७० डलरको घडी लगाउँछन् विश्वकै धनीमध्येका बिल गेट्स


प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार

विश्वका धनीमध्येका बिल गेट्सले कति डलरको घडी लगाउँछन् होला ? तपाईको अनुमान हुनसक्छ रोेलेक्स घडी त पक्कै लगाउलान् । तर उनले अत्यन्तै सस्तो क्यासिओ ब्राण्डको घडी लगाउँछन्, जसको मूल्य ७० अमेरिकी डलरको हाराहारीमा रहेको छ ।

त्यस्तै मार्क जुकरबर्गले कति मूल्यको घडी लगाउनलान् ? झण्डै ८३ बिलियन डलरका धनी उनले पनि पक्कै महँगो घडी लगाउँछन् भन्ने अनुमान गर्नुभएको होला । तर वास्तवमा उनले घडी नै लगाउँदैनन् । उनी प्राय साधारण पोशाकमै देखिन्छन् ।

त्यस्तै विश्वकै धनी जेफ बेजोसले लगाउने घडी पनि त्यती धेरै महँगो छैन । तर उनले लगाएको घडी बिल गेट्सको भन्दा महँगो नै रहेको छ । न्युयोर्क टाइम्सले खिचेको एउटा तस्वीरमा उनले लगाएको घडीको मुल्य झण्डै ६ हजार डलर रहेको छ ।

त्यस्तै एप्पलका सीईओ टिम कुकले पनि खासै महँगो घडी लगाउँदैनन् । उनी प्राय एप्पलकै घडी लगाएको अवस्थामा देखिन्छन् । एप्पलले सन् २०१९ मा ३१ मिलियन घडी बेचेको थियो । तपाईलाई थाहै छ, एप्पलको घडी पनि रोलेक्सजस्तो महँगो छैन ।

त्यस्तै अन्य विश्वका धनी व्यक्तिले पनि खासै महँगो घडी लगाउँदैनन् । उनीहरुले लगाउने घडीको मूल्य सर्वसाधारणले किन्नसक्ने खालकै रहेको छ । तपाईको घडीको मूल्य कति हो नि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com