विदेशमा बस्ने नेपालीको जीवनसाथी मिलाउन अमेरिकाबाट एनआरएन म्याच, विवरणहरु गोप्य रहने


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

विदेशमा बस्ने नेपालीको जीवनसाथी मिलाउन अमेरिकाबाट एनआरएन म्याच संचालनमा आएको छ । विश्वभरका नेपाली समुदायलाई लक्ष्यीत गरेर जीवनसाथी खोज्ने सेवाको सुरुवात गरिएको हो ।

नेपाल, भारत, अमेरिका, बेलायत, क्यानडा, रसिया, अष्ट्रेलिया, युरोपका देशहरुमा बस्ने नेपालीहरुलाई जीवनसाथी खोज्नका लागि यो सेवा सुरु गरिएको र २१ देखि ६५ बर्ष उमेरसम्मका व्यक्तिलाई लक्ष्यीत गरेर जीवनसाथी खोज्न सहयोग गरिने एनआरएन म्याचले जनाएको छ । एनआरएन म्याचबाट जीवनसाथी खोज्दा गोप्यरुपमा म्याच गराइने भएको छ ।

सम्भावित म्याचलाई टेलिफोन, स्काइप वा जुममार्फत फेस टु फेस सम्पर्क गराइने समेत जनाइएको छ । निर्णय प्रकृयामा परिवारलाई सहभागी गराउन चाहनेहरुका लागि समेत परिवारका सदस्यहरुसँग सम्पर्क मिलाइने समेत जनाइएको छ । जोडी खोज्नेहरुको आधारभूत मापदण्ड अनुशार नै म्याच गराइने एनआरएन म्याचले जनाएको छ ।

एनआरएन म्याचले भनेको छ – ‘हामी तपाईको गोपनियता र सिमाहरुको संरक्षण गर्नेछौं । हाम्रो सेवामा उच्च गोप्यता अपनाइने छ भने शतप्रतिशत निजीकृत र अनुकूलित हुनेछ । हामी ग्राहकको गोप्यताको सधै सम्मान गर्छौं ।’

आफूहरुसँग अनुभवी, तालिमप्राप्त र उच्च श्रेणीको सेवादिनसक्ने तलबी कर्मचारीहरु रहेको एनआरएन म्याचले जनाएको छ । एनआरएन म्याचबाट सेवा लिनका लागि सुरुमा इमेल वा वेवसाइटमा रहेको फर्ममार्फत सम्पर्क गर्नुपर्नेछ ।

एनआरएन म्याच सेवामा सम्पर्क गर्न यहाँ क्लीक गर्नुहोला ।

त्यसपछि निशुल्क सरसल्लाह गरिनेछ । यदि त्यसपछि ग्राहक बन्न तयार भएमा अन्तरवार्ता लगायतका प्रकृयापछि सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ भने निश्चित रकम सहितका प्याकेजहरु दिइनेछ । त्यसपछि उपयुक्त जीवनसाथीसँग म्याच गराएर प्रकृया अगाडि बढाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com