यी उम्मेदवारले आफैलाई पनि हालेनन् भोट


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो ।

राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुनुहुन्थ्यो–मध्यपुर थिमिका बाबुकष्ण श्रेष्ठ ।

वैशाख ३१ गते निर्वाचन सम्पन्न भयो र जेठ १ गते बिहानदेखि सुरु भएको मतगणना– ८ गते बिहान सम्पन्न भयो तर श्रेष्ठले एक मत पनि प्राप्त गर्न सक्नुभएन । श्रेष्ठको चुनाव चिन्ह थियो ‘ब्याडमिन्टन र कर्क’ । निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलका अनुसार चुनाव चिन्ह ब्याडमिन्टन र कर्कमा एक मत पनि आएन ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत भक्तपुरका चार नगरपालिकामा सम्पन्न निर्वाचनमा शून्य मत प्राप्त गर्ने बाबुकृष्ण श्रेष्ठ एक प्रतिनिधि पात्र मात्र होइन । उहाँजस्तै एक मत पनि प्राप्त नगर्ने अरु पनि उम्मेदवार छन् । सो नगरपालिकाको प्रमुखका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने उपप्रमुखमा ६ जनाले ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उक्त नगरपालिकामा शून्य मत प्राप्त गर्ने अर्का नगर प्रमुख पदका उम्मेदवार रोमन बज्राचार्य पनि हुनुहुन्छ । उहाँको चुनाव चिन्ह चमेरो थियो । बज्राचार्यले निर्वाचनको प्रचारप्रसारको क्रममा कतै पनि आफ्नो प्रचार सामग्री समेत राख्नुभएन । निर्वाचनमा आफैंले आफूलाई मत नदिनुको कारणबारे उहाँसँग प्रतिक्रिया माग्दा बोल्न चाहनु भएन ।

बज्राचार्यले यसलाई समाचार बनाउनुपर्ने र यस बारेमा कुनै प्रतिक्रिया दिनुपर्ने आवश्यकता नभएको बताउनुभयो । त्यसैगरी मध्यपुर थिमिको वडा नं– ७ का वडा अध्यक्ष पदका कङ्गारु र गमबुट चिन्हका उम्मेदवारले पनि शून्य मत पाउनुभएको थियो ।

मध्यपुरमा एक मत पनि प्राप्त नगर्नेमा वडा अध्यक्षका उम्मेदवार दुईजना पनि छन् ।

मध्यपुर थिमिमा १० भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको सङ्ख्या नगरप्रमुखमा दुईजना, वडा अध्यक्षमा ११ र वडा सदस्यमा ३५ जना छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नगरप्रमुखका उम्मेदवार बिरालो चिन्हका महाप्रसाद पराजुलीले एक, ब्याट्री चिन्हका सरिता दुवाले दुई मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा १० भन्दा कम मत ल्याउने वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार अधिकांश राष्ट्रिय जनमोर्चा, नेकपा माले र सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनका उम्मेदवार रहेका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिकामा शून्य मत ल्याउने उम्मेदवारको सङ्ख्या ११ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार भक्तपुर नगरपालिकाका वडा अध्यक्षमा उम्मेदवारी दिने १० जना र वडा सदस्यमा उम्मेदवारी दिने एक गरी कुल ११ उम्मेदवारले शून्य मत प्राप्त गरेका हुन् ।

कार्यालयले उपलब्ध गराएको विवरण अनुसार भक्तपुर नगरपालिका–२ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टि टेबल चुनाव चिन्हका सूर्यनारायण फाँजू,– वडा नं. ३ का लसुन चुनाव चिन्हका हरिसुन्दर लवजू,– ४ का विश्वराम त्वायना चुनाव चिन्ह जाँतो,– ५ का नारायणभक्त भेलेको चुनाव चिन्ह– ओखरले शून्य मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं– ६ का भूइँकटर निर्वाचन चिन्ह प्राप्त गरेका विद्यान धुसा, चुलेसी निर्वाचन चिन्हका पूर्णभक्त सुवाल,– ७ का टडी निर्वाचन चिन्ह प्राप्त गरेका रोमश्वर प्रजापति,– ८ का डाक्टर निर्वाचन चिन्हका कृष्णप्रसाद कोजू,– ९ का सोली निर्वाचन चिन्हका विष्णुभक्त कुसी– र १० का ह्याट निर्वाचन चिन्ह प्राप्त गरेका भरतप्रसाद भद्राले शून्य मत प्राप्त गरेका हुन् ।

त्यसैगरी वडा नं– १० का वडा सदस्यका स्वतन्त्र उम्मेदवार मोहन कुमार ह्योगोजूले पनि शून्य मत प्राप्त गर्नुभएको छ । उहाँको चुनाव चिन्ह बाघ थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com