सरकारी तथ्यांकमा न्युयोर्क सिटीमा नेपाली : कुल जनसंख्या झण्डै ७ हजार, २२ प्रतिशत कागजपत्रविहिन


प्रकाशित मिति : असार १३, २०७८ आईतबार

न्युयोर्क सिटीको मेयर अफिसको आप्रवासी मामिलाले न्युयोर्क सिटीमा रहेका नेपालीहरुको विभिन्न विवरणहरु सार्वजनिक गरेको छ ।

कुल जनसंख्या ६ हजार ८ सय ३८

जस अनुशार न्युयोर्कमा ६ हजार ८ सय ३८ जना नेपाली मूलका आप्रवासीहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०१० को जनगणनाले न्युयोर्क सिटीमा जम्मा ५ हजार ६ सय ८१ जना नेपाली मूलका व्यक्ति रहेको देखाएकोमा झण्डै १२ बर्षपछि न्युयोर्क सिटीको सरकारी तथ्यांकमा यो संख्या अत्यन्तै कममात्र बढेको देखाइएको छ ।

सन् २०१० को जनगणनामा न्युयोर्कमा रहेका नेपालीहरु ठूलोसंख्यामा गणना हुनबाट छुटेका थिए । त्यस्तै सन् २०१९ को तथ्यांकलाई आधार बनाएर न्युयोर्क सिटीमा नेपाली मूलका व्यक्ति ६ हजार ८ सय ३८ जना अर्थात् कुल जनसंख्याको शुन्य दशमलव ८ प्रतिशतमात्र रहेको देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा सबैभन्दा धेरै चाइनिज ४ लाख १८ हजार, दोश्रोमा भारतीय १ लाख ५२ हजार, तेश्रोमा कोरियन ५६ हजार, फिलिपिनो ५४ हजार र बंगालादेशी ५३ हजार रहेका छन् । त्यसपछि क्रमश पाकिस्तानी, जापानिज, भियतनामी, ताइवानी र नेपाली रहेका छन् ।

एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा नेपालीहरु १० औं नम्बरमा रहेका छन् । एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुले न्युयोर्क सिटीमा ३० भन्दा धेरै जातीय र ५० भन्दा धेरै भाषागत प्रतिनिधित्व गर्दछन् ।

न्युयोर्क सिटीमा नेपालीको औषत आम्दानी बार्षिक ३६ हजार

न्युयोर्क सिटीमा रहेका नेपालीहरुको औषत आम्दानी बार्षिक ३६ हजार रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा सबैभन्दा धेरै बार्षिक आम्दानी जापानिजहरुको औषतमा ८७ हजार ५ सय रहेको छ ।

औषतमा ३५ बर्षका नेपालीहरु न्युयोर्कमा

न्युयोर्क सिटीमा एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरु औषतमा ४७ बर्षका रहेका छन् । तर नेपालीहरु भने न्युयोर्क सिटीमा औषतमा ३५ बर्षका रहेका छन् । सबैभन्दा कम उमेरका आप्रवासीहरुमा सबैभन्दा धेरै नेपालीहरु रहेका छन् भने सबैभन्दा बढी उमेरकाहरुमा फिलिपिनोहरु औषतमा ५० बर्षका रहेका छन् ।

स्वास्थ्य विमा नभएका नेपाली १७ प्रतिशत

सबैभन्दा धेरै स्वास्थ्य विमा नभएका एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा नेपालीहरुको प्रतिशत सबैभन्दा धेरै रहेको छ । स्वास्थ्य विमा नभएका नेपाली आप्रवासीहरु झण्डै १७ प्रतिशत रहेका छन् । जबकी स्वास्थ्यविमा नभएका भियतनामीहरुको संख्या झण्डै ५ प्रतिशतमात्र रहेको छ । औषतमा न्युयोर्क सिटीमा रहेका आप्रवासीहरुमा झण्डै १३ प्रतिशतको स्वास्थ्य विमा छैन ।

नेपालीहरुमध्ये  श्रमशक्ति ७४ प्रतिशत

न्युयोर्क सिटीमा रहेका कूल नेपालीहरुमध्ये कामगर्न सक्ने श्रमशक्तिका रुपमा रहेका नेपालीहरुको प्रतिशत ७४ प्रतिशत रहेको छ । अर्थात् न्युयोर्क सिटीभित्र रहेका अधिकांश नेपालीहरु श्रमशक्तिका रुपमा रहेका छन् । प्रतिशतका हिसाबले सबैभन्दा धेरै श्रमशक्तिमा रहनेमा नेपाली आप्रवासी समुदायभित्र रहेका छन् । न्युयोर्क सिटीमा रहेका एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा ६३ प्रतिशत र कुल आप्रवासीमा ६५ प्रतिशत श्रम शक्तिका रुपमा रहेका छन् ।

