सरकारले अन्तरराष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै त्यसको विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्।
कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तरराष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।