अमेरिकामा नेपाल चिनाउने नयाँ प्रयास, उत्कृष्ट स्टीकर डिजाइन गर्नेलाई ५ सय डलर नगद


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विभिन्न श्रृजनात्मक कामहरु भइरहेका छन् । रेष्टुरेण्टको मेनुमा नेपालकाबारेमा उल्लेख गर्नेदेखि भित्तामा नेपाली कला संस्कृति झल्काउने कलाहरु प्रदर्शन गर्ने लगायतका कैयन श्रृजनात्मक काम भइरहेको सन्दर्भमा स्टोर, गाडी र रेष्टुरेण्टमा टाँस्नका लागि स्टीकर बनाउन नयाँ प्रयास सुरु गरिएको छ ।

अमेरिकाका विभिन्न शहरहरुमा नेपाल चिनाउने उद्देश्यले नेपालको पर्यटन प्रबर्धन गर्न आफ्नो यातायातका साधनहरु लगायत रेष्टुरेण्ट वा व्यापारिक स्टोरहरुमा टाँस्नको लागि स्टिकरको डिज़ाइनका लागि खुला आव्हान गरिएको छ । उत्कृष्ट डिजाइनलाई ५ सय अमेरिकी डलर नगद प्रदान गरिने ट्राभल ब्युरो अफ नेपाल अमेरिकाका सीईओ प्रदिप श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालको कला संस्कृति साथै प्राकृतिक सुन्दरता झल्किने खालको स्टिकर डिजाइन गरी अगस्ट ३१,२०२१ भित्र पठाउनु अनुरोध गरिएको छ । प्राप्त डिज़ाइन हरु मध्ये उत्कृष्ट डिजाइन लाई ट्राभल ब्युरो अफ नेपाल युएसएको तर्फबाट नगद पुरस्कार दिइने श्रेष्ठले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो डिजाइन इमेल ठेगाना [email protected] मा वा ह्वाट्सएप भाइबर नम्बर +1 3476537282 मा पठाउन सकिनेछ । ट्राभल ब्युरो अफ नेपाल व्यापारिक संस्था नभई नेपालको पर्यटन प्रबर्धन गर्न खोलिएको संस्था रहेको श्रेष्ठको भनाई छ ।

ट्राभल ब्युरो अफ नेपालको सल्लाहकार बोर्ड र नेपाल पर्यटन बोर्डको सहयोगमा डिज़ाइन छनौट गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com