काबुल आक्रमणमा पाँच नेपाली घाइते


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् ।

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ ।

उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com