पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले ‘इन्डोर’ पनि मास्क लगाउनुपर्ने सीडीसी निर्देशिका


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण उच्च बन्दै गएपछि सीडीसीले मास्कबारेको प्रावधानमा पुनरावलोकन गरेको छ । विगतको प्रावधानलाई उल्टाउँदै सीडीसीले संक्रमणदर उच्च भएका क्षेत्रमा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले पनि इन्डोरमा समेत मास्क लगाउन सिफारिस गरेको छ ।

अहिले उक्त श्रेणीमा अमेरिकाका अधिकांश काउन्टीहरु परेका छन् । इन्डोरमा समेत मास्क लगाउनुपर्ने निर्णय हलुका रुपमा नगरिएको सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले बताएकी छिन् । मान्छेहरु थकित र हैरान भएको स्वीकार्दै उनले सीडीसीको नयाँ निर्देशिका पालना गर्नका लागि प्रोत्साहन गरेकी छिन् ।

नयाँ तथ्यांकले पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु अत्यन्तै कम जोखिममा रहेको, उनीहरु संक्रमित हुने र अरुलाई सार्ने अवस्था अत्यन्तै दुलर्भ रहेको देखिएपनि डेल्टा भेरियन्ट बढ्दै गएकाले थप सुरक्षाका लागि मास्कको आवश्यकता भएको सीडीसीले जनाएको छ । भ्याक्सिन लगाएका केही व्यक्तिमा देखिएको दुर्लभ ब्रेकथु्र संक्रमण भाइरसको उच्च लोडका कारण अरुमा सर्नसक्ने सीडीसीको भनाई छ ।

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुबाट कोरोनाको अल्फा भेरियन्ट अर्को व्यक्तिमा सर्ने सम्भावना नरहेको विश्वास गरिएपनि अहिलेको डेल्टा भेरियन्ट फरक रहेको वालेन्स्कीको भनाई छ । अमेरिकामा अहिले अत्याधिक संक्रमण डेल्टा भेरियन्टबाटै भएको पाइएपनि भ्याक्सिन लगाउने दर कम भएका क्षेत्रमा कोरोना फैलिने दर बढी रहेको छ ।

गत मे महिनामा सीडीसीले अधिकांश स्थलमा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क नलगाएपनि हुने बताएको थियो । त्यो समयमा अमेरिकामा कोरोना संक्रमणदर घटेको थियो भने भ्याक्सिन अभियान पनि अत्यन्तै तीब्र गतिमा अगाडि बढेको थियो । तर अहिले भ्याक्सिन लगाउने दर पनि कम हुँदै गएको छ । अमेरिकामा पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु अझै ५० प्रतिशत पुगेका छैनन् ।

This illustration, created at the Centers for Disease Control and Prevention (CDC), reveals ultrastructural morphology exhibited by coronaviruses. Note the spikes that adorn the outer surface of the virus, which impart the look of a corona surrounding the virion, when viewed electron microscopically. A novel coronavirus, named Severe Acute Respiratory Syndrome coronavirus 2 (SARS-CoV-2), was identified as the cause of an outbreak of respiratory illness first detected in Wuhan, China in 2019. The illness caused by this virus has been named coronavirus disease 2019 (COVID-19).
Photo by CDC on Unsplash

यसैबीच कोरोनाको डेल्टा भेरियन्टको भाइरल लोड कोरोनाको सुरुको भाइरसको तुलनामा १२ सय ६० गुणासम्म बढी देखिएको छ । भाइरल लोड जति धेरै भयो, अर्को व्यक्तिलाई सर्ने जोखिम पनि उत्तिकै बढी हुन्छ । चाइनिज शोधकर्ताहरुले डेल्टा भेरियन्टबाट संक्रमितहरुको अध्ययन गर्दा भाइरल लोड सुरुको भाइरसको तुलनामा १२ सय ६० गुणसम्म बढी रहेको पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com