माओवादी एजेन्डामा मुलुक अघि बढ्दै : पूर्वमन्त्री भट्ट


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

कञ्चनपुर, १६ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताउनुभएको छ ।

सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र) कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताउनुभयो ।

माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भट्टले बताउनुभयो । नयाँ संविधान, धर्मनिरपेक्षता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरण माओवादीकै एजेन्डा भएकाले अहिले स्थानीय तहको निर्वाचनमार्फत कार्यान्वयन भइरहेको नेता भट्टले उल्लेख गर्नुभयो ।

सफलरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले मधेस केन्द्रित दललाई समेत दोस्रो चरणमा हुने निर्वाचनमा सहभागी गराएर सबै समूहलाई संविधानको सर्वस्वीकार्यता गराउनुपर्नेमा जोड दिनुभयो । रासस
––––––––––––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com