान्सत्तरी हजार तीन सय रुपैयाबाट तीनवटा विद्यालयमा कम्प्युटर ल्याबको निर्माण गरिएको हो । ल्याबको लागि कक्षा कोठा र फर्निचरको व्यवस्था भने बिद्यालयहरु आफैले गरेका छन् ।

विगत पाँच वर्षदेखि हरेक वर्ष म्याराथन दौडदै आएका दाहालले हरेक वर्ष म्याराथन मार्फत विश्वभरका नेपालीहरुको सहयोगमा फण्ड संकलन गरेर नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन् ।

सन् २०१६ मा इन्डिन्यापोलिस मोनुमेन्टल म्याराथनमार्फत तेह्रथुममा एम्बुलेन्स, सन् २०१७ मा शिकागो म्याराथनमार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालयमा छात्रामैत्री शौचालय, सन् २०१८ को मरिन कप्र्स म्याराथन वार्सिटन डिसीमार्फत तेह्रथुमको शंकर र जन ज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको थियो । सन् २०१९ को न्युयोर्क म्याराथनमार्फत जाजरकोटका ४ वटा विद्यालयहरुमा कम्प्युटर ल्यावको व्यवस्था गरिएको थियो ।

ओम दाहाल

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com