स्वरोजगारमा रहेका नेपालीहरु १६ प्रतिशत

न्युयोर्क सिटीमा स्वरोजगारमा रहेका नेपालीहरु कुल नेपालीहरुको संख्याको १६ प्रतिशत रहेका छन् । पाकिस्तानीहरु २५ प्रतिशत स्वरोजगारमा छन् भने जापानी र बंगालादेशीहरु प्नि १६ प्रतिशत स्वरोजगारमा छन् । न्युयोर्क सिटीमा रहेका कुल एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीहरुमा ११ प्रतिशत व्यवसाय संचालकहरु रहेका छन् ।

४३ प्रतिशत नेपालीहरु बिक्रि र सेवाका क्षेत्रमा

न्युयोर्क सिटीमा रहेका नेपालीहरुमध्ये ४३ प्रतिशत नेपालीहरु बिक्रि र सेवाका क्षेत्रमा काम गर्छन् । जसमा ग्रोसरी स्टोर, रेष्टुरेण्ट लगायतका क्षेत्रका काम पर्छन् । बंगालादेशीहरु ४३ प्रतिशत नै यो पेशामा रहेका छन् ।

पाकिस्तानी, नेपाली र बंगालादेशीहरु प्रायजसो उत्पादन, यातायात, सामाग्री ओसारपसार लगायतका पेशामा रहेका छन् । कुल नेपालीहरुमध्ये २३ प्रतिशत यस्ता पेशामा रहेका छन् । पाकिस्तानीहरु ३० प्रतिशत र बंगालादेशीहरु २२ प्रतिशत रहेका छन् । जसभित्र पनि ट्याक्सी र उबर चालकहरु ८० प्रतिशत रहेका छन् ।

नेपालीहरुमध्ये १६ प्रतिशतकोमात्र आफ्नै घर

एसियन र प्यासेफिक आइल्याण्डर कुल आप्रवासीहरुमध्ये ४५ प्रतिशतले आफ्नै घर किनेका छन् । तर नेपालीहरुभने निकै कम रहेका छन् । न्युयोर्क सिटीमा रहेका नेपालीहरुमध्ये १६ प्रतिशतकोमात्र आफ्नै घर रहेको छ भने अरु भाडामा बस्छन् । आफ्नै घर हुने जापानी, पाकिस्तानी, बंगालादेशी र कोरियन पनि कम रहेका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र ज्याक्सनहाइट

नेपालीहरुको बसाईको इतिहास औषतमा ९ बर्ष

अन्य आप्रवासीहरुको तुलनामा नेपाली आप्रवासीहरुको न्युयोर्क सिटी बसाईको इतिहास त्यती लामो छैन । औषतमा एसियन र प्यासेफिक आइल्याण्डर आप्रवासीको अमेकिरामा बसाई १९ बर्ष र अन्य आप्रवासीहरुको २२ बर्ष हुँदा नेपालीहरुको जम्मा ९ बर्ष रहेको छ । बंगालादेशीको १३ बर्ष र पाकिस्तानीको १५ बर्ष रहेको छ । पछिल्लो केहीबर्षमा अमेरिकामा आउने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको हो ।

कुल नेपालीहरुमध्ये २२ प्रतिशत कागजपत्रविहिन

न्युयोर्क सिटीमा रहेका कुल नेपालीहरुमध्ये २२ प्रतिशत कागजपत्रविहिन रहेको तथ्यांकमा देखिएको छ । एसियन र प्यासेफिक आइल्याण्डर कुल आप्रवासीहरुमध्ये १३ प्रतिशत कागजपत्रविहिन रहेकोमा नेपालीहरुको दर औषतभन्दा बढी रहेको छ । न्युयोर्क सिटीमा कुल आप्रवासीहरुमध्ये १६ प्रतिशत कागजपत्रविहिन रहेको तथ्यांक रहेको छ ।

अमेरिकी नागरिकता लिएकाहरु २९ प्रतिशत

त्यस्तै न्युयोर्क सिटीमा रहेका नेपालीहरुमध्ये अमेरिकी नागरिकता लिएकाहरु २९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । भियतनामीमा यो प्रतिशत ७४ रहेको छ भने फिलिपिनोमा ६५ प्रतिशत रहेको छ । अन्य व्यक्ति नागरिकताका लागि योग्य नभएको वा लिन नचाहेका उल्लेख गरिएको छ ।

कुल नेपालीहरुमध्ये ३८ प्रतिशत नेपालीहरु अरु परिवारसँग मिसिएर बस्ने

अरु परिवारसँग न्युयोर्क सिटीमा मिसिएर बस्नेमा पनि नेपालीहरु सबैभन्दा धेरै रहेका छन् । कुल नेपालीहरुमध्ये ३८ प्रतिशत नेपालीहरु अरु परिवारसँग मिसिएर बसेका छन् । कुल न्युयोर्करहरुमा जम्मा १२ प्रतिशतमात्र अरु परिवारसँग मिसिएर बस्दै आएका छन् । बंगालादेशीहरुमा अरु परिवारसँग मिसिएर बस्नेहरु २१ प्रतिशत छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com