मिहिनेतको फल : बार्षिक २ करोडको माछा बेच्छन् दयाराम


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

मोरङ धनपालथापन गाँउपालिका– ६ दादरवेरीयाका दयाराम श्रेष्ठले वार्षिक रु दुई करोडको माछा बिक्री गर्दै आउनुभएको छ ।

करिब रु ६ करोडको लगानीमा तीन वर्ष अगाडि १७ बिगा जमिनमा १५ वटा पोखरी बनाएर उहाँले व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । सुनसरीको तरहरास्थित मत्स्यविकास केन्द्रबाट भुरा ल्याई माछापालन गर्नुभएको हो ।

सिल्भर कार्प, रहु, नैनी, बिग्रेट, ग्रास कार्प जातका माछा पथरी, उर्लाबारी, विराटचोेक, धरान, इटहरी, विराटनगरलगायत सहरमा बिक्री गर्दैआउनुभएको छ । श्रेष्ठले प्रतिकिलो रु २५० मा माछा बिक्री गर्नुहुन्छ । श्रेष्ठले कुखुरा, हाँस समेत पाल्दै आउनुभएको छ ।

मोरङ दर्बेशाका केदार थापाले पनि माछापालन गरेर वार्षिक रु १५ लाख आम्दानी गर्दैआउनुभएको छ । उहाँले २०३० सालदेखि माछापालन गर्दै आउनु भएको हो । अहिले उहाँले दशवटा पोखरीमा माछापालन गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुवातमा थापाले भारतको पश्चिम बङ्गालबाट भुरा ल्याएर माछापालन गर्नुभएको हो । अहिले उहाँले ह्याचरी निर्माण गरेर भुरा उत्पादन गर्दैआउनुभएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com