लण्डनमा गोर्खाहरु ११ दिनदेखि अनसनमा, समान पेन्सन लगायत अधिकारको माग


प्रकाशित मिति : श्रावण १७, २०७८ आईतबार

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ जना भिसीको नाममा गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले भने वेवास्ता गरेको छ ।

‘अब हामी अगस्त ७ देखि भोक हड्तालमा जाने तयारीमा छौं’ समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले भने-‘ भोक हड्तालमा बस्न राजी हुनु भएकी पुष्पा राणा घले नेपालबाट आएर अहिले होटेल क्वारेन्टिनमा हुनुहुन्छ । उहां निस्किएपछि कार्यक्रम अगाडि बढ्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घलेसहित गोर्खा अभियन्ताहरु ज्ञानराज राई र धन गुरुङले आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन् । यस अघि बेलायतले भोक हड्ताल तोडन् व्यापक दवाव दिएको बताइएको थियो ।

भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शनिबार पनि व्यापक प्रदर्शन गरेका छन्। ब्रिटिश भेट्रान्सहरु सहितको समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्वोधन गर्दै समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपालका नयाँ प्रधानमन्त्रीले बेलायत सरकारलाई कुरा राख्ने वचन दिएपनि बेलायतले उच्चस्तरिय वार्ता समिति गठन गरी मिति घोषणा नगरेसम्म आन्दोलन नरोकिने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com