अमेरिकाको उत्कृष्ट टपटेनमध्येको सार्वजनिक शौचालय न्युयोर्कको क्वीन्समा


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

अमेरिकाको उत्कृष्ट शौचालयको टपटेनमा न्युयोर्कको क्वीन्समा रहेको ट्वाइलेट परेको छ । सिन्टासले गरेको प्रतियोगितामा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलको टर्मिनल ४ मा रहेको शौचालय उत्कृष्ट १० मा परेको हो । सिन्टासले राष्ट्रिय सार्वजनिक शौचालय पुरस्कार आयोजना गर्दै आएको छ ।

उक्त शौचालय फराकिलो र सफा गर्न सजिलो रहेको छ । यो बर्षका टप टेन शौचालयहरु सफाई, आकर्षक, डिजाइन लगायतका आधारमा छानिएको हो । उत्कृष्ट शौचालयले अवार्ड पाउनेछ भने सिन्टासबाट सफाइ सुविधा पाउनेछ । साथै २५ सय डलर नगद पनि प्रदान गरिनेछ ।

साउथ क्यारोलिनाको ग्रिनभिलमा रहेको कोर २४, क्यालिफोर्नियाको सान्टा रोजामा रहेको फेन्सी फ्लस, जर्जियाको एटलान्टामा रहेको नान थाई, वासिंटन डिसीमा रहेको प्लानेट वर्ल्ड, नर्थ क्यारोलिनाको कन्नापोलिसमा रहेको पम्प हाउस, कोलोराडाको स्टीमबोट स्प्रींगमा रहेको शौचालय, मायामीको क्लार्कस्टनमा रहेको फेड कम्युनिटी, ओहायोको म्यासनमा रहेको टु सिटिज प्लाजा र क्यालिफोर्नियाको मिसन भेजोमा रहेको विलियम एस क्रेक्राफ्ट पार्क पनि टपटेनमा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com